तनहुँमा घरको छतबाट खसेर बालकको मृत्यु
९ असाेज, काठमाडाैं । तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मनिष सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको हाे ।घरको छतमा खेल्दै गरेको अवस्थामा खसेका सापकोटाको उपचारका क्रममा पोखरामा मृत्यु भएको हो ।
सापकोटालाई तत्कालै दमौली अस्पतालमा प्राथमिक उपचार पश्चात पोखरा पठाइएको थियो । घटनाकाे बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ ।
Facebook Comments Box