Share Icon

९ असाेज, काठमाडाैं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ र पूर्वमा सरदर स्थानभन्दा पूर्वतर्फ अवस्थित रहेकाे छ।

साथै भारतको दक्षिण पूर्वीउत्तरप्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव नेपालमा रहेको  माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे।

मंगलबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेकाे छ ।  गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

मंगलबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मंगलबार राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। साथै कोशी, बागमती र गण्डकी प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना भएकाे महाशाखाले जनाएकाे छ ।

Facebook Comments Box

Share Icon