मधुवन नगरपािलका वडा नम्बर २ काे कार्यालयद्वारा विद्यालयमा पढ्दै सिक्दै, सिक्दै कमाउँदै कार्यक्रम
५ माघ, काठमाडाैं । प्रदेश बर्दिया जिल्ला मधुवन नगरपािलका स्थित २ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्षमा आशाराम थारू निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । वडा अध्यक्ष चाैधरी निरन्तर रूपमा वडामा पढ्दै कमाउँदै शिक्षा कार्यक्रम मार्फत शिक्षा क्षेत्रमा आमुल परिवर्तन ल्याउने उदेश्यले अहाेरात्र खटिरहेका छन् । उहाँले भन्नुभयो, ‘शिक्षा क्षेत्रमा दुई वटा विद्यालयहरुलाई एउटा विद्यालयलाई वडाबाट र अर्को विद्यालयलाई नगरबाट बजेट विनीयोजन गरेर विद्यार्थीहरुलाई पढ्दै सिक्दै कमाउने उदेश्यका साथ च्याउ उत्पादन गर्ने तालिम प्रदान गर्ने कार्यक्रम माघ २१ गते बाट सुरु गरेका छाै ।’ वडामा रहेका २ वडा विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम वडा कार्यालयदारा सञ्चालन गरिएकाे…
