पोखरा विमानस्थलको ५ अर्ब ठेकेदारलाई दिलाउन चिनियाँ दुतावास सक्रिय
काठमाडौं। चिनियाँ महँगो ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उदघाटन भएको १४ महिना वितिसक्यो। तर, अहिलेसम्म व्यवसायिक अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। अर्बाैको चलखेल गरेर बनाइएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका प्रमुख हुँदा ठूलो भ्रष्टाचार भएको पाइएपछि नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको बयान अख्तियारले लिइसकेको छ। अख्तियारले छानबिन गरिरहेका बेला चिनियाँ दूतावास पनि सक्रिय बनेको पाइएको छ। काम अधुरै रहे पनि चिनियाँ ठेकेदारले पाँच अर्ब भुक्तानी मागिरहेका छन् । सरकारले भुक्तानी रोकेपछि काठमाडौंस्थित चिनियाँ दूतावासले अर्थ मन्त्रालयलाई २३ जनवरीमा पत्र पठाउँदै विमानस्थल हस्तान्तरण भइसकेको र हस्तान्तरण भएपछि छिटपुट काम एक वर्षमा गरिसक्नु…
