चिनियाँ सुन तस्कर वाङलाई महराले गाडी खोजिदिएको खुलासा

Share Icon

काठमाडाैं । पूर्व सभामुख कृष्णबहादुर महराले सुन तस्करलाई गाडी खोजिदिएको खुलासा भएको छ । भेप र ६० किलो सुन तस्करीमा संलग्न चिनियाँ सुन तस्कर दाओजिन वाङलाई महराले गाडी खोजिदिएको तथ्य खुलासा भएको हो ।

प्लाटिनम कलेजका प्रमुख कार्यकारी अधिकृत जीवनकुमार गुरुङसँग भनेर महराले वाङलाई गाडी मिलाइदिएको स्रोतले जनाएको छ । वाङले चढ्ने गाडी यसअघि नै प्रहरीले बरामद गरेको सीआईबीले जनाएको छ ।

रेनाेल्ट कम्पनीको डस्टर गाडी जीवनकुमार गुरुङको नाममा रहेको भेटिएको सीआईबीले जनाएको छ । सो गाडी कृष्णबहादुर महराले भनेर चिनियाँ वाङलाई दिएको अनुसन्धानमा तथ्य खुलेको बताइएको छ । सो गाडी जीवनकुमार गुरुङको नाममा रहेको अनुसन्धानबाट खुलेको छ । वाङ विगत १५ बर्षदेखि नेपालमै बस्दै आइरहेका अनुसन्धानबाट खुलेको छ ।

यसअघि सीआईबीले महराको बयान कागज गराएर उनलाई प्रतिवादी कायम नगरीकन अनुसन्धान प्रतिवेदन बुझाएको थियो। चिनियाँ नागरिकले दुबईबाट ल्याएर भन्सारमा रोकिएको ‘भेप’ छुटाउन आफूले तत्कालीन भन्सार प्रमुखलाई ‘फोन मात्रै गरेको’ यसअघि अनुसन्धान अधिकृतहरूसँग बताएका थिए ।

सो प्रकरणमा महरासँग सुन तस्करी जाँचबुझ आयोगले पनि बयान लिएको थियो । यसअघि सीआईबीका अनुसन्धान अधिकृतहरूसँग चिनियाँ सुन तस्कर दाओजिन वाङ्गसँग आफ्नो पुरानो चिनजान रहेको महराले स्वीकारेका छन् ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.