चिनियाँ अराजकताविरुद्ध बालेनले लिए एकपछि अर्को एक्सन !
काठमाडौं । चिनियाँ पक्षको मनोमानीविरुद्ध काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एक्सन थालेका छन् । चिनियाँहरु नेपालमा बसेर अपराधिक क्रियाकलापमा संलग्न रहेका घटना नौँलो होइन। ठमेल क्षेत्रमा रेस्टुरेन्ट चलाएर अपराधिक क्रियाकलापमा लाग्ने गरेका छन्। तिनै चिनियाँले ठमेलमा नयाँ वर्षमा बेलुन राखे। तर, हटाएनन् । सहरको सौन्दर्यकरणमा समस्या भएको भन्दै मेयर शाहले नगर प्रहरी लगाएर बेलुन हटाउन लगाएका छन्। ठमेल क्षेत्रको करिब ३ सय थान चिनियाँ रातो बेलुन महानगरको नगर प्रहरीले हटाएको हो। बेलुनभित्र राखेको बत्ती र डोरी पनि हटाइएको छ। ठमेलमा चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा तीन दिनका लागि भनेर राखिएका बेलनु हटाइएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए। चिनियाँ पक्षले…
