समाज

भारतीय दूतावासको सहयोगमा रुपन्देहीको राममणि क्याम्पस र नाहरपुर माविमा भवन निर्माण

भारतीय दूतावासको सहयोगमा रुपन्देहीको राममणि क्याम्पस र नाहरपुर माविमा भवन निर्माण

काठमाडाैं । नेपालस्थित भारतीय दूतावासको सहयोगमा निर्मित रुपन्देहीको राममणि बहुमुखी क्याम्पस र नाहरपुर माध्यमिक विद्यालयको भवन उद्घाटन गरिएको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र सोही क्षेत्रका सांसद तथा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेललगायत पदाधिकारी उद्घाटन कार्यक्रममा सहभागी थिए । नेपाल–भारत विकास सहयोग परियोजनाअन्तर्गत भारतीय सरकारको ५ कडोर ८० लाख रुपैयाँ सहयोगमा भवन निर्माण गरिएको हो । राममणिमा अत्यावश्यक फर्निचरसहित तीनतले भवन निर्माण गरिएको छ भने नाहरपुरमा दुईतले भवन निर्माण गरिएको छ । कार्यक्रममा राजदूत श्रीवास्तवले भारतीय सरकारले गरिने सबै प्रकारका सहयोग नेपालका स्थानीय र संघीय सरकारको सिफारिस तथा निर्णयका आधारमा गरिने जनाए । नेपाल–भारतको बलियो पुरानो सम्बन्धलाई प्रगाढ…
Read More
ऋणको जन्जालमा पोखरा विमानस्थल

ऋणको जन्जालमा पोखरा विमानस्थल

काठमाडाै । चिनियाँ ऋण लिएर बनाइएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ऋण र चिनियाँ कानुनको जन्जालमा फसेको छ । ऋणसम्बन्धी विषयमा आयोजना निर्माण पक्षका गल्तीका कारण पछिल्लो समय नेपालस्थित चिनियाँ दूतावासले नेपाल सरकारलाई कूटनीतिक नोट नै पठाएको हो । परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय हुँदै आएको कूटनीतिक नोटको विषयमा हाल पर्यटन मन्त्रालयले विमानस्थलसँग सम्बन्धित निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र लेख्दै रायसहित स्पष्टीकरण दिन निर्देशन दिएको छ । अर्थ मन्त्रालय र चाइना एक्स्पोर्ट–इम्पोर्ट बैंकबीच पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परियोजनाको लागि २१ मार्च २०१६ मा ऋण सम्झौतामा हस्ताक्षर भएको थियो । उक्त ऋण अवधि आगामी ३१ मे २०२४ मा समाप्त हुँदै छ । तर, हालसम्म…
Read More
हुण्डी कारोबारी चिनियाँ नागरिक १२ लाखसहित पक्राउ

हुण्डी कारोबारी चिनियाँ नागरिक १२ लाखसहित पक्राउ

काठमाडौं । प्रहरीले हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चीनको संघाई घर भइ हाल भक्तपुरको ठिमी नगरपालिका–३, गठ्ठाघर बस्दै आएका २८ वर्षीया झोउ जियू रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए । प्रहरीले उनको साथमा रहेको झोलाबाट १२ लाख नगदसमेत बरामद गरेको छ। चिनियाँ नागरिक झोउ नेपाली एक हजार नोट ८०० थान र ५ सयको नोट ८०० थानसहित पक्राउ परेको एसपी रेग्मीले बताए। उपत्यकामा गैरकानूनी रुपले राष्ट्र बैंकबाट जारी भएको निर्देशन विपरित हुण्डी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा १४ फागुनमा खटिएको टोलीले उनलाई पक्राउ गरेको रेग्मीले बताए । उनलाई…
Read More
चिनियाँ दबाबपछि छोट्याइयो नोबेल पुरस्कार विजेताहरूको सम्मेलन

चिनियाँ दबाबपछि छोट्याइयो नोबेल पुरस्कार विजेताहरूको सम्मेलन

लुम्बिनी । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा मार्च १० देखि १२ (फागुन २७-२९) सम्म हुने भनिएको चौथो इन्टरनेशनल लुरिएट्स एन्ड लिडर्स समिटको समय एक दिन छोट्याइएको छ । लुम्बिनी प्रदेश सरकारले तीन दिनका लागि तयारी गरिरहेको बेला एक दिन छोट्याएर कार्यक्रम एक दिन उता सारिएको हो । कार्यक्रमको तयारी प्रदेश सरकारका मुख्यमन्त्री डिल्ली चौधरीको नेतृत्वमा चलिरहेको थियो । त्यसमा आवश्यक संयोजनकारी भूमिकामा परराष्ट्रमन्त्री एनपी साउद थिए । विश्वका ९० जना नोबेल शान्ति पुरस्कार विजेतासहित विशिष्ट व्यक्ति सहभागी हुने कार्यक्रम तीन दिन हुने भनेर तयारी गरिरहेको बेला समय एक दिन छोट्याउनुपरेको हो । मिति छोट्याउनुको कारण भने चिनियाँ कूटनीतिक दबाब भएको स्रोतले…
Read More
चीनले किमाथाङ्का र ओलाङचुङगोला नाका नखाेल्दा सीमावासीकाे अवस्था जटिल बन्दै

चीनले किमाथाङ्का र ओलाङचुङगोला नाका नखाेल्दा सीमावासीकाे अवस्था जटिल बन्दै

काठमाडाैं । कोभिड महामारी सँगै चीनले बन्द गरेका ताप्लेजुङको ओलाङचुङगोला र सङ्खुवासभाको किमाथाङ्का नाका अझै सञ्चालनमा आएका छैनन्। नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार मुलुक चीनसँगका दुई ठूला अन्तर्राष्ट्रिय व्यापारिक नाकाहरू चार वर्षदेखि ठप्प रहँदा चिनियाँ बजारमा आश्रित सो क्षेत्रका बासिन्दाहरूको जनजीवन जटिल बनिरहेको छ। पूर्वी नेपालको उत्तरी हिमाली क्षेत्रका बासिन्दाको जीविकाको आधारका रूपमा रहेका ती नाकामा कोभिडको कारण देखाउँदै चीन सरकारले चार वर्षअघि अर्थात् २०७६ माघ ५ गते बाट आवतजावतमा प्रतिबन्ध लगाएको थियो। नेपाल चीन पारवहन सन्धि बमोजिम नेपाल र चीनबीच अन्तर्राष्ट्रिय व्यापार नेपालका विभिन्न ६ वटा नाकाबाट मात्रै गर्न सकिने व्यवस्था छ। जसमा रसुवाको केरुङ, सिन्धुपाल्चोकको तातोपानी, मुस्ताङको कोराला,…
Read More
घुस लिँदालिँदै पक्राउ परेका नापी कार्यालय ललितपुरका सर्वेक्षकसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

घुस लिँदालिँदै पक्राउ परेका नापी कार्यालय ललितपुरका सर्वेक्षकसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षकसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले नापी कार्यालयमा कार्यरत सर्वेक्षक रामविर यादव, लेखापढी काम गर्ने दिनेश बन्जरा, विनोद अधिकारी, प्रदिप पौडेल, आशिषराज बस्नेत र बिचौलि दिनेश बन्जारावविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारको टोलीले नापी सर्भेक्षक यादव, लेखापढी व्यवसायी बन्जरा र अधिकारीलाई २ लाख ५० हजार घुससहित पक्राउ गरेकनो थियो । जग्गा कित्ताकाँटगरी जग्गा धनी प्रमाण पूर्जा बनाउने प्रयोजनार्थ सेवाग्राहीसँग उनीहरूले घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारले अनुसन्धान शुरू गरेको थियो । ५जनाउपर घुस लिई भ्रष्टाचार गरेकोसम्बन्धी आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।…
Read More
कांग्रेसका प्रचार विभाग प्रमुख विश्वकर्माले भने – चुनावी गठबन्धनबारे केन्द्रीय कमिटीले निर्णय गर्छ

कांग्रेसका प्रचार विभाग प्रमुख विश्वकर्माले भने – चुनावी गठबन्धनबारे केन्द्रीय कमिटीले निर्णय गर्छ

काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले सत्ता गठबन्धन नेताहरूको सुझावको आधारमा अघि बढ्ने बताएका छन्। कांग्रेस महासमिति बैठक समापनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचार विभाग प्रमुख विश्वकर्माले यस्तो बताएका हुन् । विश्वकर्माले चुनावी गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा केन्द्रीय समितिको बैठकले निर्णय गर्ने बताए । प्रचार विभाग प्रमुख विश्वकर्माले भने, ‘विशिष्ट परिस्थितिमा गठन भएको गठबन्धनमा पाँच बर्षको शर्तको साथ बनाएको हुनाले थप इमान्दार हुँदै निरन्तरता दिने भन्ने परेको छ । बाहिर विभिन्न टिकाटिप्पणी भइरहेका छन् ।’ प्रचार विभाग प्रमुख विश्वकर्माले गठबन्धन चुनावअघि गर्ने कि पछि भन्ने बिषयमा कुरा उठेपनि नगर्ने भन्ने विषयमा कतैपनि नउठेको…
Read More
थापाथलीको प्रसूति गृहबाट बच्चा चोरी

थापाथलीको प्रसूति गृहबाट बच्चा चोरी

काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालबाट बच्चा चोरी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतका अनुसार शुक्रबार एक जना महिलाले बच्चा चोरी गरी फरार भएकी हुन् । काभ्रेकी एक महिलाको २६ दिनअघि जन्मिएकी छोरी चोरी भएको हो । घटनाको विस्तृत विवरण आउन बाँकी छ । घटना शुक्रबार दिउँसो साढे १२ बजेतिरको हो । अहिले प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीले अहिले ती महिलाको खोजी गरिरहेको छ।
Read More
प्रधानमन्त्री प्रचण्डले ओलीलाई दिए जन्मदिनको शुभकामना

प्रधानमन्त्री प्रचण्डले ओलीलाई दिए जन्मदिनको शुभकामना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जन्मदिनको शुभकामना दिएका छन् । प्रधानमन्त्री प्रचण्डले ओलीलाई शुक्रवार फोनमार्फत जन्मदिनको शुभकामना दिएका हुन् । प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीलाई फोन गरी जन्मदिनको अवसरमा शुभकामना दिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । ओली २०८० फागुन ११ गतेबाट ७३ वर्ष प्रवेश गरेका छन् ।
Read More
अन्तर्राष्ट्रिय कल बाइपास गर्ने उपकरणसहित दुई पक्राउ

अन्तर्राष्ट्रिय कल बाइपास गर्ने उपकरणसहित दुई पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कल बाइपास गर्ने उपकरणसहित दुई जनालाई पक्राउ गरेको छ। सीआईबीले अन्तर्राष्ट्रिय कल बाईपास भीओआईपीमा संलग्न रहेको आरोपमा पर्सा घर भएका विशाल शाह कलवार र रुपन्देही घर भएका इमरान अहमद खानलाई पक्राउ गरेको हो । उनीहरुलाई पोखरा महानगरपालिका ११, सिद्धेश्वरमार्गबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ । सीआईबीका अनुसार, अन्तर्राष्ट्रिय आगमन कल बाइपास गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा ब्यूरोबाट खटिएको टोलीले उनीहरुलाई १२८ पोर्ट क्षमताको डिभाइससहित पक्राउ गरेको हो । उनीहरुको साथबाट एनसेलको प्रयोग नभएको सीम कार्ड २०९ वटा, भीओआईपी गेटवे ६४ पोर्टको दुई वटा लगायत बरामद भएको छ । पक्राउ परेका दुवै जनाविरुद्ध दूरसञ्चार…
Read More
Page 10 of 452
1 … 8 9 10 11 12 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.