समाज

कांग्रेस महासमिति बैठकमा महामन्त्री थापाका समर्थकले गरे नाराबाजी

कांग्रेस महासमिति बैठकमा महामन्त्री थापाका समर्थकले गरे नाराबाजी

काठमाडौं । समूहगत छलफलको निष्कर्ष सुनाउने क्रममा नेपाली कांग्रेसका महासमिति सदस्यहरूले होहल्ला गरेका छन् । ललितपुरमा जारी कांग्रेस महासमिति बैठकको अन्तिम दिनको बन्दसत्रमा प्रतिनिधिहरूले होहल्ला गरेका हुन् । गण्डकी र बागमतीको समूहमा भएको छलफलको निष्कर्ष बागमती प्रदेशका सभापति इन्द्र बानियाँले पेश गर्न सुरु गरेसँगै महामन्त्री गगन थापाका समर्थकले होहल्ला सुरु गरेका हुन्। बानियाँले निष्कर्ष सुनाउने क्रममा गठबन्धनको विषय रणनीतिकमात्रै हुनुपर्ने बताएसँगै होहल्ला सुरु भएको हो। बैठक हलमा तनावको अवस्था सिर्जना भएसँगै अर्का महामन्त्री विश्वप्रकाश शर्माले माहोललाई शान्त बनाउन प्रयास गरेका थिए । तर, गगनको प्रस्तावअनुसार अघि बढिनुपर्ने भन्दै समर्थकहरुले नाराबाजी जारी राखे । त्यसपछि थापाले नै समर्थकलाई होहल्ला रोक्न आग्रह…
Read More
मलामी बोकेको जिप दुर्घटना हुँदा बैतडीमा एक जनाको मृत्यु

मलामी बोकेको जिप दुर्घटना हुँदा बैतडीमा एक जनाको मृत्यु

बैतडी । मलामी बोकेको जीप दुर्घटना हुँदा बैतडीमा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । डिलासैनी गाउँपालिका १ को घरटामा गन्नादेखि धाउलातर्फ गइरहेको जादै गरेको सु.प.प्र-०१००१ च ३१४६ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा डिलासैनी गाउँपालिका-१ को धौला बस्ने ५० वर्षीय गोपालबहादुर बोहरा रहेका छन् । बोहराको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ६ जनाको गोकुलेश्वर अस्पताल दार्चुलामा उपचार भइरहेको छ । जिपमा चालकसहित १७ जना सवार थिए । जिप चालक डिलासैनी गाउँपालिका-६ बस्ने २२ वर्षीय धनबहादुर कठायत फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले…
Read More
हिन्दु राष्ट्रका लागि कांग्रेस महासमिति बैठकमा एक हजार बढी सदस्यले गरे हस्ताक्षर

हिन्दु राष्ट्रका लागि कांग्रेस महासमिति बैठकमा एक हजार बढी सदस्यले गरे हस्ताक्षर

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा सनातन हिन्दु राष्ट्रको विषयले प्रवेश पाएको छ । कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले महासमितिको हलमा हिन्दु राष्ट्रको विषय प्रवेश गराएका हुन् । भण्डारीले हिन्दु राष्ट्रका लागि एक हजार ६३ जना महासमिति सदस्यको हस्ताक्षर सभापति शेरबहादुर देउवालाई बुझाएका छन्। सबै धर्मलाई सम्मान गर्दै नेपाल हिन्दु राष्ट्र बनाउनुपर्ने आफूहरुको पुरक प्रस्ताव मूल प्रस्तावम समवेश भएर आउनु पर्ने बताए। उनले धर्म निरपेक्ष खारेज गरी हिन्दूराष्ट्र घोषणा गरिनुपर्ने बताए।
Read More
जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीप लामिछानेले उच्च अदालतमा

जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीप लामिछानेले उच्च अदालतमा

काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट ८ वर्ष कैद सजाय सुनाइएका क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत पाटन पुगेका छन्। क्रिकेटर लामिछाने बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले गरेको फैसला बदरको मागसहित उच्च अदालत पाटनमा पुनरावेदन दिएका हुन्। गत पुस १३ गते बलात्कार मुद्दामा दोषी ठहर भएका उनलाई अदालतले बुधबार ८ वर्ष कैद र तीन लाख जरिवाना र दुई लाख पीडितलाई क्षतिपूर्ति भराउने निर्णय गरेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गरेको थियो ।
Read More
केसी भन्छन्– ५ सय र हजारको नोट प्रतिबन्ध गर्ने आँट गर्नुपर्छ

केसी भन्छन्– ५ सय र हजारको नोट प्रतिबन्ध गर्ने आँट गर्नुपर्छ

केसीले भनेजस्तो ५ सय र हजारको नोट प्रतिबन्ध गर्न सम्भव छ ? काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन हलमा जारी कांग्रेस महासमिति बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भारतले जस्तै नेपाल सरकारले पनि नोट प्रतिबन्ध गर्ने आँट गर्नुपर्ने बताएका छन् । बैठकमा १४ बुँदे धारणा राख्दै उनले ५ सय र हजारको नोट प्रतिबन्ध गर्ने आँट गर्नुपर्ने बताएका हुन्। उनले देशको मुद्रालाई कालोधनको माध्यम बन्न नदिन विमुद्रीकरण गर्नुपर्ने बताएका हुन्। त्यसका लागि सरकार तयार हुनुपर्ने उनको भनाइ थियो। यसको नेतृत्व पनि नेपाली कांग्रेसले गर्ने आँट गर्नुपर्ने बताएका हुन्। उनले भने–‘माफिया, बिचौलिया, कालोधनका धनपतिहरूले सत्तामा पकड जमाएका छन् भन्ने आम विश्वास…
Read More
राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको मागसहित काठमाडौंमा राप्रपाको प्रदर्शन

राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको मागसहित काठमाडौंमा राप्रपाको प्रदर्शन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनासहित ४० बुँदे माग राख्दै काठमाडौंमा प्रदर्शन गरेको छ । प्रदेश संरचनाको खारेज गरेर बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय तह रहेको दुई तहको सरकार हुनुपर्ने, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूतिका, राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह एवं जनजीविकासँग प्रत्यक्ष सम्बन्धित तथा मुलुकको दीर्घकालीन हितका विभिन्न माग राख्दै राप्रपाले विरोध प्रदर्शन गरेको हो । आजदेखि काठमाडौंसहित देशभरका जिल्ला सदरमुकाममा दबाबमूलक प्रदर्शन गर्ने कार्यक्रम रहेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । देशभर प्रदर्शन र सभा गरेर चैतको पहिलो साता काठमाडौं केन्द्रित प्रदर्शन र भेला गर्ने उनले बताए । आज काठमाडौंमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, र्‍यालीसहित…
Read More
आजबाट आन्दोलन शुरु गरेको राप्रपाले बुझायो प्रधानमन्त्री प्रचण्डलाई ४० बुँदे माग पत्र

आजबाट आन्दोलन शुरु गरेको राप्रपाले बुझायो प्रधानमन्त्री प्रचण्डलाई ४० बुँदे माग पत्र

काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ४० बुँदे माग बुझाएको छ। बुधबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर राप्रपाले आफ्नो मागपत्र बुझाएको हो। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको केन्द्रीय प्रतिनिधिमण्डल सिंहदरबार पुगेका थिए। राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति लगायतका ४० बुँदे माग बुझाएका छन्। भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले राप्रपाले गरेको संघर्षको कार्यक्रम शान्तिपूर्ण गर्न अनुरोध समेत गरेका छन्। त्यस्तै सरकारले शान्ति प्रक्रिया टुंग्याउन पहल गरिरहेको भन्दै त्यसमा सकारात्मक सहयोगको अपेक्षा राखेको प्रधानमन्त्री प्रचण्डले बताएका थिए। भेटमा प्रधानमन्त्रीले भने–‘राप्रपाले आफ्ना मुद्दाहरू लिएर संघर्ष जाने निर्णय…
Read More
कुशल मल्लले दिलाए नेपाललाई तेस्रो सफलता

कुशल मल्लले दिलाए नेपाललाई तेस्रो सफलता

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ । नेपालका कुशल मल्लले १३ औँ ओभरको पहिलो बलमा माइकल भान लिंगेनलाई आउट गरेका हुन् । उनले लिंगेनलाई ३१ रनमा पेभेलियन फर्काए । यसअघि दोस्रो विकेटका रुपमा कप्तान रोहित पौडेलले नामिबियाका जेपी कोट्जेलाई ३ रनमा बोल्ड आउट गरे । पहिलो विकेटको रुपमा नामिबियाका निकोलस डाविन रन आउ भएका थिए । नेपालले दिएको १६९ रनको लक्ष्य नामिबिया पछ्याइरहेको छ ।
Read More
सात महिनामा आयो २८ अर्बको खाद्यान्न

सात महिनामा आयो २८ अर्बको खाद्यान्न

काठमाडौँ । चालु आर्थिक वर्षमा २८ अर्ब रुपैयाँको खाद्यान्न आयात भएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको सात महिनामा २८ अर्ब २१ करोड १६ लाख रुपैयाँको खाद्यान्न आयात भएको हो । गत वर्ष सात महिनामा ७४ अर्ब २८ करोड ३७ लाख रुपैयाँको खाद्यान्न आयात भएको थियो । यो करिब ४९ अर्ब रुपैयाँ कम हो । साउनयता नेपालबाट ६८ लाख १८ हजार रुपैयाँको मात्रै खाद्यान्न निर्यात भएको छ । नेपालले २८ अर्ब २० अर्ब ४८ लाख रुपैयाँ व्यापार घाटा भएको छ । खाद्यान्नको अन्तर्राष्ट्रिय व्यापारबाट नेपालले १अर्ब ७९ करोड ९३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । नेपालमा अर्जेन्टिना,…
Read More
सहकारी र लघुवित्त पीडितका समस्या समाधान गर्न पहल जारी छ, चाँडै टुंगो लाग्छ : प्रधानमन्त्री

सहकारी र लघुवित्त पीडितका समस्या समाधान गर्न पहल जारी छ, चाँडै टुंगो लाग्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारी र लघुवित्तका समस्या समाधान गर्न सरकारले पहल गरिरहेको बताएका छन् । लघुवित्त र सहकारी पीडितहरूका प्रतिनिधिहरूलाई सिंहदरबार बोलाएर छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले लघुवित्त र सहकारी क्षेत्रमा देखापरेका समस्या सम्बोधनमा सरकारले आवश्यक पहल गरिरहेको बताए । छलफलमा पीडित पक्षका प्रतिनिधिहरूले सहकारी र लघुवित्तका समस्या सम्बोधनका लागि सरकारको तर्फबाट भइरहेको पहलका निम्ति धन्यवाद दिँदै छिटो समस्या समाधानका निम्ति प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । उनले लघुवित्त र सहकारी क्षेत्रले विगतमा ग्रामीण तथा विपन्न वर्गका नागरिकका लागि कर्जा प्रवाह र व्यवसाय सञ्चालनमा सहयोग गरेको भए पनि पछिल्लोसमय यो क्षेत्र संकटग्रस्त हुँदै…
Read More
Page 12 of 452
1 … 10 11 12 13 14 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.