समाज

७३ जना यात्रु बोकेर पोखरा गएको बुद्धको विमान काठमाडौं फर्कियो

७३ जना यात्रु बोकेर पोखरा गएको बुद्धको विमान काठमाडौं फर्कियो

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको बुद्ध एयरको विमान अवतरण गर्न नसकेपछि काठमाठौं नै फर्किएको छ । बिहान पौने ९ बजे ७३ जना यात्रु लिएर पोखराका लागि उडेको बुद्धको उडान नम्बर बीएचए ६५१ विमान खराब मौसमका कारण अवतरण गर्न नसकेको बताइएको छ । पोखरा नजिकैको आकाशबाट डाइभर्ट भएको उक्त विमान साढे ९ बजे काठमाडौंमा अवतरण गरेको जनाइएको छ ।
Read More
पति परस्त्रीसँग लागेको पीरमा आत्मदाह प्रयास गरेकी महिलाको मृत्यु

पति परस्त्रीसँग लागेको पीरमा आत्मदाह प्रयास गरेकी महिलाको मृत्यु

झापा । झापामा गत शुक्रबार आत्मदाहको प्रयास गरेकी महिलाको मृत्यु भएको छ । बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडा घलेगाउँकी २८ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । आफ्नो र पाँच वर्षीया छोरीको शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएकी २८ वर्षीया माया रम्तेलको बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए । निजकी छोरीको सोही दिन उपचारका क्रममा मृत्यु भएको थियो। फागुन ५ गते आफ्ना श्रीमान् राजन विश्वकर्मा परस्त्रीसँग लागेकाले बाध्य भएर आत्महत्याको बाटो रोज्नुपरेको ‘सुसाइड नोट’ प्रहरीले फेला परेको थियो। मायाका श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाही थालेको प्रहरी निरीक्षक गिरीले बताए।
Read More
डीपीआरमै अलमलियो चिनियाँ कम्पनी, चक्रपथ दोस्रो खण्ड कहिले बन्छ ?

डीपीआरमै अलमलियो चिनियाँ कम्पनी, चक्रपथ दोस्रो खण्ड कहिले बन्छ ?

काठमाडौं । चक्रपथ दोस्रो खण्ड विस्तारको विस्तृत परियोजना रिपोर्ट (डीपीआर) तयारी पार्ने भनेको एक वर्ष बित्दा पनि अझै चिनियाँ कम्पनीले पूरा गर्न सकेका छैनन् । कहिले डीपीआर बन्छ भन्नेबारे अन्योल कायमै छ । समयमै डीपीआर नबन्दा विस्तारको कामले गति लिन सकेको छैन । चीन सरकारको अनुदानमा चक्रपथ दोस्रो खण्ड (कलंकी–बसुन्धरा) को विस्तार गर्न लागिएको हो । दुई महिनाभित्र तयार पार्ने भन्दै ०७९ फागुनमा डीपीआरको जिम्मा चीनको हेनान कम्युनिकेसन्स प्लानिङ एन्ड डिजाइन इन्स्टिच्युट कम्पनीका प्राविधिक टोलीले लिएका थिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दुई महिनाभित्र डिजाइनको काम सकिने जनाएको थियो । तर अझै डिजाइन फाइनल हुन सकेको छैन । अहिलेसम्म डीपीआर निर्माणमा कुनै प्रगति नभएको विकास सहायता…
Read More
नेपालबाट डिपोर्ट हुनेमा आधा चिनियाँ, भिसामा बग्रेल्ती समस्या

नेपालबाट डिपोर्ट हुनेमा आधा चिनियाँ, भिसामा बग्रेल्ती समस्या

काठमाडौं । सन् २०२३ मा ४५९ विदेशी नागरिक नेपालबाट निष्काशित (डिपोर्ट) भएका छन् । यो सन् २०२२को तुलनामा १११ जनाले कम हो । सन् २०२२मा नेपालबाट ५७० जना विदेशी नागरिक डिपोर्ट भएका थिए । ७ वर्षयता ३ हजार ५७७ जना विदेशी नागरिक डिपोर्ट भएका छन् । सन् २०१७ मा ५५९, २०१८ मा ६७८, २०१९ मा ६७१, २०२० मा ३३२, २०२१ मा ३०८ जना नेपाली नागरिक डिपोर्ट भएको संसदको राज्य व्यवस्था समिति तथा सुशासन समितिलाई अध्यागमन विभागले दिएको कामकाज बारेको प्रतिवेदनको तथ्यांकमा उल्लेख छ । डिपोर्ट हुनेमध्ये अधिकांश भिसा अवधिभन्दा बढी बस्ने पर्यटकहरु रहेको अध्यागमन विभागले जनाएको छ । विभागका सूचना…
Read More
राष्ट्र बैंकले भन्यो – सर्वसाधारणको निक्षेप सबै बैंकमा सुरक्षित छ, कुनै समस्या छैन

राष्ट्र बैंकले भन्यो – सर्वसाधारणको निक्षेप सबै बैंकमा सुरक्षित छ, कुनै समस्या छैन

काठमाडौं । नेपाल राष्ट्र बैंकले सर्वसाधारणको निक्षेप सबै बैंक तथा वित्तीय संस्थामा पूर्णरूपमा सुरक्षित रहेको स्पष्ट पारेको छ । राष्ट्र बैंक मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समयमा इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरूको पूँजी कोष, कर्जा निक्षेप अनुपात र तरलताको अवस्थासम्बन्धी परिसूचकहरू राष्ट्र बैंकको निर्देशनअनुरूप नै रहेको दाबी गरेको हो । राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी भइरहेकाले सर्वसाधारणको निक्षेप पूर्णरूपमा सुरक्षित रहेको बताएको छ । राष्ट्र बैंकले बैंकिङजस्तो संवेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रममा पार्न दुष्प्रचार गर्ने कार्यको पछाडि नलाग्न समेत आग्रह गरेको छ ।
Read More
ज्ञानेन्द्र नक्कली राजा थिए, सक्कली राजतन्त्र २०५८ सालमै गइसकेको थियो : केपी ओली

ज्ञानेन्द्र नक्कली राजा थिए, सक्कली राजतन्त्र २०५८ सालमै गइसकेको थियो : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असली राजतन्त्र २०५८ सालमै समाप्त भएको बताएका छन् । एमाले केन्द्रीय समितिको सातौं बैठकमा उद्घाटन मन्तव्य राख्दै ओलीले सो कुरा बताएका हुन् । उनले असली राजतन्त्र २०५८ सालमै समाप्त भए पनि केही व्यक्ति आफ्नो दुनो सोझ्याउन राजा ल्याउने भनेर लागिपरेको बताए । उनले भने, ‘अहिले गएको राजतन्त्र नक्कली हो, सक्कली राजतन्त्र २०५८ सालमा गएको थियो । राजाको जेठो छोरो राजा हुने परम्परा हो । वंशविनाश गरेर राजतन्त्र सिद्धिइसकेपछि कि लिगलिगमा जानु पर्‍यो। त्यतिबेलाको राजनीतिक नेतृत्वको कमजोरीले गर्दा जालझेल गरेर ज्ञाजेन्द्रलाई राजा बनाइएको हो । मैले यसअघि पनि भनेको थिएँ, कुशको राजा बनाइएको…
Read More
क्यानडाविरुद्ध नेपाल ‘ए’ को रोमाञ्चक जित, सन्दीप र बसिरको अर्धशतक

क्यानडाविरुद्ध नेपाल ‘ए’ को रोमाञ्चक जित, सन्दीप र बसिरको अर्धशतक

काठमाडौं । नेपाल ‘ए’ ले एकदिवसीय शृंखलाको दोस्रो खेलमा क्यानडा–११ विरुद्ध दुई विकेटको रोमाञ्चक जित निकालेको छ । मंगलबार मूलपानी क्रिाकेट मैदानमा सम्पन्न खेलमा क्यानडाले प्रस्तुत गरेको २४१ रनको लक्ष्य नेपालले ४९.१ ओभरमा आठ विकेट गुमाएर भेट्टायो । कप्तान सन्दीप जोराले ६६ रन बनाए । अर्जुन कुमालले ४०, शेर मल्ल ७, किरण थगुन्ना १३ रन बनाएर आउट भए । १४६ रनमा ५ विकेट गुमाएको नेपालका लागि बसिर अहमद र रशिद खानले ७७ रनको साझेदारी गरेका थिए । रशिद खान ४७ रन बनाएर आउट भए हुँदा बसिर खान ५१ रनमा अविजित रहे । बलिङमा क्यानडाका अमर खालिदले २ विकेट लिए ।…
Read More
विदेशी भाषा सिकाएर पलायन गराउने ‘दलाल’कै कारण देशको भविष्य अन्योल बन्यो : केसी

विदेशी भाषा सिकाएर पलायन गराउने ‘दलाल’कै कारण देशको भविष्य अन्योल बन्यो : केसी

बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा केही पनि हुँदैन भन्दै राजनीतिमाथि वितृष्णा बढाउने र विदेशी भाषा सिकाएर पलायन गराउने ‘दलाल’बाट देशको भविष्य अन्योल भएको दावी गरेका छन् । विद्यार्थीले राजनीति बुझ्न छाडेपछि देशमा युवा पलायन बढेको बताउँदै उनले विद्यार्थीले राजनीति बझ्दा र गर्दा देशमा संभावनाको खोजी हुने बताए । धौलागिरि बहुमुखी क्याम्पस बागलुङको ६१ औं वार्षिकोत्सव उद्घाटन गर्दै केसीले नेपालको राष्ट्रियतामात्र नभई संस्कृति र शिक्षा प्रणालीमा समेत आक्रमण भइरहेको आरोप लगाए । उनले भने–‘नेपालमा केही पनि छैन भनेर युवालाई भ्रमित पार्दै क्याम्पसका कोठा खाली बनाएर विदेशी भाषाका कक्षाहरु भरिएको छ । जब युवाले यो षड्यन्त्र बुझ्छन् तबमात्र विदेश…
Read More
व्यवस्था परिवर्तनको आन्दोलनलाई ख्यालठट्टा नसोच्न सरकारलाई राप्रपाको चेतावनी

व्यवस्था परिवर्तनको आन्दोलनलाई ख्यालठट्टा नसोच्न सरकारलाई राप्रपाको चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुधवारदेखि सुरु गर्ने देशव्यापी आन्दोलन व्यवस्था परिवर्तनको आन्दोलन हुने बताएको छ । मंंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङले राप्रपाको आन्दोलन व्यवस्था र अवस्था परिवर्तनको आन्दोलन भएकाले यसलाई ख्यालठट्टा नठान्न आग्रह गरेका हुन् । पार्टीको आन्दोलन शान्तिपूर्ण र भद्र हुने बताएका उनले अन्य बेलाको जस्तो सरकार र सत्ता परिवर्तन, महँगी नियन्त्रण जस्तो आन्दोलन नभएको दावी गरे । उनले भने–‘यो आन्दोलन सामान्य ख्याल ठट्टाको आन्दोलन होइन । यो सरकार परिवर्तन गर्ने, महँगीको विरोध गर्ने, के–के विरोध गर्ने होइन । हामीले व्यवस्था र अवस्था परिवर्तन गर्ने आन्दोलन हो । सबैले यसमा सोचेर…
Read More
कान्तिपुर सहकारीका अध्यक्ष ठकुरी पक्राउ, वचतकर्ताको ६ अर्ब १३ करोड हिनामिना

कान्तिपुर सहकारीका अध्यक्ष ठकुरी पक्राउ, वचतकर्ताको ६ अर्ब १३ करोड हिनामिना

काठमाडौं । कान्तिपुर सहकारीका अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरी पक्राउ परेका छन् । प्रहरी वृत्त बानेश्वरका अनुसार सहकारी ठगी मुद्दामा ठकुरीलाई पक्राउ गरिएको हो । स्रोतका अनुसार ठकुरीसहित सहकारीका अन्य ६ पदाधिकारीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत साता कान्तिपुर सहकारीलाई समस्याग्रस्त घोषणा गर्ने निर्णय गरेको थियो । सहकारी विभागको नियमन क्षेत्रभित्र पर्ने तपसिलमा उल्लेखित सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य मान्यता विपरीत कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेको भन्दै सहकारी विभागको सिफारिसमा मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको हो । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘सहकारी ऐन, २०७४ को दफा १०४ को…
Read More
Page 13 of 452
1 … 11 12 13 14 15 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.