समाज

मिथिला मध्यमा परिक्रमा सम्पन्न

मिथिला मध्यमा परिक्रमा सम्पन्न

२३ फागुन,धनुषा । मिथिला परिक्रमाअन्तर्गत आज श्रद्धालुले जनकपुरधामको अन्तरगृह परिक्रमा गरी मिथिला परिक्रमा सम्पन्न गरेका छन् । पन्ध्र दिने उक्त परिक्रमा फागुन प्रतिपदामा सुरूआत भई पूर्णिमाका दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गरी सम्पन्न हुने गर्दछ । प्राचीन मिथिलाको राजधानी जनकपुरधामलाई केन्द्रविन्दु मानी यसको चारैतिरका क्षेत्रसँग जोडिएका गाउँ, नगरमा रहेका विभिन्न तीर्थस्थलको भ्रमण गरिने परिक्रमालाई मिथिला मध्यमा परिक्रमा भन्ने गरिन्छ । मिथिला महात्म्यका अनुसार मिथिलापुरीको यात्राफल राम्रो मानिन्छ । मिथिला क्षेत्रमा भाग्यले जन्म हुन्छ, यस क्षेत्रको यात्रा गर्नाले अनन्त फल प्राप्त हुनुका साथै मुण्डन, एकाध साँझ उपवास र बास बसेमा लाभ हुने विश्वास पनि मिथिला महात्म्यमा उल्लेख छ । यही विश्वासका कारण…
Read More
रुप्से खोलामा ‘बेलिब्रिज’

रुप्से खोलामा ‘बेलिब्रिज’

२३ फागुन,म्याग्दी । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से खोलामा ‘बेलिब्रिज’ जडान गरिने भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत रुप्से खोलामा ४८ मिटर लामो बेलिब्रिज जडान सुरु भएको हो । आयोजनाका इञ्जिनियर विष्णु चापागाईंले रुप्से खोलामा पक्की पुल निर्माण नहुँदासम्मका लागि सवारीसाधन आवातजावत सहज बनाउन बेलिब्रिज राख्न लागिएको बताउनुभयो । “ठेक्का सम्झौता गरेका निर्माण कम्पनीले बेलिब्रिज राख्न पूर्वाधार निर्माण सुरु गरेका छन्”, उहाँले भन्नुभयो, “एक वर्षभत्रमा बेलिब्रिज निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।” बेलिब्रिज जडान गर्न मुक्तिनाथ निर्माण सेवाले रु तीन करोड ५६ लाखमा यसै महिना ठेक्का सम्झौता गरेका छन् । सो कम्पनीका सञ्चालक ओम गौचनले सम्झौता लगत्तै बेलिब्रिजको…
Read More
तराईमा होली पर्व मनाइँदै

तराईमा होली पर्व मनाइँदै

२३ फागुन,काठमाडौँ । फागुपूर्णिमा अर्थात होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइँदै छ । सोमबार हिमाली एवं पहाडी जिल्ला सो पर्व मनाइएको थियो । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताका रुपमा मनाउने प्रचलन रही आएको छ ।
Read More
विपन्नलाई छात्रवृत्ति

विपन्नलाई छात्रवृत्ति

२३ फागुन,दमौली । तनहुँको भानु नगरपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० मा प्राविधिक शिक्षा अध्ययन गर्ने २४ विपन्न विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने भएको छ । नगरपालिकाभित्र सञ्चालित प्राविधिक शिक्षालयमा तीन वर्षे प्राविधिक शिक्षा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई यस्तो छात्रवृत्ति उपलब्घ गराइने छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख धु्रवराज पौडेलले हरेक वडाका दुई÷दुई विद्यार्थीलाई छात्रवृत्ति रकम उपलब्ध गराउने जानकारी दिनुभयो । “प्राविधिक शिक्षाको माध्यमबाट दक्ष जनशक्ति बनेर स्वरोजगार एवं आत्मनिर्भर बन्न सकुन् भनेर प्रोत्साहन स्वरुप छात्रवृत्ति वितरण गर्ने नीति ल्याइएको हो”, उहाँले भन्नुभयो । गरपालिकाले प्राविधिक शिक्षा छात्रवृत्ति वितरण कार्यविधि २०७९ जारी गरिसकेको छ । कार्यविधि बमोजिम तीनवर्षे प्राविधिक कोर्स…
Read More
सहकारी बन्द हुँदा बचतकर्ता समस्यामा

सहकारी बन्द हुँदा बचतकर्ता समस्यामा

२३ फागुन,तुलसीपुर । दाङ तुलसीपुरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको शाखा कार्यालय बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् । एक महिनादेखि बन्द भएको सो सहकारीको शाखा कार्यालयमा रकम झिक्न दिनदिनै बचतकर्ता पुग्ने गरेका छन् । सोही सहकारीमा तुलसीपुरको बिपी चोकका फलफूल व्यवसायी तुलसी नेपालीको एक लाख २७ हजार बचत छ । उहाँले अब त्यो पैसा पाउने आशा मरिसकेको बताउनुहुन्छ । “एक महिना भयो सहकारी बन्द भएको, फोन गर्छौ दुई-चार दिनमा खुल्छ भन्न लागेको धेरै भइसक्यो”, उहाँले भन्नुभयो, “साहुलाई पैसा तिर्नुपर्ने थियो, निकै गाह्रो भएको छ ।” शिव शिखरमै तुलसीपुर–५ जेसिजचोकमा फलफूल व्यवसाय गर्ने चन्द्रकली विकको ६० हजार बचत छ ।…
Read More
थारु समुदायमा होली पर्व :आगो भित्र्याउने प्रचलन

थारु समुदायमा होली पर्व :आगो भित्र्याउने प्रचलन

२३ फागुन,कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु समुदायका अगुवा लहानु चौधरी होली पर्वका अवसरमा गाउँको देउथानमा आगो बाल्नमा व्यस्त हुनुहुन्छ । देउथानमा बालेको नयाँ आगो घर घरमा भित्र्याउने प्रचलन अनुसार उहाँ आगो बाल्न व्यस्त देखिनुभएको हो । होलीका अवसरमा गन्यारी नामक काठबाट निकालिएको आगो घरको चुलोमा बालेर वर्ष भरी निभ्न नदिने गरिएको उहाँले बताउनुभयो । “होलीका बेला भित्राइएको आगो तापेमा घरमा सुख शान्ति हुने र रोग व्याधि हटेर जाने विश्वास रहेको छ”, उहाँले भन्नुभयो, “देउथानमा बालिएको आगोमा गुइँठामा सल्काएर गाउँका सबैले घरमा लैजाने चलन पुस्तौँदेखि चल्दै आएको छ, यसलाई जीवन्त राख्दै आएका छौँ ।” सिमलको हाँगा गाडेर राखिएको ठाउँमा तोरीको…
Read More
आशा लघुवित्त वित्तीय संस्थाद्वारा नि:शुल्क स्याम्पु तथा ह्याण्डवास तालिम

आशा लघुवित्त वित्तीय संस्थाद्वारा नि:शुल्क स्याम्पु तथा ह्याण्डवास तालिम

२२ फागुन, बर्दिया । आशा लघुवित्त वित्तीय संस्था लिमिटेड बर्दिया शाखाले गुलरियमा २ दिने नि:शुल्क स्याम्पुतथा ह्याण्डवासकाे तालिम आयाेजना गरेकाे छ । शाखा प्रमुख बिरेन्द्र चौधरीकाे सभापतित्वमा भएकाे तालिम उद्घाटन कार्यक्रममा प्रमुख अतिथि एरिया म्यानेजर राजेश भण्डरीले संस्थाले विगतदेखि विभिन्न किसिमका सीपमूलक तालिम प्रदान गर्दै आइरहेको बताउनु भयाे । उहाँले यस्ता तालिम आगामी दिनमा पनि संस्थाले सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयाे । त्यस्तै शाखा प्रमुख चाैधरीले बर्दिया शाखाले ३३ जनालाई २ दिने नि:शुल्क स्याम्पु तथा ह्याण्डवासकाे सीप मुलक तालिम प्रदान गरेको बताउनु भयाे । उहाँले आगामी दिनमा सांस्थका सदस्यहरुको मागअनुसार निःशुल्क सीप मुलक तालिम आयाेजना गरिने जानकारी दिनुभयाे । उद्घाटन…
Read More
राजापुर वडा नम्बर ४ का वडा अध्यक्ष पाेखरेलद्वारा फागुन पूर्णिमाको शुभकामना

राजापुर वडा नम्बर ४ का वडा अध्यक्ष पाेखरेलद्वारा फागुन पूर्णिमाको शुभकामना

२२ फागुन, राजापुर । राजापुर वडा नम्बर ४ का वडा अध्यक्ष विदुर पाेखरेलले फागुन पूर्णिमा (होली) को अवसरमा सम्पूर्ण वडावासी, दिदीबहिनी, दाजुभाइ तथा आमाबुवामा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय कामनासहित होलीको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले शुभकामना सन्देशमार्फत हाेलीमा खेलिने विविभ रङहरू जस्तै नेपाली समाजमा पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण रहेकाे उल्लेख गर्दै यही विविधता बीचकाे एकता नै नेपाली पहिचान बनेकाे बताउनु भएकाे छ । असत्यमाथि सत्यको जीतको प्रतिकको रुपमा मनाउने पावन पर्व हाेली शान्त, सभ्य तथा मर्यादित ढंगले मनाउन समेत वडा अध्यक्ष पाेखरेलले वडावासीलाई आग्रह गर्नुभयाे । उहाँल अरुको स्वतन्त्रताप्रति सम्मान गर्दै मादक पर्दाथको सेवन…
Read More
पाँच लाख रुपैयाँ बराबरको छात्रवृत्ति र शैक्षिक सामग्री वितरण

पाँच लाख रुपैयाँ बराबरको छात्रवृत्ति र शैक्षिक सामग्री वितरण

 २१ फागुन ,काठमाडाैँ  । मर्दीखोला नेपाल शैक्षिक प्रतिष्ठानले २४औँ वार्षिकोत्सवका अवसरमा रु पाँच लाख बराबरको छात्रवृत्ति र शैक्षिक सामग्री वितरण गरेको छ । कास्कीका विभिन्न सरकारी विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत गरिब तथा जेहेन्दार १५ जना विद्यार्थीलाई रू २ हजारका दरले एक लाख ८० हजार छात्रवृत्तिका लागि र सात विद्यालयलाई तीन लाख २० हजार बराबरको विज्ञान तथा गणित विषयका शैक्षिक सामग्री प्रदान गरिएको हो । शैक्षिक सामग्री पाउने विद्यालयमा महेन्द्र मावि लाहाचोक, पृथ्वीनारायण मावि धम्पुस, निष्पक्ष मावि हुम्दी, बराह मावि भिडाबारी, माछापुच्छ्रे मावि ढिकुरपोखरी, सिर्जना सामुदायिक मावि सिमपाली र सङ्गम मावि चन्द्रकोट छन् । कार्यक्रममा गण्डकी प्रदेश प्रज्ञा…
Read More
नेपाल एयरलाइन्सले दक्षिण कोरिया उडान गर्ने

नेपाल एयरलाइन्सले दक्षिण कोरिया उडान गर्ने

  १२ फागुन ,काठमाडाैं ।   राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले दक्षिण कोरियामा सिधा उडान गर्ने भएको छ। दक्षिण कोरियाको राजधानी सिओलस्थित इन्चोन इन्टरनेसनल एयरपोर्टमा उडान गर्नका लागि प्रक्रिया अगाडि बढाइएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्। उक्त प्रयोजनका लागि निगमका नायब महाप्रबन्धक ९प्राविधिक० इञ्जिनियर विक्रम केसीको संयोजकत्वमा १० सदस्यीय सेफ्टी अडिट उपसमिति गठन गरिएको छ। समितिमा निगमको सेफ्टी, इञ्जिनियरिङलगायत विभागको प्रतिनिधित्व छ। दक्षिण कोरियामा सिधा उडान सञ्चालनार्थ सेफ्टी अडिट गर्नका लागि समिति गठन गरिएको हो। ‘उडानका लागि दक्षिण कोरियाको मिनिस्ट्री अफ ल्यान्ड, इन्फास्ट्रक्चर अफ एन्ड ट्रान्सपोर्ट (मोलिट) अन्तर्गतको सिभिल एभिएसन अथोरिटीले अडिट गर्नुपर्ने हुन्छ, सोहीको तयारीका लागि निगमको…
Read More
Page 377 of 452
1 … 375 376 377 378 379 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.