समाज

सात महिनामा भित्रियो रू छ खर्ब ८९ अर्ब विप्रेषण

सात महिनामा भित्रियो रू छ खर्ब ८९ अर्ब विप्रेषण

२८ फागुन,काठमाडौँ । चालु आर्थिक वर्षको सात महिनाको अवधिमा रू छ खर्ब ८९ अर्ब ८८ करोड बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको सात महिनाको विवरण अनुसार विप्रेषण आप्रवाह २७ दशमलब एक प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह चार दशमलब चार प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६ दशमलब चार प्रतिशतले वृद्धि भई पाँच अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह पाँच दशमलब तीन प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ५७ दशमलब…
Read More
सिन्धुली बस दुर्घटना अपटेड : थप एकजनाको मृत्यु

सिन्धुली बस दुर्घटना अपटेड : थप एकजनाको मृत्यु

२८ फागुन,सिन्धुली । सिन्धुलीमा भएको बस दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । योसँगै दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । मृत्यु हुनेमा तीन पुरुष, दुई महिला र एक बालिका रहेका छन् । उनीहरुको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो । मध्यपहाडि लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुइभिरमा आज बस दुर्घटना हँुदा २९ जना घाइते भएका छन् । ओखलढुङगाबाट काठमाडौँतर्फ जाँदै गरेको बा२ख ६५९६ नम्बरको बस दुर्घटना भएको हो । मृतकको पहिचान खुल्न सकेको छैन । घटनास्थलबाट घाइतेको उद्धार गरी उपचारका लागि गोलञ्जोर गाउँपालिका–७ खुर्कोटस्थित सामुदायिक अस्पताल लगिएको छ । चालकको अवस्था…
Read More
हेटौँडा-ढल्केबर-इनरुवा प्रसारण लाइन निर्माणमा अवरोधैअवरोध

हेटौँडा-ढल्केबर-इनरुवा प्रसारण लाइन निर्माणमा अवरोधैअवरोध

२८ फागुन, काठमाडौँ । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणमा कहिले सम्पन्न हुने हो कुनै छेकछन्द देखिएको छैन । निर्माणाधीन सो प्रसारण हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा १५, १६ तथा १७ स्थिति हटिया र सर्लाहीको लालबन्दी नगरपालिकाको जियाजोर क्षेत्रमा करिब छ वर्षदेखि निर्माणमा अवरोध छ । हटिया क्षेत्रमा १४ वटा, हेटाँैडा उपमहानगरपालिका वडा नं ११ स्थित थाना थानाभ¥याङमा दुई वटा र जियाजोर क्षेत्रमा आठ वटा टावर निर्माणमा अवरोध छ । थानाभ¥याङस्थित सबस्टेसनमा लाइन छिराउन दुई वटा टावर निर्माण गर्नु…
Read More
दोस्रो खप्तड–शैलेश्वरी म्याराथन प्रतियोगिता २०८० आयोजना गरिने

दोस्रो खप्तड–शैलेश्वरी म्याराथन प्रतियोगिता २०८० आयोजना गरिने

२८ फागुन,डोटी । सिलगढीस्थित नेपाली सेनाको भैरवप्रसाद गणले डोटीमा दोस्रो खप्तड शैलेश्वरी खुल्ला म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ । खप्तड क्षेत्रमा २०८० साल जेठ १६ गते शुक्लपक्ष दशमीमा लाग्ने गङ्गा दशहरा मेलाको अवसरमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको भैरवप्रसाद गणका गणपति (प्रमुख सेनानी) जनमतबहादुर कार्कीले बताउनुभयो । सुदूर पश्चिमका चार जिल्ला डोटी, अछाम, बाजुरा र बझाङको सीमाक्षेत्रमा रहेको भू–स्वर्गको उपमाले परिचित खप्तड क्षेत्रमा शुक्लपक्षको दशमीमा गङ्गा दशहरा मेला लाग्ने गर्दछ । सोही अवसरमा खप्तड शैलेश्वरी खुला म्याराथन प्रतियोगिता (पुरुष र महिला) का साथै भलिबल, देउडा, घोडादौड प्रतियोगिता पनि आयोजना गरिने उहाँले जानकारी दिनुभयो । धार्मिक तथा पर्यटकीय सौन्दर्यले भरपूर…
Read More
मुस्ताङमा आन्तरिक र विदेशी पर्यटकको चहलपहल बढ्यो, व्यवसायी उत्साहित

मुस्ताङमा आन्तरिक र विदेशी पर्यटकको चहलपहल बढ्यो, व्यवसायी उत्साहित

२८ फागुन,म्याग्दी । बसन्त ऋतुको आगमनसँगै मुस्ताङमा पर्यटकको चहलपहल बढेको छ । म्याग्दी हँुदै सडकमार्ग भएर मुस्ताङ जाने र फर्कने पर्यटकको बेनी–जोमसोम सडकमा चाप बढेको हो । मुक्तिनाथ मन्दिर, कागबेनी, कोरला नाका, लोमान्थाङ, जोमसोम, ढुम्वा ताल, ठिनी, लेतेलगायत ठाउँमा पर्यटकको घुइँचो लागेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोमस्थित कार्यालय प्रमुख अशोक सुवेदीले आन्तरिक पर्यटकको चाप बढेको र विदेशी पर्यटक पनि मुस्ताङ घुम्न आउन थालेको जानकारी दिनुभयो । “सडक र हवाईमार्ग भएर मुस्ताङ घुम्न आएका आन्तरिक पर्यटकका कारण चहलपहल बढेको छ,” उहाँले भन्नुभयो “थोराङ्ला, उपल्लो मुस्ताङ र जोमसोम आसपासका क्षेत्रमा पनि विदेशी पर्यटकको चहलपहल बढेको छ ।” सन् २०२३…
Read More
श्रीमानको कुटपिटबाट महिलाको मृत्यु

श्रीमानको कुटपिटबाट महिलाको मृत्यु

२८ फागुन,जुम्ला । जुम्लामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । तिला गाउँपालिका–४ नुवाकोटका ४७ वर्षीय आइते सार्कीको कुटपिटबाट उनकी २१ वर्षीया श्रीमती ममता नेपालीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक यामबहादुर बुढा मगरका अनुसार आइतेलाई पक्राउ गरिएको छ । घट्नाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । मृतक ममताको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । कुटपिटबाट बेहोस भएकी ममताको समयमै उपचार नगराउँदा मृत्यु भएको खुलेको छ । घट्नाबारे प्रहरीले शनिबार मात्र जानकारी पाएको थियो । “घट्ना कहिलेको हो खुल्न बाँकी छ”, बुढा मगरले भन्नुभयो ।
Read More
नेपालगञ्ज नगर क्षेत्रको नाला सफा गरिँदै

नेपालगञ्ज नगर क्षेत्रको नाला सफा गरिँदै

२८ फागुन,नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले डुबानको समस्यालाई ध्यान दिएर साना–ठूला सबै नाला सफाइ गर्न थालेको छ । पहिलो चरणमा बजार क्षेत्र भएर बग्ने ठूला नाला र दोन्द्रा नालाको अन्तिम विन्दु (आउटलेट)बाट सफाइको काम थालिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाका इञ्जीनियर निवेशकुमार शर्माले अन्तिम विन्दुबाट काम सुरु गरेपछि जहाँ–जहाँ अवरोध छ, त्यसमा राम्रोसँग काम गर्न सकिन्छ भन्ने उद्देश्यले आउटलेटबाट काम सुरु गरिएको बताउनुभयो । “बजार क्षेत्रभित्रको मुख्य नाला र दोन्द्रा नाला मिसिएर बनेको दोधारा नालाको अन्तिम विन्दुबाट काम थालेका छौँ, जेसिबीले सफाइ गर्न सक्ने ठाउँमा जेसिबी र जेसिबीले गर्न नसक्ने ठाउँमा मान्छे नै लगाएर सफाइ गरिने छ”, उहाँले भन्नुभयो । भेरी प्राविधिक…
Read More
वित्तीय साक्षरता राष्ट्रिय अभियान सुरु

वित्तीय साक्षरता राष्ट्रिय अभियान सुरु

२८ फागनु,चितवन । नेपाल लघुवित्त बैंकर्स सङ्घले वित्तीय साक्षरता राष्ट्रिय अभियान थालनी गरेको छ । नेपाल लघुवित्त बैंकर्स सङ्घको आयोजनामा कालिका नगरपालिकाबाट सो अभियान सुरु गरिएको हो । अभियानको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले शनिबार शुभारम्भ गर्दै वित्तीय अनुशासन भए आर्थिकरूपमा समस्या नआउने बताउनुभयो । आफ्नो आवश्यकताभन्दा विलासिताका वस्तुमा बढी खर्च हुँदा वित्तीय दुर्घटना निम्त्याएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “कारोबार गर्ने बेलामा आँखा नदेख्ने पछि रुवायो भन्दै नारा लगाउनु उचित होइन, ऋण लिएपछि तिर्नुपर्छ ।” लागानीकर्तालाई समेत उहाँले मर्यादित र व्यवस्थित गर्न आग्रह गर्दै सदस्यको वित्तीय साक्षरतामा ध्यान नदिँदा समस्या उत्पन्न भएको तर्क गर्नुभयो । नेपाल लघुवित्त बैंकर्स…
Read More
नेपाल शिक्षक सङ्घ मुस्ताङको अध्यक्षमा श्रेष्ठ

नेपाल शिक्षक सङ्घ मुस्ताङको अध्यक्षमा श्रेष्ठ

२८ फागुन,मुस्ताङ । नेपाल शिक्षक सङ्घ मुस्ताङको नवौँ जिल्ला अधिवेशनले गोविन्दप्रसाद श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । समितिको उपाध्यक्षमा खिमबहादुर गुरुङ, महिला उपाध्यक्षमा नभिना तुलाचन, सचिवमा विष्णु थकाली, सचिव (अर्थ)मा रामचन्द्र पराजुली, सहसचिवमा मनदेवी गौचन, देवराज पाण्डे, तुलप्रसाद गौचन, नीरज गौचन रहनुभएको छ । समितिका सदस्यहरूमा नवराज पौडेल, दीपक तुलाचन, भुविन्द्र गौचन, मानबहादुर चौधरी र रामचन्द्र उपाध्याय रहनुभएको छ । त्यस्तै प्रदेश प्रतिनिधिमा प्रमिश गौचन, महेश दबाडी, लक्ष्मी शर्मा र राम परियार रहनुभएको छ भने सङ्घ प्रतिनिधिमा राजु श्रेष्ठ, अनन्तराज आचार्य, शारदा शेरचन र रामचन्द्र अधिकारी रहनुभएको छ । यसअघि अधिवेशनको उद्घाटन सत्रमा तत्कालीन संविधानसभा सदस्य एवं…
Read More
झारफुकपछि मृत्यु भएपछि १७ जना पक्राउ

झारफुकपछि मृत्यु भएपछि १७ जना पक्राउ

काठमाडौं । रुपन्देहीको सैनामैनामा झारफुकको बहानामा कुटपिट गर्दा एक किशोरीको मृत्यु प्रकरणमा प्रहरीले अहिलेसम्म १७ जनालाई पक्राउ गरेको छ । स्थानीय १४ वर्षिया सीता ज्ञवालीलाई झारफुक गर्ने सैनामैना १० बस्ने २२ वर्षीया सोनिया रेश्मीलाई प्रहरीले यस अघि नै पक्राउ गरिसकेको छ । प्रहरीले मृतक सीताका बुवासहित १७ जनालाई पक्राउ गरेको जनाएको छ । को को पक्राउ परेका हुन् भन्नेबारे भने प्रहरीले खुलाएको छैन । आफूलाई माता बताउने सोनियाले किशोरीलाई भुइँमा लडाउने, शरीरमाथि चढेर कुट्ने, गालामा थप्पड हान्ने, घाँटीमा लात्ताले हान्ने, टाउको बटारिदिने गर्दा किशोरीको ज्यान गएको बताइएको छ । सामाजिक सञ्जालमा आएको भिडियामा कथित माताले किशोरीको अनुहारमा थुक्ने, खरानी ख्वाईदिने…
Read More
Page 366 of 452
1 … 364 365 366 367 368 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.