Share Icon

काठमाडौं । रुपन्देहीको सैनामैनामा झारफुकको बहानामा कुटपिट गर्दा एक किशोरीको मृत्यु प्रकरणमा प्रहरीले अहिलेसम्म १७ जनालाई पक्राउ गरेको छ ।

स्थानीय १४ वर्षिया सीता ज्ञवालीलाई झारफुक गर्ने सैनामैना १० बस्ने २२ वर्षीया सोनिया रेश्मीलाई प्रहरीले यस अघि नै पक्राउ गरिसकेको छ ।

प्रहरीले मृतक सीताका बुवासहित १७ जनालाई पक्राउ गरेको जनाएको छ । को को पक्राउ परेका हुन् भन्नेबारे भने प्रहरीले खुलाएको छैन ।

आफूलाई माता बताउने सोनियाले किशोरीलाई भुइँमा लडाउने, शरीरमाथि चढेर कुट्ने, गालामा थप्पड हान्ने, घाँटीमा लात्ताले हान्ने, टाउको बटारिदिने गर्दा किशोरीको ज्यान गएको बताइएको छ ।

सामाजिक सञ्जालमा आएको भिडियामा कथित माताले किशोरीको अनुहारमा थुक्ने, खरानी ख्वाईदिने र लछारपछार गर्ने गरेको देखिएको प्रहरीले जनाएको छ।

ज्ञवालीको फागुन २० गते राति मृत्यु भएको थियो ।

Facebook Comments Box

Share Icon