समाज

राजापुर नगरपालिकाद्वारा सहिद तथा वेपत्ता परिवारलाई सम्मान

राजापुर नगरपालिकाद्वारा सहिद तथा वेपत्ता परिवारलाई सम्मान

सागर परियार ३० फागुन, बर्दिया । बर्दिया राजापुर नगरपालिकाले सहिद तथा वेपत्ता परिवारलाई सम्मान गरेको छ । एक औपचारिक कार्यक्रम आयाेजना गरी नगरपालिकाले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरेको हाे । कार्यक्रमका सभा अध्यक्ष राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुले मुलुकमा संघीय गणतन्त्र ल्याउन सहिदहरूकाे महत्वपूर्ण याेगदान रहेकाे बताउनु भयाे । उहाँले भन्नुभयाे,'मुलुककाे लागि अतुलनीय भुमिका खेल्ने हामी सबैले आफ्नो परिवारबाट कसै न कसैको बलिदान दिएका छौँ, देश निर्माण तथा परिवर्तनको लागि दिएको बलिदानलाई हामीले सधैँ सम्मान गरेका छाैँ।' उहाँहरुको सम्मान स्वरुप नगरपालिकाले प्रत्येक वर्ष सहिद तथा बेपत्ता परिवारलाई सम्मान गर्दै आएको नगरप्रमुख थारूले बताउनु भयाे ।…
Read More
पशुचौपाया र मानिस अलग राख्न किसानलाई गोठ

पशुचौपाया र मानिस अलग राख्न किसानलाई गोठ

३० फागुन,जाजरकोट । घरको माथिल्लो तलामा मानिस र तल्लो तलामा पशुचौपायाको गोठ बनाएर दैनिकी चलाइरहेका बारेकोट गाउँपालिकाका किसानले अब छुट्टै गोठ पाउने भएका छन् । मानव स्वास्थ्यका हिसाबले अत्यन्तै प्रतिकूल पर्ने भन्दै बारेकोट गाउँपालिकाले विपन्न तथा गरिबीको रेखामुनि रहेका सर्वसाधारणलाई अनुदानमा गोठ बनाउने नीति ल्याएको हो । गोठ निर्माण गर्न रू एक लाखसम्म माग भएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताउनुभयो । गाउँपालिकाका अधिकांश किसानको घरको माथिल्लो तलामा मानिस र तल्लो तलामा पशु चौपाय पालनका लागि गोठ रहने गरेको छ । गोठ र मानिस एकै घरमा रहने भएपछि जनस्वास्थ्य समेत प्रतिकूल असर पर्ने गरेको अध्यक्ष गिरीको भनाइ छ । गाउँपालिकामा…
Read More
विद्यार्थीलाई उत्पादन र आम्दानीसँग जोड्न ‘खेतबारीमा विद्यार्थी’

विद्यार्थीलाई उत्पादन र आम्दानीसँग जोड्न ‘खेतबारीमा विद्यार्थी’

३० फागुन,गलेश्वर । शिरानमा गाउँ, पुछारमा जङ्गल, बीचमा तीनवटा सुविधा सम्पन्न आधुनिक भवनसहितको किसानी कृषि प्राविधिक शिक्षालय । म्याग्दीको मालिका गाउँपालिका–७ बिमस्थित यो शिक्षालयले बाली विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई उत्पादन र आम्दानीसँग जोड्ने उद्देश्यले ‘खेतबारीमा विद्यार्थी’ अभियान सञ्चालन गरेको छ । व्यावसायिक कृषितर्फ उन्मुख क्षेत्रमा बाली विज्ञान, पशु चिकित्सा (भेटेरिनरी) विषयमा पढाइ हुने यस शिक्षालयमा विद्यार्थीको आकर्षण पनि बढेको छ । बिममा २०६८ सालमा सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी २९ महिने जेटिए, २०७२ सालदेखि तीनवर्षे डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान) र तीनवर्षे पशुविज्ञान तहको पठनपाठन सुरु भएको थियो । अहिले यहाँ २१ जिल्लाका विद्यार्थी अध्ययनरत रहेका किसानी कृषि प्राविधिक शिक्षालयका…
Read More
नेप्सेमा सामान्य अङ्कको सुधार

नेप्सेमा सामान्य अङ्कको सुधार

३० फागुन,काठमाडौँ । यो साता कारोबारको पहिलो दुई दिन लगातार उच्च अङ्कको गिरावट देखिएको पुँजीबजारमा आज भने सामान्य अङ्कको सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक एक दशमलव ८५ अङ्कले बढेर एक हजार नौ सय ५३ दशमलव ०६ अङ्कमा कायम भएको छ । आज दुई सय ५५ वटा कम्पनीको ३३ लाख १८ हजार एक सय आठ कित्ता शेयर २६ हजार चार सय ७३ पटक खरिदबिक्री हुँदा रू एक अर्ब १३ करोड ५९ लाख २५ हजार बराबरको कारोबार भएको छ । आज बैंङ्किङ, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फन्ड र व्यापार समूहको उपसूचक घटेको छ भने बाँकी सबै…
Read More
पाँच महिनापछि वर्षा भएकामा किसान खुसी

पाँच महिनापछि वर्षा भएकामा किसान खुसी

३० फागुन,पर्वत । झन्डै पाँच महिनापछि वर्षा हुँदा पर्वतका कृषक हर्षित बनेका छन् । लामो समयसम्म खडेरी परेका कारण हिउँदे खेतीबाली सुख्खा भएर निराश भएका कृषकहरु सोमबार दिनभरजसो वर्षा भएपछि हर्षित बनेका हुन् । खेतबारीमा लगाइएको गहुँ, तोरी, आलु, फापर, जौलगायत तरकारीहरुको उत्पादन न्यून हुँदा निराश बनेका कृषकहरु बर्खेबाली लगाउन पाउने भएपछि हर्षित बनेका हुन् । सिँचाइको सुविधा भएका ठाउँका कृषकहरुभन्दा सिँचाइको सुविधा नभएका ठाउँका कृषकहरुलाई ठूलो राहत मिलेको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । वर्षा भएपछि कृषकहरुलाई खेतबारी जोतखन गर्न र बर्खे बाली लगाउन सहज भएको छ । गएको असोज अन्तिम साता परेको वर्षापछि कात्तिक, मङ्सिर, पुस र…
Read More
कोसेली घरमा गिठा भ्याकुरदेखि कैदीबन्दीले बनाएका मुढासम्म

कोसेली घरमा गिठा भ्याकुरदेखि कैदीबन्दीले बनाएका मुढासम्म

३० फागुन,दमौली । तनहुँ जिल्लामै पहिलो पटक सञ्चालनमा आएको कोसेली घरमा वनजङ्गलमा पाइने गिठाभ्याकुर र सिस्नोदेखि कारागारका कैदीबन्दीले उत्पादन गरेका मुढा बिक्री वितरणका लागि राखिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तनहुँ महिला उद्यमी समिति तनहुँले सञ्चालनमा ल्याएको कोसेली घरमा वनजङ्गलमा पाइने गिठा भ्याकुरका साथै घरेलु उत्पादन बिक्री वितरणका लागि राखिएको हो । महिला उद्यमीलाई उद्यमशील बनाउने उद्देश्यसहित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, पर्यटन तथा उद्योग कार्यालय र व्यास नगरपालिकाको सहयोगमा कोसेली घर सञ्चालनमा ल्याइएको समितिकी अध्यक्ष कल्पना गौलीले बताउनुभयो । जिल्लाभरका महिला उद्यमीले उत्पादन गरेका सामग्री समितिले खरिद गरी कोसेली घरमा राखेको गौली बताउनुहुन्छ । “जिल्लाका…
Read More
ठगी प्रकरणमा पृथ्वीबहादुरसहित छ जना कारागार चलान

ठगी प्रकरणमा पृथ्वीबहादुरसहित छ जना कारागार चलान

३० फागुन,काठमाडौँ । अमेरिकी नागरिकको उजुरीका आधारमा ठगी काण्डमा मुछिएका पृथ्वीबहादुर शाह र उनका भाइ विजयविक्रमसहित पक्राउ परेका सातमध्ये ६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले दिएको जानकारीअनुसार उनीहरुलाई काठमाडौँ जिल्ला अदालतको सोमबारको आदेशले कारागार पठाइएको हो । सिआइवीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले पक्राउ परेकामध्ये विनिता तामाङलाई भने ५० हजार धरौटीमा छाडिएको राससलाई जानकारी दिनुभयो । सिआइवीले नै उनीहरुलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । सिआइवीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा अभियोग दर्ता गरेको हो । उनीहरुको समूहले प्रविधिलाई अधिकतम दुरुपयोग गरी पीडतका मेल, सामाजिक सञ्जाल वा बैंक खातामै…
Read More
ज्येष्ठ नागरिक भवन निर्माणमा हेलचेक्र्याइँ

ज्येष्ठ नागरिक भवन निर्माणमा हेलचेक्र्याइँ

३० फागुन,कुश्मा । पर्वतको कुश्मा नगपालिका–३ खरेहामा निर्माणाधीन ज्येष्ठ नागरिक भवन चार वर्ष बितिसक्दासमेत सम्पन्न हुन सकेको छैन । ठेकेदारको लापरबाही र भवन निर्माणमा छुट्याइएको रकम समयमा खर्च नहुँदा निर्माणमा ढिलाइ भएको हो । ज्येष्ठ नागरिकहरू एक ठाउँमा जम्मा भएर मनका कुराहरू साटासाट गर्न सकून् भन्ने उद्देश्यले भवन निर्माण गरिएको ज्येष्ठ नागरिक मिलन समाजको भनाइ छ । रु चार करोड ३४ लाख ९० हजारको लागतमा निर्माणाधीन भवनको एक तला, त्यो पनि ढलान र पिलर उठाउने काम मात्र भएको छ । “पहिलो वर्ष रु एक करोड ४० लाख रकम विनियोजन भएकामा काम चाहिँ रु ८२ लाख बराबरको भयो । त्यसपछिको वर्षमा…
Read More
तिलोत्तमामा सरसफाइ प्रतिबद्धताका लागि मानव साङ्लो

तिलोत्तमामा सरसफाइ प्रतिबद्धताका लागि मानव साङ्लो

३० फागुन,लुम्बिनी । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सञ्चालित समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित सरसफाइ अभियानको एक सयौँ शृङ्खलाका अवसरमा आज मानव साङ्लो निकालिएको छ । सप्ताहव्यापी कार्यक्रमअनुसार नगरपालिकाभित्र पर्ने सिद्धार्थ राजमार्गमा मानव साङ्लो निकालिएको हो । अयिभानमा सबै नागरवासीको साथ, समर्थन रहेको सन्देश दिई प्रतिबद्धता जनाउने उद्देश्यले मानव साङ्लो आयोजना गरिएको नगरप्रमुख रामकृष्ण खाणले बताउनुभयो । नगरपालिकाको योगिकुटीदेखि कोटिहवाको १३ किलोमिटर राजमार्ग खण्डका विभिन्न चोकमा जम्मा भएका सहभागीहरुले एकापसमा हात जोडेर सरसफाइ अभियानमा आफ्नो प्रतिबद्धता जनाएका थिए । मानव साङ्लोमा जनप्रतिनिधि, राजनीतिक दलका नेता, शिक्षक, विद्यार्थी, कर्मचारी, विभिन्न सङ्घसंस्था, क्लब, आमा समूह, खानेपानी, वन, टोल विकास संस्थाहरुले सहभागिता जनाएको अभियान…
Read More
मौरीपालनले दिन्छ राम्रो आम्दानी

मौरीपालनले दिन्छ राम्रो आम्दानी

३० फागुन,बेलबारी । मौरीले परागसेचन गरेर उत्पादन वृद्धि र फूलको रसबाट मह बनाउने काम एकै पटक गरिरहेको हुन्छ । मौरी बिना उचित परागसेचन नहुँदा खाद्य वस्तुको उत्पादनमा समेत ह्रास आउँछ । विश्वमा खाद्य उत्पादन वृद्धि गर्न र खाद्य सुरक्षाको प्रत्याभूति गर्न मौरीले पनि अहम् भूमिका निर्वाह गर्दछ । राम्रो बजार र लोभलाग्दो गुण भएकै कारण मौरीपालन कृषकको रोजाइमा पर्दछ । मोरङको लेटाङ नगरपालिका भित्रबाट मात्रै व्यावसायिक किसानहरुले उत्पादन गरेको मह औसतमा वार्षिक आठ सय क्विन्टलभन्दा बढी पालिकाबाहिर निर्यात हुने गरेकामा विगत वर्षहरुमा भन्दा यस वर्ष मह उत्पादनमा कमी आउने सङ्केत देखिएको लेटाङ–९ जाँते मनकामना मौरीपालक केन्द्रका सञ्चालक इमनाथ पोख्रेल बताउनुहुन्छ…
Read More
Page 359 of 452
1 … 357 358 359 360 361 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.