समाज

बन्दीपुर केबलकार : केबलकारभित्रै रेष्टुरेन्ट सञ्चालनको तयारी

बन्दीपुर केबलकार : केबलकारभित्रै रेष्टुरेन्ट सञ्चालनको तयारी

१० वैशाख,दमौली । तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन केबलकारका ‘डिब्बा’ जडानको तयारी थालिएको छ । बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले सो केवलकार निर्माण गरिरहेको हो । लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले डिब्बा जडानका लागि सम्पूर्ण टावर तयार भइसकेको र अब डिब्बा जडानको कामलाई अगाडि बढाउन लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार केबलकारका २१ डिब्बा आइपुगेको छ । “अब डबल सिफ्टमा कामलाई तीव्रता दिन्छौँ, दुईवटा सामान बोक्ने र छवटा रेष्ट्रो क्याविन आउन बाँकी छ”, उहाँले भन्नुभयो । केबलकारको परीक्षण आगामी वैशाख २५ गतेदेखि सुरु गर्ने तयारी छ । “केबलकारका टावर, तार सबै जोडिसकिएको छ, डिब्बा जडानको काम अब दु्रतगतिमा अगाडि बढ्छ”, उहाँले भन्नुभयो…
Read More
ताकमकोतमा हनुमानको मूर्ति

ताकमकोतमा हनुमानको मूर्ति

१० वैशाख,म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा रहेको ऐतिहासिक ताकमकोतमा करिब रु ३० लाखको लागतमा हनुमानको मूर्ति स्थापना गरिएको छ । धार्मिक पर्यटकीय हिसाबले प्रशस्त सम्भावना बोकेको ताकमकोतको आकर्षण बढाउन हनुमानको मूर्ति राखिएको हो । धवलागिरि गाउँपालिका–७ ताकमका वडाध्यक्ष अशोक खत्रीले १२ फिट अग्लो हनुमानको मूर्ति राखिएको जानकारी दिनुभयो । “ललितकला केन्द्रका प्रमुख नरेन्द्रराज भण्डारीको नेतृत्वमा हनुमानको मूर्ति बनाइएको हो”, उहाँले भन्नुभयो, “काठमाडौँबाट मूर्ति ल्याएर जडान गर्ने काम सकिएको छ । हनुमानको मूर्तिले ताकमकोतको आकर्षण बढाएको छ ।” मूर्ति स्थापनाका लागि धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० मा रु तीन लाख ५० हजार विनियोजन गरेको थियो । मूर्ति स्थापनाका लागि…
Read More
बाँके राष्ट्रिय निकुञ्जका सुरक्षकर्मीहरूले बिना कारण वडावासीलाई दु:ख दिइरहेका छन् : वडा अध्यक्ष खड्का

बाँके राष्ट्रिय निकुञ्जका सुरक्षकर्मीहरूले बिना कारण वडावासीलाई दु:ख दिइरहेका छन् : वडा अध्यक्ष खड्का

काठमाडाैं । राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ का वडावासीलाई बाँके राष्ट्रिय निकुञ्जका सुरक्षकर्मीहरुले बिनाकरण दुःख दिइरहेको प्रति वडा कार्यालयले आपत्ति जनाएको छ । वडा अध्यक्ष यम बहादुर खड्काले निकुञ्जका सुरक्षकर्मीहरुले वडावासी बिनाकरण दुःख दिइरहेका बताउनु भयो । उहाँले भन्नुभयो, 'बस्तीमै निकुञ्जका सेना तथा सुरक्षकर्मी आएर वडावासीलाई धम्क्याउने गरेका छन्, बिभिन्न बहानामा उनीहरुले वडावासीहरुलाई दुःख दिने काम मात्रै गरेका छन्।' उहाँले निकुञ्जका सेना तथा सुरक्षकर्मीहरुले वडावासीको बिना जानकारी घरखानतलास गर्ने, पुख्र्यौली माछा मार्ने राप्ती नदिको बालुवा धोइ सुनचाल्ने जस्ता लक्षितबर्गका समुदायमा जबर्जस्ती धडपकड गर्ने, सुनधुने वा माछामार्ने सामान्य घरेलु हतियार (सामाग्री) कब्जा गर्नुका साथै नस्ट लगायतको कार्यप्रति वडा कार्यालयले घोर आपत्ति…
Read More
बुटवलबाट बाग्लुङ जाँदै गरेको बस पाल्पामा दुर्घटना

बुटवलबाट बाग्लुङ जाँदै गरेको बस पाल्पामा दुर्घटना

पाल्पा । बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको बस जोरधारमा दुर्घटना भएको छ । लु १ ख ५९५६ नम्बरको यात्रुबाहक बस तिनाउ गाउँपालिका–५ स्थित जोरधारामा दुर्घटना भएको हो । एम्बुलेन्समार्फत ९ जनालाई उद्दार गरेर अस्पतालतर्फ पठाइएको पाल्पा प्रहरीले जनाएको छ । अहिले प्रहरी, स्थानीयवासी उद्धारमा जुटेका छन्। बस सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
Read More
महिला मार्ने बाघलाई चिडियाखाना लगिने

महिला मार्ने बाघलाई चिडियाखाना लगिने

काठमाडाैं । शनिबार कञ्चनपुरमा नियन्त्रणमा लिइएको बाघ ललितपुरस्थित चिडियाखाना लगिने भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रोशन ठगुन्नाले कञ्चनपुरको बेलौरी नगरपालिकाबाट नियन्त्रणमा लिइएको बाघलाई चिडियाखाना लगिन लागेको बताउनुभयो । “हामीसँग यहाँ खोरमा राख्न पर्याप्त स्रोत साधन नभएको र बाघले भविष्यमा थप मानवीय क्षति गर्न सक्ने भएकाले चिडियाखाना लगिन लागेको हो । ” बाघले शुक्रबार बेलौरी पचुइमा घाँस काटिरहेकी सोही ठाउँकी ४२ वर्षीया गङ्गा चन्दलाई आक्रमण गरी मारेको थियो । चन्दसँगै घाँस काट्न गएका अन्य चार–पाँच महिलाले भागेर ज्यान जोगाएका थिए । बाघलाई नियन्त्रणमा लिन बर्दियाबाट बाघविज्ञ डा दिनेश देवकोटा नेतृत्वको टोलीले शनिबार बिहान बाघ नियन्त्रणमा लिएको थियो…
Read More
पर्यटकीय आकर्षण बन्दै लहानको ‘हात्तीदह सिमसार’

पर्यटकीय आकर्षण बन्दै लहानको ‘हात्तीदह सिमसार’

१० वैशाख ,लहान। एक समय जङ्गली हात्तीको क्रिडास्थल रहने गरेको सिरहाको लहान नगरपालिका–१५ मा अवस्थित हात्तीदह सिमसार क्षेत्रमा हिजोआज भने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गस्थित लहान बजारबाट करिब सात किलोमिटर उत्तरतर्फ चुरेपर्वत नजिकै सो सिमसार क्षेत्र रहेको छ । आकर्षकरूपमा निर्माण भएका प्रकृतिक तथा मानवनिर्मित संरचना एवं वरिपरिको हरियाली वातावरणले आन्तरिक तथा बाह्य पर्यटकलाई सो क्षेत्रले लोभ्याएको हो । कोइरालो खोला नमूना सामुदायिक वन उपभोक्ता समूहअन्तर्गत रहेको हात्तीदह सिमसार क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिएको हो । करिब पाँच हेक्टर क्षेत्रफलमा फैलिएको यस ‘हात्तीदह सिमसार तथा पर्यटक क्षेत्र’लाई आकर्षक बनाउने यहाँको हरियाली जङ्गलले…
Read More
देशका पहाडी भू–भागका थोरै स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना

देशका पहाडी भू–भागका थोरै स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । कोशी तथा मधेश प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ । तराईका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ । यसैगरी, राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू–भागका थोरै…
Read More
सर्‍यो त्रिभुवन विश्वविद्यालयको परीक्षा

सर्‍यो त्रिभुवन विश्वविद्यालयको परीक्षा

९ वैशाख,काठमाडाैं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यही वैशाख १० गते हुने परीक्षा सारेको छ। वैशाख १० गते तीन स्थानमा संघीय संसदको उपनिर्वाचन हुने भएपछि परीक्षा वैशाख १६ गतेलाई सारिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए। त्रिवि केन्द्रीय परीक्षा सञ्चालन समितिको बिहीबार बसेको बैठकले परीक्षा सार्ने निर्णय गरेको उनले बताए। उनका अनुसार निर्वाचन आयोग, गृह मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्वाचनको दिन परीक्षा परेकाले सार्न अनुरोध गरेपछि सारिएको हो। वैशाख १० गतेको सम्पूर्ण परीक्षा स्थगित गरी वैशाख १६ गतेका दिन सोही समय र स्थानमा सञ्चालन गर्न निर्णय गरिएको उनले बताए।
Read More
दार्चुलामा तुइनबाट खसेर एक पुरुष महाकालीमा बेपत्ता

दार्चुलामा तुइनबाट खसेर एक पुरुष महाकालीमा बेपत्ता

९ वैशाख,खलङ्गा । दार्चुलामा तुइनबाट खसेर महाकाली नदीमा एक पुरुष बेपत्ता भएका छन् । जिल्लाको ब्याँस गाउँपालिका–२ दुम्लिङका ४५ वर्षीय सिङ्दलसिंह भण्डारी आज तुइनबाट खसेर तल्लो दुम्लिङस्थित महाकाली नदीमा बेपत्ता भएको व्याँस गाउँपालिका–२ का वडाध्यक्ष धीरेनसिंह बुढाथोकीले जानकारी दिनुभयो । दिउँसो साढे एक बजेतिर भण्डारी घरबाट भारत जाने क्रममा तुइनको सहारामा महाकाली नदी पार गर्न खोज्दा उक्त घटना घटेको वडाध्यक्ष बुढाथोकीले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले तुइनबाट खसेर भण्डारी बेपत्ता भएको खबर प्राप्त भएको बताउनुभयो । “दुम्लिङबाट प्रहरी टोली घट्नास्थलमा गएको छ, खोजी कार्य जारी छ’’, उहाँले भन्नुभयो ।
Read More
बाँकेमा कोभिडका कारण एकको मृत्यु

बाँकेमा कोभिडका कारण एकको मृत्यु

९ वैशाख,कोहलपुर । बाँकको भेरी अस्पताल नेपालगञ्जमा कोभिड भाइरस सङ्क्रमणबाटमा एकजनाको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका–२ का ८६ वर्षीय वृद्धको उपचारका क्रममा आज मृत्यु भएको भेरी अस्पतालका प्रमुख डा प्रकाश थापाले जाानकारी दिनुयो । स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई भेरी अस्पताल लगिएको थियो । उहाँलाई यही वैशाख १ गते कोभिड सङ्क्रमण पुष्टि भएको थियो । बिरामीलाई गत एक हप्तादेखि उपचारमा राखिएको र उहाँलाई दमको पनि समस्या रहेको बताइएको छ ।
Read More
Page 275 of 452
1 … 273 274 275 276 277 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.