समाज

कौसी खेतीमा रमाउँदै बेनीका महिला

कौसी खेतीमा रमाउँदै बेनीका महिला

९ वैशाख,गलेश्वर । म्याग्दीको सदरमुकाम बेनीबजारको हुलाक चोककी साधनाकुमारी श्रेष्ठ पेसाले सरकारी कर्मचारी हुनुहुन्छ । इन्द्रेणी टोलकी भावना पौडेल र पूर्ण राम्जाली गृहिणी हुनुहुन्छ । उहाँहरुको फुर्सदको समय घरको छतमा गरिएको कौसी खेतीमा बित्ने गर्छ । म्याग्दी सदरमुकाम बेनी बजारका प्रायः सबै घरका छतमा घिरौँला, टमाटर, साग, धनियाँ, लौका र खुर्सानी लटरम्मै फलेका छन् । बढ्दो घर निर्माणसँगै बेनी बजारमा करेसाबारीका लागिसमेत जमिन नभएपछि स्थानीयले घरको छतमा तरकारी खेती गर्न थालेका हुन् । छतमा राखिएका गमलामा लटरम्म फलेका टमाटर, घिरौँला, करेला, काँक्रा, सिमी, खुर्सानीदेखि लिएर स्ट्रबरी, कागतीलगायत तरकारी र फलफूलले घरका छत भरिएका छन् । चार–पाँचतला माथिका छतमा लटरम्मै फलेका…
Read More
कैलालीमा जिप दुर्घटना हुँदा एकको मृत्यु

कैलालीमा जिप दुर्घटना हुँदा एकको मृत्यु

९ वैशाख,सहजपुर । कैलालीमा स्कारपियो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका–५ गेटा ट्राफिक पोस्ट नजिकै बा १५ च ४६३७ नम्बरको स्कारपियो दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका वडा नं ११ बेलाका ७० वर्षीय भोजराज भट्टको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । स्कारपियोमा सवार अन्य पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं २ का ४२ वर्षीय चालक तेजबहादुर पाल, धनगढी–६ मटयारीका ४२ वर्षीय भरतबहादुर चन्द, सोही ठाउँका ४८ वर्षीय वसन्तबहादुर चन्द, ३६ वर्षीया निलम चन्द र ३६ वर्षकै अनु खाँण चन्द रहेको प्रहरीले जनाएको छ । घाइते सबैको…
Read More
‘भिक्टोरिया क्रस’ विजेता लिम्बूको निधन

‘भिक्टोरिया क्रस’ विजेता लिम्बूको निधन

९ वैशाख,पाटन । ‘भिक्टोरिया क्रस’ विजेता भिसी क्याप्टेन रामबहादुर बेघा लिम्बूको ८८ वर्षको उमेरमा निधन भएको छ । लिम्बूको आज बिहान ३ः४५ बजे ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको उहाँका छोरा मोहन बेघा लिम्बूले जानकारी दिनुभयो । लिम्बू छ महिनादेखि बिरामी हुनुभएको थियो । झापास्थित बिएण्डसी अस्पतालमा ठीक नभएपछि उहाँ तीन महिनादेखि ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । लिम्बूलाई नखिपोटस्थित घरबाट अस्पताल लैजाने र ल्याउने गरिँदै आएको थियो । तर एक महिनायता भने उहाँलाई मेडिसिटी अस्पतालमै राखेर उपचार भइरहेको थियो । लिम्बूको अन्त्येष्टि दमकमा गरिने उहाँका छोरा मोहनले जानकारी दिनुभयो । दमक–८ का स्थायी बासिन्दा लिम्बूको स्वास्थ्य अवस्था जटिल भएपछि उहाँलाई…
Read More
डेढ दशकमा बाढीपहिरामा परी ७५ को मृत्यु, सोह्र अझै बेपत्ता

डेढ दशकमा बाढीपहिरामा परी ७५ को मृत्यु, सोह्र अझै बेपत्ता

९ वैशाख,ढोरपाटन । बागलुङमा हरेक वर्ष बाढीपहिरामा परी धेरैले ज्यान गुमाउने गरेका छन् । तल समथर भूभाग माथि अग्लो पहाड । त्यसमाथि हुने जतात्यतै डोजरको प्रयोगले हुने विकासले बाढीपहिरो र भूक्षयको जोखिम बढिरहेको छ । बर्सातको समयमा बाढीपहिराले सयौँ क्षेत्रफल खेतीयोग्य जमिन बगाउने गरेको छ भने बस्तीसमेत बगाउने गरेको छ । जिल्लामा बर्सेनि पहिराका कारणले जनधनको क्षति हुने गरेको विगतको तथ्याङ्कले छ । पन्ध्र वर्षयताको बाढीपहिराको तथ्याङ्क हेर्दा ७५ जनाको ज्यान गएको छ भने १६ जना बेपत्ता छन् । विसं २०६४ देखि २०७९ सम्म बागलुङमा दर्जनौँ बस्ती विस्थापित भएका छन् । जिल्ला प्रशासन कार्यालयले बेपत्ता नागरिकको परिवारलाई मृतक सरह राहत…
Read More
धुँवाले बस्ती ढाकियो

धुँवाले बस्ती ढाकियो

९ वैशाख,मलेखु । नीलकण्ठ नगरपालिका–८ को च्याढुघुम्तीस्थित डम्पिङ साइटमा सल्किएको आगोबाट निस्किएको धुवाँले आसपासका झन्डै एक दर्जन बस्ती प्रदूषित बनेका छन् । सदरमुकाम धादिङबेँसीबाट निस्किएको फोहोर फाल्ने डम्पिङ साइटमा आगो सल्किएपछि निस्किएको धुवाँको मुस्लोले एक सातादेखि मानव बस्ती नै धुवाँले ढाकिएको छ । एक साताअघि वन क्षेत्रमा लागेको डढेलो डम्पिङ साइटको अव्यवस्थित ढङ्गले फालिएको फोहोरको थुप्रोमा सल्किएको हो । विशेषगरी नीलकण्ठ–८ को ससाह, ज्यामिरेमा प्रदूषण फैलिएको छ । नीलकण्ठ¬–७ सुनौलाबजारको मस्र्याङछाप, डमडाँडा, सिद्धलेकको नलाङस्थित कालीदह, नयाँबस्तीमा पनि धुवाँको मुस्लोसहित प्रदूषण फैलिएको छ । दुर्गन्धसहित मानव बस्तीमा फैलिएको पिरो धुवाँले स्थानीय बिरामी पर्न थालेका छन् । आँखा पोल्ने, वाकवाकी लाग्ने, टाउको…
Read More
इदुलफित्र हर्षोेल्लासका साथ मनाइयो

इदुलफित्र हर्षोेल्लासका साथ मनाइयो

९ वैशाख,मोरङ । इस्लाम धर्मावलम्बीको महान् पर्व इदुलफित्र आज यहाँ हर्षोेल्लासका साथ मनाइएको छ । विराटनगर महानगरपालिका–१३ स्थित इदगाहमा गएर इस्लाम धर्मावलम्बीले आज बिहान सामूहिक नमाज (प्रार्थना) गर्नाका साथै एकापसमा अँगालो मारेर इदमुबारक (बधाई तथा शुभकामना) साटासाट गरिएको छ । एक महिनासम्म चलेको रमजान पर्वमा मुुसलमान दिनमा निराहार बस्छन् । शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ । दान दिनु गरिब र दीनदुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । कुलतमा लागेका मानिस एक महिना इमान्दारीपूर्वक रोजा बस्न सक्यो भने चुरोट, खैनी, गुट्खा आदि पदार्थ खाने बानीमा परिवर्तन आउन सकिने अनुमान गर्न सकिन्छ । त्याग, तपस्या र बलिदान…
Read More
मङ्गलबारे–पाराबारी जोड्ने सकड कालोपत्र

मङ्गलबारे–पाराबारी जोड्ने सकड कालोपत्र

९ वैशाख,झापा । शिवसताक्षी नगरपालिकाको ग्रामीण क्षेत्रको मङ्गलबारे– पाराबारी जोड्ने सडक कालोपत्र गरिएको छ । नगरपालिका, वडा कार्यालय र स्थानीय उपभोक्ताको गरी रु ९९ लाख ९८ हजारको लागतमा नौ सय ४५ मिटर सडक कालोपत्र गरिएको हो । सडक कालोपत्र निर्माणका लागि पालिकाद्वारा रु ६१ लाख ६० हजार, वडा नं २ को कार्यालयले रु १८ लाख र बाँकी स्थानीय उपभोक्ताबाट सङ्कलन गरिएको थियो । शिवसताक्षीकै पुरानो बजार मङ्गलबारे र पाराबारी जोड्ने सडक आवश्यकताका आधारमै कालोपत्र गरिएको नगरप्रमुख मेगाहाङ थोप्राले जानकारी दिनुभयो । सडक कालोपत्र भएपछि स्थानीय खुसी भएका छन् । सडक बनेसँगै यस क्षेत्रमा उत्पादित कृषिजन्य वस्तु दमक, विर्तामोड लगायतका ठूला…
Read More
ओखलढुङ्गामा एक हजार हेक्टरमा डढेलो

ओखलढुङ्गामा एक हजार हेक्टरमा डढेलो

९ वैशाख,ओखलढुङ्गा । ओखलढुङ्गामा यस वर्षको डढेलोले करिब एक हजार हेक्टर वन डढेको छ । यस वर्षको हिउँदको समयमा जिल्लाका विभिन्न ठाउँमा लागेको डढेलोबाट करिब एक हजार हेक्टर वन नष्ट भएको हो । जिल्लामा हिउँदयाम लागेसँगै भएका डढेलोका घटनाबाट नौ सय २५ हेक्टरभन्दा बढी जङ्गलमा क्षति भएको विवरण प्राप्त भएको र थप विवरण आउनेक्रम जारी रहेकाले करिब एक हजार हेक्टरमा क्षति पुगेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत सत्यनारायण यादवले बताउनुभयो । जिल्लाका छ सब डिभिजन वन कार्यालयअन्तर्गतका जङ्गलमा लागेको आगोका कारण वन्यजन्तु, काठपात, घाँस, बुट्यान, जडीबुटीलगायत क्षति पुग्दा लाखौँको क्षति भएको उहाँको भनाइ छ । “स्थानीयका अनुसार नयाँ घाँस…
Read More
शिक्षामा छात्राको पहुँच बढाउन कन्या विद्यालय सञ्चालन

शिक्षामा छात्राको पहुँच बढाउन कन्या विद्यालय सञ्चालन

९ वैशाख,राँझा । बाँकेको जानकी गाउँपालिकाले शिक्षामा छात्राको पहुँच बढाउन कन्या विद्यालय सञ्चालन गरेको छ । शैक्षिक सत्र २०८० देखि गाउँपालिकामा पहिलोपटक छात्राहरुका लागि विद्यालय सञ्चालन गरिएको हो । जानकी–३ मानपुरमा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा छात्राका लागि मात्रै यस वर्षदेखि कक्षा छ सम्म अध्यापन सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार यो विद्यालय सञ्चालनसँगै शुक्रबारदेखि भर्ना अभियान पनि सुरु गरिएको छ । यस वर्ष करिब दुई सय छात्रालाई विद्यालयमा भर्ना गर्ने लक्ष्य लिइएको छ । गाउँपालिकाले यस वर्ष रु ९० लाखको लागतमा छात्रा विद्यालय सञ्चालन गरिरहेको छ । सङ्घीय सरकारको विशेष अनुदानबाट…
Read More
टोखामा आगलागीबाट एक करोडको क्षति

टोखामा आगलागीबाट एक करोडको क्षति

९ वैशाख,काठमाडौँ । काठमाडौँको टोखामा आगलागी हुँदा रु एक करोड बराबरको क्षति भएको छ । टोखा नगरपालिका–८ मिलनटोलस्थित मिलन बजारमा गए राति धर्मराज डङ्गोलको मासु पसलमा ग्यास लिक भई आगलागी भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार आगलागीबाट पाँच पसलमा रहेका सामान नष्ट भएका छन् । तीन खाली सटरसमेत जलेर नष्ट भएका छन् । आगालागीबाट कमला तामाङले सञ्चालन गरेको जुत्ता पसल जल्दा रु १६ लाख, मुना थापाले सञ्चालन गरेको फेन्सी पसल जल्दा रु ३५ लाख, प्रदीप लम्सालले सञ्चालन गरेको डेरी जल्दा रु दुई लाख, विकास श्रेष्ठले सञ्चालन गरेको सिलाइ कपडा पसल जल्दा रु दुई…
Read More
Page 276 of 452
1 … 274 275 276 277 278 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.