मङ्गलबारे–पाराबारी जोड्ने सकड कालोपत्र
९ वैशाख,झापा । शिवसताक्षी नगरपालिकाको ग्रामीण क्षेत्रको मङ्गलबारे– पाराबारी जोड्ने सडक कालोपत्र गरिएको छ । नगरपालिका, वडा कार्यालय र स्थानीय उपभोक्ताको गरी रु ९९ लाख ९८ हजारको लागतमा नौ सय ४५ मिटर सडक कालोपत्र गरिएको हो ।
सडक कालोपत्र निर्माणका लागि पालिकाद्वारा रु ६१ लाख ६० हजार, वडा नं २ को कार्यालयले रु १८ लाख र बाँकी स्थानीय उपभोक्ताबाट सङ्कलन गरिएको थियो ।
शिवसताक्षीकै पुरानो बजार मङ्गलबारे र पाराबारी जोड्ने सडक आवश्यकताका आधारमै कालोपत्र गरिएको नगरप्रमुख मेगाहाङ थोप्राले जानकारी दिनुभयो ।
सडक कालोपत्र भएपछि स्थानीय खुसी भएका छन् । सडक बनेसँगै यस क्षेत्रमा उत्पादित कृषिजन्य वस्तु दमक, विर्तामोड लगायतका ठूला सहरमा बजारीकरणमा समेत सहज भएको नगरप्रमुख थोप्राको भनाइ छ ।
Facebook Comments Box