समाज

विकास प्रेमी नेताका रुपमा चिनिएका वडा अध्यक्ष खनालले एक वर्षमा केके काम गरे ?

विकास प्रेमी नेताका रुपमा चिनिएका वडा अध्यक्ष खनालले एक वर्षमा केके काम गरे ?

८ साउन,काठमाडौँ । स्याङजा जिल्लाको वालिङ नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष हुन् सुनिल खनाल उनी अध्यक्षको रूपमा निर्वाचित भएर आएको १ वर्ष पूरा भएको छ । यो बीचमा शिक्षा, स्वास्थ्य, सडक निर्माण आदि सबै क्षेत्रमा विशेष जोड दिएर काम गरेको उनी बताउँछन् । स्थानीय तहमा निर्वाचित भएर आएपछि वडाको विकास निर्माणको कामले तीव्रता लिएको उनी दाबी गर्छन् । यसका साथै निरन्तरको प्रयास, पालिका, प्रदेश, संघीय सरकारको सहयोग तथा चुनौतीसँग जुध्दै वडाले पूर्वाधार विकासमा एक पछि अर्को फड्को मारिरहेको अध्यक्ष सुनिल खनालले बताए । , वडा अध्यक्ष सुनिल खनाल नेपालमै अन्य वडाभन्दा फरक गतिबिधि गर्दै आइरहेका छन् । उनी…
Read More
खेलाडीको छलाङ तर पूर्वाधार छैन

खेलाडीको छलाङ तर पूर्वाधार छैन

८ साउन,महेन्द्रनगर । साफ प्रतियोगितामा कुस्तीमार्फत मुलुकलाई पदक जिताउन सफल सुरेश चुनारा र शिवानी दुबे कञ्चनपुरका उत्पादन हुन् । हाल उनीहरु चीनमा हुने १९औँ एसियाली खेलकुद प्रतियोगिताका लागि छनोट समेत भइसकेका छन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमा आवद्ध चुनारा र डडेल्धुराका दुवे मुलुकको प्रतिनिधित्व गर्दै एसियाली खेलअघि प्रशिक्षणका लागि भारत जाँदैछन् । दुवै खेलाडीसँग सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै तौल समूहमा स्वर्ण पदक जितेको इतिहास छ । साथै १३औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साफ) दुवेले रजत पदक र चुनाराले काष्य जितेका थिए । त्यसो त चुनारा र दुवेसँगै कुस्तीबाट साफमा स्वर्ण जित्ने पहिलो नेपाली महिला खेलाडी सङ्गीता धामी र साफमै पदक…
Read More
एक सय ४२ वन्यजन्तुको उद्धार

एक सय ४२ वन्यजन्तुको उद्धार

८ साउन,नवलपुर । चितवन राष्ट्रिय निकुञ्जले एक वर्षको अवधिमा एक सय ४२ वन्यजन्तुको उद्धार गरेको छ । आर्थिक वर्ष २०७९÷८० मा दुर्लभ वन्यजन्तु पाटेबाघ, अजिङ्गर, एक सिङ्गे गैँडासहित एक सय ४२ वन्यजन्तुको उद्धार गरिएकोे निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले गत वर्ष सबैभन्दा बढी ८६ अजिङ्गरको उद्धार गरिएको जानकारी दिनुभयो । गत वर्ष १९सर्प, १३ चित्तल, छ पाटेबाघ, छ एक सिङ्गे गैँडा , पाँच सङ्कटापन्न अवस्थाको घडियाल गोही उद्धार गरिएको उहाँको भनाइ थियो । मध्यवर्ती क्षेत्र, समुदाय तथा राष्ट्रिय वन क्षेत्रबाट सालक, कछुवा, सुनगोहोरो, गोहोरो, मगर गोही र जरायो एक–एकवटा उद्धार गरिएको सूचना अधिकारी तिवारीले बताउनुभयो ।…
Read More
प्रहरीबाट कुटिएको भनिएका राजनीतिकर्मी यादवको पहिलादेखि नै मेरुदण्डको समस्या

प्रहरीबाट कुटिएको भनिएका राजनीतिकर्मी यादवको पहिलादेखि नै मेरुदण्डको समस्या

कलैया । बारा प्रहरीबाट कुटिएको भनिएका राजनीतिकर्मी भैयाराम यावदको मेरुदण्डको समस्या पहिलादेखि नै रहेको पाइएको छ । छलफलको क्रममा उत्पन्न विवादलाई साम्य पार्न प्रहरीले भीडलाई बाहिर निकाल्न खोज्दा प्रहरी र राजनीतिकर्मीबीच धक्काधुक्की भएको थियो । सोही क्रममा आफूलाई बाराका डिएसपी पुरुषोत्तम पाण्डे र इन्स्पेक्टर रुपेश साहले कुटपिट गरेको र सोबाट मेरुदण्डमा समस्या देखिएको आरोप लगाएका यादवको मेरुदण्डको समस्या विगत लामो समयदेखि रहेको पाइएको हो । यादव विगत लामो समयदेखि मेरुदण्डको समस्या लिएर काठमाडौंदेखि दिल्लीसम्म उपचार गराएको उनकै सामाजिक सञ्जालमा पोष्ट्याइएको तस्विरबाट पुष्टि भएको छ । यादव सन् २०१९ मा मेरुदण्डको समस्या लिएर भारतको दिल्ली स्थित मेदान्ता हस्पिटलमा उपचार गराएको सामाजिक…
Read More
बारामा ६० प्रतिशत रोपाइँ

बारामा ६० प्रतिशत रोपाइँ

८ साउन,कलैया । बारामा बर्खे धान ६० प्रतिशत मात्र रोपाइँ भएको छ । लामो समयसम्म पानी नपरेपछि यहाँका किसानले भूमिगत सिँचाइको माध्यमबाट रोपाइँ गरेका जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । आकाशे पानी नपरेपछि किसानले भूमिगत सिँचाइको माध्यमबाट ६० प्रतिशत रोपाइँ गरेका केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष कृषकले बर्खे धान ‘भदैया’ १० हजार नौ सय पाँच हेक्टर, ‘अगहनी’ ३४ हजार एक सय १५ हेक्टर गरी कुल ४६ हजार २० हेक्टर क्षेत्रफलमा रोपाइँ गर्ने लक्ष्य लिएकामा हालसम्म तीन हजार सात सय ६१ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ भएको छ । जिल्लाको उत्तरी भागमा प्रायः रोपाइँ भइसकेको…
Read More
नदी नियन्त्रणका लागि जनश्रमदान

नदी नियन्त्रणका लागि जनश्रमदान

८ साउन,भजनी। कैलालीको भजनी नगरपालिका–९ का समाजसेवी होमबहादुर बोहरा चार दिनदेखि कान्द्रा नदी नियन्त्रणमा व्यस्त हुनुहुन्छ । वर्षाको समय सुरु भएसँगै कान्द्रा नदीमा पानीको बहाव बढ्दै गएपछि सात महिनाअघि मात्रै निर्माण गरिएको झोलङ्गे पुल जोखिममा परेकाले उहाँकै नेतृत्वमा सयौँ स्थानीयवासी पनि नदी नियन्त्रणका लागि जनश्रमदानमा जुटेका हुन् । “दिनप्रतिदिन नदीले कटान गर्न थालेपछि आसपासका बस्ती तथा पुल जोगाउन जैविक तटबन्धमा लागिएको हो। समाजसेवी बोहोराले भन्नुभयो, “नदीले पाँच मिटरभन्दा बढी जमिन कटान गरिसकेको छ । बलौटे माटो भएका कारण एकदिन आएको बाढीले पुल नै जोखिममा परेपछि जैविक तटबन्धको काम सुरु गर्नुपरेको हो ।” उहाँले भन्नुभयो, “पाँच सय मिटर जमिन कटान भइसकेको…
Read More
साउनको दोस्रो सोमबार ः पशुपतिनाथलगायत देशभरका शिवाल भक्तजनको भीडयमा

साउनको दोस्रो सोमबार ः पशुपतिनाथलगायत देशभरका शिवाल भक्तजनको भीडयमा

८ साउन,काठमाडौँ।सौरमासअनुसार साउनको दोस्रो सोमबार आज बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको भीड लागेको छ । भक्तजनलाई सुविधा दिने उद्देश्यले पशुपति क्षेत्र विकास कोषले बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरेको संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो । पशुपति क्षेत्रमा अहिले पनि लाखौँ भक्तजन पूजा, आरधना एवं दर्शनका लागि लाममा बसेका छन् । सोमबारका अवसरमा आज पशुपतिनाथमा विशेष पूजा आराधनाका लागि १०१ भक्तजनले रसिद काटेको पनि उहाँले बताउनुभयो । यसैबीच साउने सोमबारका अवरमा आज बिहान भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले पूजा, आरधना एवं दर्शन गर्नुभएको कोषले जनाएको छ । यसैगरी पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीले…
Read More
पहिराले घर पुरिएर आमाछोराको मृत्यु, तीनजना घाइते

पहिराले घर पुरिएर आमाछोराको मृत्यु, तीनजना घाइते

८ साउन,बैतडी । पहिराले घर पुरिँदा बैतडीमा आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पुर्चाैडी नगरपालिका–२ भैरु टोलका २४ वर्षीया अञ्जु जागरी र ४ वर्षीय रिजन रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो । आज बिहान ३ बजे घरमाथिबाट खसेको पहिराले घर पुँरिदा घरभित्र सुतिरहेका उनीहरुको मृत्युु भएको हो । पहिराले पुरेर १८ वर्षीय गोब्बर जागरी, ४५ वर्षीया राइमती जागरी र ६० वर्षीया जस्मा बोहरा घाइते भएका छन् । पहिराले घर र पशुचौपायामा पनि क्षति पुगेको छ ।
Read More
प्राकृतिक प्रकोप पीडित ऋणिलाई विशेष व्यवस्था गर्ने राष्ट्र बैंकको तयारी

प्राकृतिक प्रकोप पीडित ऋणिलाई विशेष व्यवस्था गर्ने राष्ट्र बैंकको तयारी

७ साउन,काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विभिन्न प्राकृतिक प्रकोपलगायतका कारणले समस्यामा परेका ऋणिको हकमा विशेष व्यवस्था गर्ने बताउनुभएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक पछि आज यहाँ आयोजित पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले समस्यामा परेका ऋणिलाई कर्जाको पुनःसंरचना वा अन्य कुनै विशेष व्यवस्था गरेर भए पनि पुनरुत्थान गरिने बताउनुभयो । खासगरी प्राकृतिक प्रकोप वा अन्य कुनै पनि प्रकोपका कारण समस्यामा परेका ऋणिलाई माथि उकास्न तथा उनीहरुलाई पुनः व्यवसायमा सक्रिय बनाउनका लागि विशेष व्यवस्था गरिन लागेको उहाँले जानकारी दिनुभयो । प्राकृतिक प्रकोपका कारण समस्यामा परेको, त्यसका कारण उद्योग तथा व्यवसाय धाराशायी भएको, कालोसूचीमा परेको भए त्यस्ता ऋणिलाई पुनःस्थापनाका…
Read More
प्राकृतिक प्रकोप पीडित ऋणिलाई विशेष व्यवस्था गर्ने राष्ट्र बैंकको तयारी

प्राकृतिक प्रकोप पीडित ऋणिलाई विशेष व्यवस्था गर्ने राष्ट्र बैंकको तयारी

७ साउन,काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विभिन्न प्राकृतिक प्रकोपलगायतका कारणले समस्यामा परेका ऋणिको हकमा विशेष व्यवस्था गर्ने बताउनुभएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक पछि आज यहाँ आयोजित पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले समस्यामा परेका ऋणिलाई कर्जाको पुनःसंरचना वा अन्य कुनै विशेष व्यवस्था गरेर भए पनि पुनरुत्थान गरिने बताउनुभयो । खासगरी प्राकृतिक प्रकोप वा अन्य कुनै पनि प्रकोपका कारण समस्यामा परेका ऋणिलाई माथि उकास्न तथा उनीहरुलाई पुनः व्यवसायमा सक्रिय बनाउनका लागि विशेष व्यवस्था गरिन लागेको उहाँले जानकारी दिनुभयो । प्राकृतिक प्रकोपका कारण समस्यामा परेको, त्यसका कारण उद्योग तथा व्यवसाय धाराशायी भएको, कालोसूचीमा परेको भए त्यस्ता ऋणिलाई…
Read More
Page 168 of 452
1 … 166 167 168 169 170 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.