चिनियाँ नागरिकको गोदाममा भेटियो सुन गाल्ने मेसिन
काठमाडाैं । सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिक जिक्वाङ लिङको काठमाडौंको बालुवाटारस्थित उनको गोदाममा राजस्व अनुसन्धान विभागले छापा मारेको छ । विभागले उनको गोदामबाट सुन गाल्ने मेसिन बरामद गरेको छ । सो मेसिन राष्ट्र बैंकसँग रहेको सुन गाल्ने मेसिनभन्दा निकै ठूलो रहेको विभाग स्रोतले जानकारी दिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट विभागले २ साउनमा एक क्वीन्टल सुन बरामद गरेको थियो । चिनियाँ नागरिक जिक्वाङ लिङ ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । उनी यो बरामद भएको सुनका एक जना मालिक रहेको बताइएको छ । हङकङबाट कार्गो गरेर नेपालको रेडी ट्रेड कम्पनीको नाममा ब्रेकशुभित्र लुकाएर ठूलो परिमाणमा…
