समाज

एक हजार ५९५ दरबन्दी स्वीकृत गर्ने बागमती सरकारको निर्णय

एक हजार ५९५ दरबन्दी स्वीकृत गर्ने बागमती सरकारको निर्णय

१४ साउन,मकवानपुर। बागमती प्रदेश सरकारले विभिन्न कार्यालय तथा निकायका लागि दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । आइतबार बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले सरकार मातहत काम गर्दै आएका अस्थायी र करारका एक हजार पाँच सय ९५ दरबन्दी स्वीकृत गरेको हो । बैठकले दुई कर्मचारीलाई ११औँ तह (प्रदेश सचिव)मा बढुवा गर्ने समेत निर्णय गरेको छ । स्वास्थ्य सेवातर्फ नारायणबहादुर कार्की र इन्जिनियर सेवातर्फ लोकनाथ रेग्मीलाई ११औँ तहमा बढुवा गर्ने निर्णय भएको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले जानकारी दिनुभयो । यसैगरी बैठकले प्रदेश श्रम तथा रोजगार नीति २०८० लाई स्वीकृत गर्ने निर्णय गरेको छ ।
Read More
आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस

आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस

१४ साउन,काठमाडौँ ।अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ । यो दिवस मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी प्रतिबद्धतालाई सुढृढ गर्न महत्त्वपूर्ण छ । यस वर्ष ‘बेचबिखनका प्रत्येक पीडितसम्म पुगौँ, कसैलाई न्यायबाट बञ्चित नगरौँ’ भन्ने नारासहित यो दिवस मनाइँदैछ । नाराले बेचबिखन पीडितले भोग्ने शोषणको अन्त्य र उद्धारपछिको पुनःस्थापनाको सुनिश्चितता र बेचबिखनको जोखिममा रहेका समूहको संरक्षणको सन्देश दिएको छ । सामान्यतया प्रलोभनमा पारी, झुक्याई, डरत्रास देखाई कुनै पनि व्यक्तिलाई उसको इच्छाविपरीत कुनै न कुनैरूपमा शोषण गर्ने वा नाफा कमाउने उद्देश्यले जबर्जस्ती कुनै पनि कार्य गर्न बाध्य तुल्याइने अवस्थालाई नै मानव बेचबिखन भन्ने…
Read More
नयाँबसपार्कमा यात्रुको झोला तान्दा

नयाँबसपार्कमा यात्रुको झोला तान्दा

१४ साउन,काठमाडौँ। नेपाल प्रहरीले काठमाडौँको नयाँ बसपार्कमा यात्रुको झोला जथाभावी तानेर यात्रुलाई दुःख हैरानी दिने व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले पछिल्लो समय गोँगबुस्थित नयाँबसपार्कमा यात्रुको झोला तानेर दुःख हैरानी दिने व्यक्तिलाई पक्राउ गरी कारबाही गर्दै आएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) अनिल अधिकारीले विभिन्न स्थानबाट काठमाडौँ आएका यात्रुलाई जबर्जस्ती झोला तानेर दुःख हैरानी दिने ट्याक्सी चालक, होटल सञ्चालक र होटलमा कार्यरत कर्मचारीलाई पक्राउ गरिएको जानकारी दिनुभयो । प्रहरीले शनिबारमात्र नयाँबसपार्कबाट १० जनालाई नियन्त्रणमा लिएको छ । जसमध्ये चारजना होटल सञ्चालक रहेका छन् । “सुरुको समयमा सम्झाइबुझाई गरेर छाडेका छौँ,…
Read More
मैवाखोला पहिरो विस्थापितलाई एकीकृत बस्ती निर्माण

मैवाखोला पहिरो विस्थापितलाई एकीकृत बस्ती निर्माण

१४ साउन,फुङ्लिङ। ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पहिराबाट विस्थापित परिवारका लागि एकीकृत बस्ती निर्माण थालेको छ । पहिरोबाट उच्च जोखिम बस्तीलाई सुरक्षित स्थानमा एकीकृत बस्ती निर्माण प्रक्रिया सुरु भएको हो । गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले तीन दिनमा १५ अस्थायी घर निर्माण भइसकेको बताउनुभयो । उहाँले निर्माण तीव्रगतिले अघि बढेको बताउँदै यसलाई अझ प्रभावकारी र छिटो सम्पन्न गर्न मैवाखोलामा गठन तथा दर्ता भई सञ्चालनमा रहेका टोल विकास संस्थाको भूमिका महत्त्वपूर्ण भएकाले सबै टोल विकास संस्थाले आफ्ना सदस्यलाई परिचालन गर्न आग्रहसमेत गर्नुभएको छ । विपद्को समयमा एकापसमा सहयोग गरेर पैचो लगाइराख्न र भोलि आफूलाई पर्दा पनि बिर्सने छैनन् भन्ने सोचका साथ सहयोगमा जुट्न मैवाखोलावासीसँग…
Read More
बलान नदी नियन्त्रण गर्न अस्थायी तटबन्ध निर्माण

बलान नदी नियन्त्रण गर्न अस्थायी तटबन्ध निर्माण

१४ साउन,लहान। लहान नगरपालिकाले सिरहा र सप्तरीको सिमाना रहेको बलान नदीको कटान रोक्न अस्थायी तटबन्ध निर्माण गर्न थालेको छ । नदीले पश्चिम किनार रहेका लहान–२३ को करैया तिलेबोना गाउँका किसानको सयौँ बिघा उर्वर जमिन कटान गरेर बस्तीतिर सोझिएपछि नगरपालिकाले चासो दिएको हो । अस्थायी तटबन्ध निर्माण गर्नका लागि फलामका पाइप, बाँसको टाँटी र सिमेन्टको बोरामा बालुवा राखेर तटबन्ध निर्माण गर्न सुरु भएको हो । यस कार्यमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको पनि सहभागिता र सहयोग छ । शनिबार लहान नगरपालिकाका प्रमुख महेश चौधरीको अगुवाइमा जिल्लास्थित प्रतिनिधिसभा सांसद रामशङ्कर यादव, प्रदेशसभा सदस्य ललिता दास, जिल्ला समन्वय समितिका प्रमुख दिनेश महतो,…
Read More
आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस

आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस

१४ साउन,काठमाडौँ ।अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ । यो दिवस मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी प्रतिबद्धतालाई सुढृढ गर्न महत्त्वपूर्ण छ । यस वर्ष ‘बेचबिखनका प्रत्येक पीडितसम्म पुगौँ, कसैलाई न्यायबाट बञ्चित नगरौँ’ भन्ने नारासहित यो दिवस मनाइँदैछ । नाराले बेचबिखन पीडितले भोग्ने शोषणको अन्त्य र उद्धारपछिको पुनःस्थापनाको सुनिश्चितता र बेचबिखनको जोखिममा रहेका समूहको संरक्षणको सन्देश दिएको छ । सामान्यतया प्रलोभनमा पारी, झुक्याई, डरत्रास देखाई कुनै पनि व्यक्तिलाई उसको इच्छाविपरीत कुनै न कुनैरूपमा शोषण गर्ने वा नाफा कमाउने उद्देश्यले जबर्जस्ती कुनै पनि कार्य गर्न बाध्य तुल्याइने अवस्थालाई नै मानव बेचबिखन भन्ने…
Read More
हतुवागढीमा महिनाको एक दिन श्रमदान

हतुवागढीमा महिनाको एक दिन श्रमदान

१४ साउन,भोजपुर। यहाँको हतुवागढी गाउँपालिकाको पर्यटकीय क्षेत्रमा लालीगुँरासहित चार सय बढी बिरुवा रोपिएको छ । गाउँपालिकास्तरीय श्रमदान अभियान सञ्चालन गरेर घोडेटार, जोर आहाल सङ्खाम, दिमालुङ निर्माणाधीन पैदलमार्गमा लालीगुँरास, धुपीलगायतका चार सय ५० बिरुवा रोपिएको हो । प्रत्येक महिनाको एक दिन पालिकास्तरीय श्रमदान अभियान सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिनुभयो । यो निर्णयसँगै अब वडाहरूले पनि महिनामा एक दिन श्रमदानको कार्यक्रम सञ्चालन गर्ने उहाँको भनाइ छ । “श्रमदान अभियान सञ्चालन गरेर यहाँको पर्यटकीय क्षेत्रमा चार सय बढी बिरुवा रोप्ने काम सम्पन्न गरेका छौँ”, अध्यक्ष राईले भन्नुभयो, “आगामी दिनमा यो अभियानलाई निरन्तरता दिने निर्णय गरेका छौँ । अब…
Read More
पनौती–नमोबुद्ध विश्व शान्ति सांस्कृतिक पदयात्राको तयारी

पनौती–नमोबुद्ध विश्व शान्ति सांस्कृतिक पदयात्राको तयारी

१४ साउन,काभ्रे । विश्व शान्ति दिवसका अवसरमा काभ्रेपलाञ्चोकको ऐतिहासिक एवं पुरातात्विक नगर पनौतीबाट ऐतिहासिक तथा पर्यटकीयस्थल नमोबुद्धसम्म बृहत् विश्व शान्ति पदयात्रा गरिने भएको छ । विश्वभर शान्ति र सद्भाव फैलाउने उद्देश्यले आगामी असोज ६ गते विश्व शान्ति सांस्कृतिक पदयात्राको आयोजना गरिने भएको हो । काभ्रे सेवा समाज, जिल्ला समन्वय समिति तथा स्थानीय तह, नागरिक समाज एवं सामाजिक संस्थाको आयोजनामा विश्वभर शान्ति र सद्भावको सन्देश फैलाउन पनौती र नमोबुद्धमा आन्तरिक तथा बाह्य पर्यटकको प्रवर्द्धन, हिन्दू र बौद्ध धर्मावलम्बीबीच आपसी सद्भाव विकास, स्थानीय कला–संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले विश्व सांस्कृतिक शान्ति पदयात्रा आयोजना गरिएको समाजका अध्यक्ष प्रह्लाद केसीले बताउनुभयो । उहाँका अनुसार सुन्दर…
Read More
‘एडिज’ लामखुट्टेको लार्भा सङ्कलन : जापानमा अध्ययन हुने

‘एडिज’ लामखुट्टेको लार्भा सङ्कलन : जापानमा अध्ययन हुने

१४ साउन,कञ्चनपुर। कञ्चनपुरमा अध्ययनका लागि डेङ्गु रोग सार्ने एडिज लामखुट्टेको लार्भा सङ्कलन गरी प्रयोगशालमा राख्ने कार्य गरिएको छ । सुदूरपश्चिम प्रदेशको ‘इन्टोमोलोजी टिम’ले भीमदत्त नगरपालिका–१८ स्थित महेन्द्रनगर बजार क्षेत्रबाट डेङ्गु, चिकनगुनिया, जिन्क एलोफिवर सार्ने एडिज लामखुट्टेका लार्भा सङ्कलन गरी प्रयोगशालामा राखेको हो । लार्भाबाट वयस्क लामखुट्टे उत्पादन भएपछि त्यसमा डेङ्गु भाइरसको सङ्क्रमणको अवस्थाबारे अध्ययन गरिने छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशानालायका ‘भेक्टर कन्ट्रोल’ अधिकृत हेमराज जोशीका अनुसार विगतका वर्ष नेपालका ७७ वटै जिल्लामा डेङ्गु रोगको सङ्क्रमण फैलिएको थियो । यसैबेलादेखि डेङ्गु रोग सार्ने एडिज एजिप्टाइ र एडिज आल्बोपिक्टस लामखुट्टे सङ्क्रमित भएका थिए । ती सङ्क्रमित लामखुट्टेका लार्भा अहिले पानी परेपछि वयस्क…
Read More
नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध

नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध

१४ साउन,चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा आज विहान पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ९ बजे इच्छाकामना गाउँपालिका वडा नं ६ कालिखोलामा लेदोसहितको पहिरो खसेको हो । पहिरोका कारण सो सडक भएर गुड्ने सवारीसाधन र यात्रुहरू अलपत्र परेका छन् । पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन कठिन भएको उहाँले बताउनुभयो । पहिरोका कारण यस सडकखण्ड पटक-पटक अवरुद्ध हुँदै आएको छ ।
Read More
Page 163 of 452
1 … 161 162 163 164 165 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.