रोल्पाका स्थानीय तहका कृषि नीति : क्षतिपूर्तिदेखि पैठारी कर खारेजसम्म
१६ साउन,रोल्पा । आर्थिक विकासको मूल आधार कृषिलाई बनाउन रोल्पाका स्थानीय सरकारले यसको विकास र प्रवर्द्धनमा उच्च प्राथमिकता दिएका छन् । यसका लागि स्थानीय पालिकाले किसानले उत्पादन गरेका कृषि उपजले बजार नपाए क्षतिपूर्ति दिनेदेखि पैठारी कर छुट गर्नेसम्मका योजना तथा कार्यक्रम अघि सारेका छन् । रुन्टीगढी गाउँपालिकाले सामूहिक खेतीलाई प्रवर्द्धन गर्ने तथा उक्त कार्यक्रममा सहभागी हुने कृषकका लागि अनुदान तथा कृषि बीमा गर्ने नीति अवलम्बन गरेको छ । गाउँपालिकाअन्तर्गत उत्पादन भएका कृषि उपजमा लगाइँदै आएको पैठारी कर खारेज गरी निःशुल्क बनाइएको छ । उसले तरकारी उत्पादक कृषकबाट लिँदै आएको कर छुट गरेको छ । यस क्षेत्रका तरकारी उत्पादक कृषकले स्थानीय…
