खेलकुद

आईपीएल : गुजरातमाथि राजस्थानको रोमाञ्चक जित

आईपीएल : गुजरातमाथि राजस्थानको रोमाञ्चक जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सलाई हराउँदै राजस्थान रोयल्स विजयी भएको छ । अहमदाबादमा गएराति भएको खेलमा राजस्थान ३ विकेटले विजयी भएको हो । गुजरातले दिएको १ सय ७८ रनको लक्ष्य राजस्थानले १९ ओभर २ बलमा ७ विकेट गुमाएर भेट्टायो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७७ रन बनायो । जितसँगै राजस्थान ८ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा कायमै छ । गुजरात भने ६ अङ्कका साथ तेस्रो स्थानमा छ ।
Read More
महासङ्घको वरिष्ठ उपाध्यक्षमा पुनः निर्वाचन हुने

महासङ्घको वरिष्ठ उपाध्यक्षमा पुनः निर्वाचन हुने

३० चैत,काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा पुनः निर्वाचन हुने भएको छ । तीन प्रतिष्पर्धी रामचन्द्र संघई, उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठमध्ये पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत प्राप्त गर्न नसक्दा पुनः निर्वाचन हुन लागेको हो । पहिलो चरणको निर्वाचनबाट रामचन्द्र संघई बाहिरिनुभएको छ । अब दोस्रो चरणमा उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठबीच प्रतिष्पर्धा हुनेछ । जिल्ला नगर, वस्तुगत र एसोसिएटमा खसेको कुल मतभारतमध्ये अञ्जन श्रेष्ठले सबैभन्दा धेरै ३७ दशमलव ९९ प्रतिशत मत प्राप्त गर्नुभएको छ भने उमेशलाल श्रेष्ठले ३१ दशमलव ५१ मत प्राप्त गर्नुभएको छ । साथै रामचन्द्र संघईले ३० दशमलव ४६ मत प्राप्त गर्नुभएको छ…
Read More
मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ प्रतियोगिता सुरु

मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ प्रतियोगिता सुरु

२७ चैत,अत्तरिया । कैलालीको धनगढीमा प्रथम मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गर्नुभयो । कैलालीको फेन्सिङ सङ्घले आयोजना गरेको उक्त प्रतियोगिता बिहीबारसम्म सञ्चालन हुने छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमका लागि जलेन्द्र शाहीले स्वर्ण पदक प्राप्त गर्नुभएको थियो । कैलाली फेन्सिङ सङ्घका अध्यक्षसमेत रहनुभएका शाहीको सक्रियतामा धनगढीलाई फेन्सिङको हव बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको अध्यक्ष शाहीले बताउनुभयो । युरोपबाट भित्रिएको उक्त खेलमा शाही विभिन्न देशमा भएका प्रतियोगितामा सहभागी भइसक्नुभएको छ । उहाँका अनुसार २० वर्षमुनिको खेल इपी र सेवर विद्यामा खेलाइने छ । दुवै विद्याका खेलमा महिला र पुरुषबीच अलगअलग…
Read More
खोटाङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

खोटाङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

२९ चैत,खोटाङ । खोटाङमा १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । यस प्रतियोगिताबाट आगामी वैशाख ११ गतेदेखि सुनसरीको इटहरीमा हुने प्रदेशस्तरीय प्रतियोगिताका लागि खेलाडी छनोट गरिने छन् । जिल्ला खेलकुद विकासका प्रमुख लीलाभक्त केसीका अनुसार १० स्थानीय तह रहेको जिल्लामा दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिका तथा केपिलासगढी, ऐसेलुखर्क, दिप्रुङ चुइचुम्मा, रावाबेँसी र साकेला गाउँपालिकका विद्यार्थी सहभागी छन् । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताको मङ्गलबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सरस्वती बजिमयले उद्घाटन गर्नुभयो । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, सितोरियो कराते र तेक्वान्दोतर्फ गरी एक सय ३८ पदकका लागि प्रतिस्पर्धा हुने छ । दिक्तेलस्थित माटीकोरे…
Read More
बिस्केट जात्रा : आज बिहान रथलाई गःहिटी पुर्‍याइयो

बिस्केट जात्रा : आज बिहान रथलाई गःहिटी पुर्‍याइयो

२८ चैत,भक्तपुर । बिस्केट जात्राका लागि तानिएको भैरबको रथ आज बिहान दत्तात्रय नजिक थियो । दत्तात्रयदेखि इनाचोसम्म सडकभरि फुटेका छरपष्ट इँटा र ढुङ्गा देख्दा बिहान यही बाटो भएर ओहोरदोहोर गर्नेहरूले सहजै अनुमान लगाउँथे कि यसवर्ष पनि बिस्केट जात्रामा मध्यराति ढुङ्गा हानाहान भयो । कतिपयले बिहानै सामाजिक सञ्जालमा यसको फोटो तथा भिडियो पोष्ट गर्दै ढुङ्गा हानेर जात्राको पहिचान मेटाउन खोज्नेलाई कारबाहीको माग गरे । हिजोदेखि सुरु भएको किस्केट(बिस्काः) जात्रामा भैरबको रथ तान्ने क्रममा मध्यराति दत्तात्रयमा पुगेपछि करिब १ बजेतिर ढुङ्गा हानाहान भएको थियो । बिहान ४ बजेसम्म ढुङ्गा हानाहान हुँदा २३ जना घाइते भए । भक्तपुर प्रहरी परिसरका प्रहरी उपरीक्षक प्रजित…
Read More
जिपी कोइराला हक्की प्रतियोगिताको उपाधि आर्मीलाई

जिपी कोइराला हक्की प्रतियोगिताको उपाधि आर्मीलाई

२८ चैत,सुन्दरहरैँचा । गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ । आर्मीले अर्को विभागी टोली पुलिस क्लबलाई पराजित गरेको हो । नेपाल हक्की सङ््घद्वारा आयोजित उक्त प्रतियोगिताको गए राति विराटनगरको सहिद रङ्गशालामा भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई १–० गोलअन्तरले हराएको हो । यसअघि आर्मीले प्रतियोगिताको उद्घाटन खेलमा पनि पुलिसलाई पराजित गरेको थियो । आर्मी क्लब प्रतियोगिताको साविकको विजेता हो । खेलको ४१औँ मिनेटमा आर्मीका लागि काशीराज राईले गरेको गोल नै निर्णायक बन्यो । म्यान अफ द म्याच आर्मीकै नितिज न्यौपाने घोषित भए । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक पुलिसका हरिदत्त पाण्डे, उदीयमान…
Read More
जिपी कोइराला स्मृति हक्की प्रतियोगिता : आज तीन खेल हुने

जिपी कोइराला स्मृति हक्की प्रतियोगिता : आज तीन खेल हुने

२४ चैत,मोरङ । गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताअन्तर्गत आज तीन खेल हुने भएका छन् । पहिलो खेल सुदूरपश्चिम प्रदेश र कोशी प्रदेशबीच, दोस्रो खेल साविक विजेता त्रिभुवन आर्मी क्बल र गण्डकी प्रदेशबीच तथा तेस्रो खेल नेपाल पुलिस क्लब र कर्णाली प्रदेशबीच हुनेछ । बिहीबार पनि तीन खेल सम्पन्न भएका थिए । विराटनगरको शहीद रङ्गशालामा भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई ८–० गोलअन्तरले पराजित गरेको थियो । पुलिसका लागि महेश धामीले पाँच तथा आयुष साह, केशव जोशी र रोहित लामाले एक÷एक गोल गरेका थिए । यस्तै अर्को खेलमा त्रिभुवन आर्मीले कर्णाली प्रदेशलाई १३–० गोलअन्तरले हरायो । आर्मीका लागि रोमन…
Read More
आईपीएल : कोलकत्तासँग बेंग्लोरको लज्जास्पद हार

आईपीएल : कोलकत्तासँग बेंग्लोरको लज्जास्पद हार

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले पहिलो जित निकालेको छ । कोलकाताले बिहीबार घरेलु मैदान इडेन गार्डेनमा सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेङ्लोरविरुद्ध ८१ रनको फराकिलो जित निकालेको हो । प्रतियोगितामा बेङ्लोरको भने यो पहिलो हार हो । इडेन गार्डेनमा कोलकाताले प्रस्तुत गरेको २०५ रनको लक्ष्य पछ्याउने क्रममा बेङ्लोरले १७.४ ओभरमा सबै विकेट गुमाएर १२३ रनमात्र बनाउन सक्यो । त्यसअघि टस हारेर ब्याटिङमा आएको कोलकाताले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २०४ रनको योगफल खडा गरेको थियो । जितसँगै दुई खेलबाट दुई अंक जोडेको कोलकाता तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट दुई अंक जोडेको बेङ्लोर…
Read More
यु–१६ क्रिकेट प्रदेश छनोट प्रतियोगिता अछाममा

यु–१६ क्रिकेट प्रदेश छनोट प्रतियोगिता अछाममा

२२ चैत,बैतडी । सोह्र वर्षमुनिको क्रिकेटको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिता अछाममा हुने भएको छ । उक्त छनोट प्रतियोगिता यही चैत २८ गतेदेखि हुने छ । सहभागी हुने प्रदेशका आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टले जानकारी दिनुभयो । समूह ‘ए’मा कैलाली, बैतडी, डडेल्धुरा र दार्चुला तथा समूह ‘बी’ मा कञ्चनपुर, अछाम, डोटी र बझाङ रहेका छन् । अछामको साँफेबगरस्थित मैदानमा प्रतियोगिताको उद्घाटन खेल अछाम र डोटीबीच हुने छ । सोही दिन अर्को खेलमा कञ्चनपुर र बझाङले भिड्ने छन् । सचिव भट्टका अनुसार आगामी वैशाख ४ गते सेमिफाइनलका खेल हुनेछन् भने वैशाख ५ गते उपाधिका…
Read More
आईपीएल : मुम्बईमाथि बेंगलोरको सानदार जित

आईपीएल : मुम्बईमाथि बेंगलोरको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बेङ्लोरले मुम्बई इन्डियन्सलाई ८ विकेटले पराजित गरेको छ । घरेलु मैदान एम चिन्नास्वामी स्टेडियममा प्लेसिस र कोहलीले पहिलो विकेटका लागि १४८ रनको साझेदारी गरेपछि बेंगलोरले १७२ रनको लक्ष्य १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले खराब सुरुआत गरेपछि तिलक बर्माको सानदार ब्याटिङमा ७ विकेट गुमाएर १७१ रन बनाएको थियो । आईपीएल क्रिकेटमा आज चेन्नई सुपर किङ्ग्स र लखनउ सुपर जायन्टस् खेल्ने छन् । खेल बेलुका पौने ८ बजे चेन्नईमा हुनेछ ।
Read More
Page 4 of 13
1 2 3 4 5 6 … 13
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.