खेलकुद

च्याम्पियन्स लिगमा बार्सिलोनाको हार

च्याम्पियन्स लिगमा बार्सिलोनाको हार

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह सी को तेस्रो खेलमा क्याटलान क्लब बार्सिलोनाले हार बेहोरेको छ । इन्टर मिलानले घरेलु मैदानमा बार्सिलोनालाई १-० ले पराजित गरेको हो । इन्टरका लागि पहिलो हाफको इन्ज्युरी समयमा हाकान चाल्हानोग्लुले गरेको गोल नै निर्णायक सावित भयो । उनले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहारलाई गोलरक्षक मार्क आन्दर टेर स्टेगनले बचाउन सकेनन् । उनले झन्डै ५ वर्षपछि च्याम्पियन्स लिगमा गोल गरेका हुन् । दोस्रो हाफमा बार्सिलोनाले खेलमा फर्कने अवसर पाएपनि अभागी सावित भयो । ओस्मान डेम्बेलेको शक्तिशाली प्रहार पोस्टमा लाग्यो । त्यस्तै पेड्रीले गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्रीले उक्त गोललाई मान्यता दिएन । खेलको…
Read More
लिभरपुलले रेन्जर्सलाई हरायो

लिभरपुलले रेन्जर्सलाई हरायो

एजेन्सी – युइएफए च्याम्पियन्स लिगमा इंग्लिस क्लब लिभरपुलले स्कटिस क्लब रेन्जर्समाथि सहज जित निकालेको छ । घरेलु मैदानमा लिभरपुलले रेन्जर्सलाई २–० ले पराजित गरेको हो । लिभरपुलको जितमा ट्रेन्ट एलेक्सान्डर आर्नाेल्ड र मोहम्मद सलाहले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल भएको थियो । एनफिल्डमा मंगलबार राति भएको खेलको सातौं मिनेटमा ट्रेन्ट एलेक्सान्डर आर्नाेल्डले फ्रिकिकमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । त्यसपछि ५२औं मिनेटमा मोहम्मद सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई सहज जित दिलाए । यही समूह ‘ए’ को अर्काे खेलमा इटालियन क्लब नेपोलीले डच क्लब आयाक्समाथि ६–१ को पूनरागमन जित निकालेको छ । नेपोलीको जितमा जियाकोमो रास्पडोरीले…
Read More
स्मिथ अष्ट्रेलियाको बेन्चमा

स्मिथ अष्ट्रेलियाको बेन्चमा

एजेन्सी – अष्ट्रेलियाले अनुभवी खेलाडी स्टिभ स्मिथलाई वेस्टइन्डिजसँगको पहिलो टि२० आई खेलमा बेन्चमा राखेको छ । क्विन्सल्यान्डमा अष्ट्रेलियाका कप्तान आरोन फिन्चले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । अष्ट्रेलियाको टोलीमा अनुभवी ओपनर डेविड वार्नर, मिचेल मार्श र तीव्र गतिका बलर मिचेल स्टार्क फर्किदा स्टिभ स्मिथलाई भने बेन्चमा राखेको छ । भारत भ्रमणमा सानदार प्रदर्शन गरेका अलराउन्डर क्यामरन ग्रीनलाई भने निरन्तरता दिएको छ । स्मिथ भारतसँगको तीन टि२० आई खेलको सिरिजमा क्रमश : ३५, ८ र ९ रनमा आउट भएका थिए । तर अनुभवी अलराउन्डर मिचेल मार्श तेस्रो नम्बरमा फर्किएपछि स्मिथ बेन्चमा बस्नु परेको हो । अष्ट्रेलिया र वेस्टइन्डिजबीच…
Read More
वेस्टइन्डिजमाथि अष्ट्रेलियाको रोमान्चक जित

वेस्टइन्डिजमाथि अष्ट्रेलियाको रोमान्चक जित

एजेन्सी । कप्तान आरोन फिन्चको अर्धशतक र तीव्र गतिका बलर जोश हेजलवुडको उत्कृष्ट बलिङमा घरेलु टोली अष्ट्रेलियाले पहिलो टि२० आई खेलमा वेस्टइन्डिजमाथि तीन विकेटको रोमान्चक जित हात पारेको छ । योसँगै दुई टि२० आई खेलको सिरिजमा अष्ट्रेलियाले १–० को अग्रता लिएको छ । जितको लागि १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलिया जितमा चौथो नम्बरमा ब्याटिङ गरेका कप्तान आरोन फिन्चले ५३ बलमा ६ चौकासहित सर्वाधिक ५८ रन बनाए । तल्लोक्रमका विकेटकिपर म्याथ्यु वेडले २९ बलमा ५ चौकासहित ३९ रनमा अविजित रहँदै खेल सकाए । अष्ट्रेलियालाई जितको लागि अन्तिम ६ बलमा…
Read More
Page 13 of 13
1 … 11 12 13
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.