खेलकुद

नेपाली क्रिकेट खेलाडीलाई एमाले अध्यक्ष ओलीको बधाई

नेपाली क्रिकेट खेलाडीलाई एमाले अध्यक्ष ओलीको बधाई

१९ वैशाख,काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली खेलाडीलाई बधाई ज्ञापन गर्नुभएको छ । अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत फाइनल खेलमा युनाइेटड अरब इमिरेट्स (युएई)लाई सात विकेटले पराजित गरेकामा नेपाली खेलाडीलाई बधाई दिनुभएको हो । उहाँले नेपाली क्रिकेट टोलीसहित सम्पूर्ण नेपालीलाई बधाई ज्ञापन गर्नुभएको छ । आजको जितसँगै नेपाल आगामी सेप्टेम्बरमा हुने एसिया कप क्रिकेटका लागि छनोट भएको छ ।
Read More
नेपाल र युएईको खेल आजका लागि स्थगित

नेपाल र युएईको खेल आजका लागि स्थगित

१८ वैशाख,काठमाडौँ । एसीसी मेन्स प्रिमियर लिग क्रिकेटमा नेपाल र युएईबीच फाइनल खेल वर्षाका कारण स्थगित भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइलन खेल वर्षाका कारण प्रभावित बनेपछि भोलिका लागि सारिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार भोलि हुने खेल आजकै निरन्तरता हुनेछ । अर्थात् आज रोकिएकै ओभरबाट भोलि विहान ९ बजेदेखि खेल सुरु हुनेछ । आजको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७ दशमलव ३ ओभरमा ९ विकेटका क्षतिमा १०६ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो । त्यसपछि लगातार वर्षा भएपछि खेल हुन सकेन र भोलिसम्मका लागि स्थगित भएको हो । खेल…
Read More
अभिषेक र अभिलाषालाई टेनिस उपाधि

अभिषेक र अभिलाषालाई टेनिस उपाधि

१८ वैशाख,काठमाडौँ । अभिषेक बाँस्तोला र अभिलाषा विष्टले नवौँं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगितको उपाधि जितेका छन् । पुरुषको एकल विधामा अभिषेक र महिलामा अभिलाषा च्याम्पियन बनेका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को टेनिस कोर्टमा आज भएको पुरुष फाइनल खेलमा अभिषेकले ऋतिक राणालाई ६–० र ६–१ को सोझो सेटमा सहजै पराजित गर्दै च्याम्पियन बनेका हुन । सिटिजन्स बैंकको मुख्य प्रायोजनमा काठमाडौँ जिल्ला टेनिस सङ्घद्वारा आयोजित प्रतियोगिताअन्तर्गत महिलाको उपाधि भिडन्तमा राष्ट्रिय च्याम्पियन अभिलाषाले माहिका राणालाई सीधा सेटमा ६–४ र ६–४ ले हराइन् । पुरुष÷महिला दुवैमा पहिलो हुनेले जनही रु ५० हजार र दोस्रो हुने खेलाडीले जनही रु २५ हजार…
Read More
भलिबल मैदानलाई रङ्गशाला बनाउने योजना

भलिबल मैदानलाई रङ्गशाला बनाउने योजना

१८ वैशाख,गलकोट । बागलुङ नगरपालिका–९ तित्याङमा पालिकास्तरीय आधारभूत रङ्गशाला निर्माणको योजना अगाडि बढाइएको छ । बागलुङ बजारबाट नजिकै रहेको तित्याङस्थित आलेखर्क खेल मैदान विस्तार गरी बाङ्गेचौर खेल मैदानको विकल्पका रुपमा रङ्गशाला बनाउने योजना स्थानीय र पालिकाको पहलमा अगाडि बढाइएको छ । बागलुङ बजारमा साँघुरो जग्गाका कारण एक मात्रै बाङ्गेचौर खेल मैदान रङ्गशाला बनाउन बजेट विनियोजन हुँदासमेत रङ्गशाला निर्माणको काम अगाडि बढ्न नसकेपछि आलेखर्क खेल मैदान विकल्पको रङ्गशालाका रुपमा लिन थालिएको छ । बागलुङ नगरपालिकाले एक पालिका एक रङगशालाअन्तर्गत त्यसलाई प्राथमिकतामा राखेको छ । राष्ट्रियस्तरका खेल प्रतियोगितमा एउटै खेल मैदानमा प्रतियोगिता गर्न नसकिने भएकाले बाङ्गेचौर खेल मैदानको विकल्पका रुपमा आलेखर्क खेल…
Read More
नेपाल र यूएईको खेल वर्षाले प्रभावित

नेपाल र यूएईको खेल वर्षाले प्रभावित

१८ वैशाख,काठमाडौँ । एसिसी मेन्स प्रिमियर कप लिगको आज भइरहेको नेपाल र युएईबीचको फाइनल खेल वर्षाका कारण प्रभावित बनेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले २७ दशमलव ३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल रोकिएको हो । खेल रोकिनुअघि युएईका लागि आसिफ खानले ४६ रन बनाए भने आयन लाक्राले १३ रन जोडे । त्यस्तै मुहम्मद वासिमले ११ रन बनाउँदा बसिर हमिदले १० बनाए । नेपालका ललित राजबंशीले तीन विकेट लिए । साथै करण केसी र सन्दीप लामिछानेले दुई÷दुई विकेट लिए भने गुल्शन झा र सोमपाल कामीले एक÷एक विकेट लिए ।
Read More
राष्ट्रपति रनिङ शिल्डमा कर्णालीलाई स्वर्ण पदक

राष्ट्रपति रनिङ शिल्डमा कर्णालीलाई स्वर्ण पदक

१८ वैशाख,कर्णाली । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितमा कर्णाली प्रदेशले भलिबल खेलमा स्वर्ण पदक जितेको छ ।कर्णालीले भलिबल खेलमा पहिलो पटक स्वर्ण पदक जितेर इतिहास कायम गरेको कर्णाली खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले जानकारी दिनुभयो । उहाँले सात दिनसम्म बन्द शिक्षणमा खेलाडीलाई राखेपछि अपेक्षाअनुरुपको सफलता हासिल भएको बताउनुभयो । काठमाडौँस्थित दशरथ रङ्गशालाको कर्बड हलमा आयोजित १३औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी कर्णालीले आइतबार भलिबल खेल प्रतियोगितामा जित हात पारेको हो । छात्रतर्फ गण्डकी प्रदेशलाई पराजित गर्दै कर्णालीले जित हात पारेको हो । कर्णालीले अन्तिम खेलमा गण्डकी प्रदेशसँग खेलेको थियो । वेस्ट अफ फाइभ (फाइनल)मा खेलाइएको उक्त खेलमा पहिलो…
Read More
रिलेमा सुदूरपश्चिमको कीर्तिमान

रिलेमा सुदूरपश्चिमको कीर्तिमान

१७ वैशाख,काठमाडौँ । सुदूरपश्चिम प्रदेशले १३औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको छात्र चार गुणा चार सय मिटर रिलेमा आज जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चन्द्र बोहरा, अमित आउजी, कविर कामी र सुक्विर पोखरेल सम्मिलित सुदूरपश्चिमको टोलीले तीन मिनेट ३१ सेकेन्डमा निर्धारित दूरी तय गर्दै नयाँ जुनियर राष्ट्रिय कीर्तिमान रचेको हो । लुम्बिनी प्रदेशका सिमन पाण्डे, लेखनाथ महरा, बेद ओली र श्रवण केवतले २०७६ सालमा स्थापित गरेको तीन मिनेट ३२ दशमलव तीन सेकेन्डको कीर्तिमान सुदूरपश्चिमले भङ्ग गरेको हो । प्रतियोगितामा योसहित जम्मा तीन जुनियर राष्ट्रिय कीर्तिमान बनेका छन् । अघिल्लो दिन लुम्बिनीका सुदीप थारुले…
Read More
वर्षाका कारण रोकियो नेपाल र कुवेतबीचको खेल

वर्षाका कारण रोकियो नेपाल र कुवेतबीचको खेल

काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत जारी नेपाल र कुवेतबीचको सेमिफाइनल खेल पानि परेसँगै रोकिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा २३.२ ओभरको खेल भइरहँदा पानि दर्किएसँगै खेल रोकिएको हो । अहिलेसम्म पहिलो इनिङको २३.२ ओभर भएको छ। यसमा नेपालले तीन विकेट गुमाएर १४१ रन बनाएको छ। नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले राम्रो शुरूआत गरे। उनीहरूले पहिलो विकेटका लागि ७७ रनको साझेदारीगरे। भुर्तेल ४३ र शेखले ३१ रन बनाए। त्यसपछि भने नेपालले एकपछि अर्को गर्दै तीन विकेट गुमायो। भीम सार्की एक रन बनाएर आउट भए। रोहित पौडेल र कुशल मल्लले नेपालको पारी सम्हालेका छन्। मल्लले ३२ र पौडेलले ३० रन…
Read More
सिङ्गापुरले कुवेतलाई जितका लागि ११४ रनको सामान्य लक्ष्य दियो

सिङ्गापुरले कुवेतलाई जितका लागि ११४ रनको सामान्य लक्ष्य दियो

१२ वैशाख,काठमाडौँ । राजधानीमा जारी एसिसी प्रिमियर कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सिङ्गापुरले कुवेतलाई जितको लागि ११४ रनको सामान्य विजयी लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सिङ्गापुरले ३१ दशमलब चार ओभरमा सबै विकेट गुमाउँदै ११३ रनको योगफल बनाएको हो । सिङ्गापुरका लागि सुरुआती ब्याट्सम्यान अर्मत्य कौलले सर्वाधिक ४५ रनको योगदान दिए । उनले ६० बल नौ चौकाको मद्दतमा ४५ रन बनाएका हुन् । त्यसैगरी मनप्रित सिंहले ४४ बलमा २८ रन बनाए भने थिलिपन उमरदुराईले १३ रन जाडे । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । सिङ्गापुरलाई सहजै समेट्नेक्रममा…
Read More
एसीसी प्रिमियर कप क्रिकेट: वर्षाका कारण खेल प्रभावित

एसीसी प्रिमियर कप क्रिकेट: वर्षाका कारण खेल प्रभावित

११ वैशाख,काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत आज नेपाल र साउदी अरबबीचको खेल खराब मौसमका कारण टससमेत हुन सकेको छैन । मूलपानी क्रिकेट मैदानमा आज बिहान ८ः३० बजे हुनुपर्ने टस वर्षा बाधक बनेपछि हुन सकेको छैन । तेस्तै समूह ‘ए’ मा रहेका नेपाल र साउदीबीचको खेल अहिले ९ बजेदेखि सुरु हुनुपर्ने थियो तर मूलपानी क्षेत्रमा सिमसिम पानी परिरहेका कारण खेल सुरुआत हुन सकेको छैन । उक्त प्रतियोगितामा विभिन्न १० राष्ट्रको सहभागिता रहेको छ । जसलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् । तेस्तै समूह ‘बी’ मा बहराइन,…
Read More
Page 2 of 13
1 2 3 4 … 13
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.