वर्षाका कारण रोकियो नेपाल र कुवेतबीचको खेल

Share Icon

काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत जारी नेपाल र कुवेतबीचको सेमिफाइनल खेल पानि परेसँगै रोकिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा २३.२ ओभरको खेल भइरहँदा पानि दर्किएसँगै खेल रोकिएको हो ।

अहिलेसम्म पहिलो इनिङको २३.२ ओभर भएको छ। यसमा नेपालले तीन विकेट गुमाएर १४१ रन बनाएको छ।

नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले राम्रो शुरूआत गरे। उनीहरूले पहिलो विकेटका लागि ७७ रनको साझेदारीगरे। भुर्तेल ४३ र शेखले ३१ रन बनाए।

त्यसपछि भने नेपालले एकपछि अर्को गर्दै तीन विकेट गुमायो। भीम सार्की एक रन बनाएर आउट भए। रोहित पौडेल र कुशल मल्लले नेपालको पारी सम्हालेका छन्। मल्लले ३२ र पौडेलले ३० रन बनाएका छन्।

कुवेतका लागि अड्नास इद्रिसले दुई र मोहम्मद अस्लमले एक विकेट लिएका छन्। टस जितेको कुवेतले नेपाललाई ब्याटिङको निम्तो दिएको हो।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.