अभिषेक र अभिलाषालाई टेनिस उपाधि

Share Icon

१८ वैशाख,काठमाडौँ । अभिषेक बाँस्तोला र अभिलाषा विष्टले नवौँं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगितको उपाधि जितेका छन् । पुरुषको एकल विधामा अभिषेक र महिलामा अभिलाषा च्याम्पियन बनेका हुन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को टेनिस कोर्टमा आज भएको पुरुष फाइनल खेलमा अभिषेकले ऋतिक राणालाई ६–० र ६–१ को सोझो सेटमा सहजै पराजित गर्दै च्याम्पियन बनेका हुन ।

सिटिजन्स बैंकको मुख्य प्रायोजनमा काठमाडौँ जिल्ला टेनिस सङ्घद्वारा आयोजित प्रतियोगिताअन्तर्गत महिलाको उपाधि भिडन्तमा राष्ट्रिय च्याम्पियन अभिलाषाले माहिका राणालाई सीधा सेटमा ६–४ र ६–४ ले हराइन् । पुरुष÷महिला दुवैमा पहिलो हुनेले जनही रु ५० हजार र दोस्रो हुने खेलाडीले जनही रु २५ हजार पुरस्कार पाए ।

यसैगरी भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा चन्द्र शाही र डेगेन्द्र श्रेष्ठको जोडीले फाइनलमा सुदर्शन विष्ट र राजु क्षेत्रीको जोडीलाई पराजित गर्दै पहिलो भए ।

५५ वर्षमाथि पुरुष डबल्समा कृष्णराज घले र सुवर्ण धाक्वाको जोडी च्याम्पियन बने । उक्त जोडीले फाइनलमा कमल थापा र छ्याम्बा डुन्डुपको जोडीमाथि ६–० र ६–२ को सहज जित दर्ता ग¥यो ।

भेट्रान ५५ वर्षमाथि पुरुष एकल विधामा जीवन घिमिरे शीर्ष स्थानमा रहे । जीवनले फाइनलमा जित प्रधानलाई ६–२ र ६–३ ले हराए । ४५ वर्षमाथि पुरुष एकलको स्वर्ण भिडन्तमा महेश श्रेष्ठले बाजी मारे । उनले फाइनलमा रोहित सुनुवारलाई ६–४, ४–६ र १०–५ ले पन्छाए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का (राखेपका) सदस्य–सचिव टङ्कलाल घिसिङ, सिटिजन्स बैंकका अध्यक्ष राजनसिंह भण्डारी, नेपाल टेनिस सङ्घकी अध्यक्ष ज्योति राणा नेपाल टेनिस सङ्घका महासचिवसमेत रहनुभएका आयोजक काठमाडौँ जिल्ला टेनिस सङ्घका अध्यक्ष मनोहरदास मुललगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गर्नुभयो । यही वैशाख १२ गतेदेखि सुरु भएको प्रतियोगितामा १ सय ५२ खेलाडी सहभागी थिए ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.