बाल बिवाह न्युनिकरण तथा लागु औंषधी दुरव्यहार सम्बन्धि टोल स्तरिय सचेतनामुलक कार्यक्रम

Share Icon

♥ सागर परिवार

११ काठमाडाैंं, राजापुर ।  बर्दिया राजापुर नगरपालिका वडा नं.४ ले बाल बिवाह न्युनिकरण तथा लागु औंषध दुरव्यहार सम्बन्धि टोल स्तरिय कार्यक्रम सचालन गरेको वडा अध्यक्ष बिदुर पोखरेलले बताउनु भएको छ ।

उहाँका अनुसार राजापुर नगरपालिकाले बिकासका योजनामा जति बिकास गरेता पनि जब सम्म बाल बिबाहलाइ नियन्त्रण गर्न सकिदैन्न तब सम्म नगरको बिकास हुन सक्दैन्न भन्दै आफुले आफ्नो वडाबाट शिक्षालाई पहिलो प्रथामिकता दिने , हामिले निर्वाचन सकिए लगतै पहिलो प्रथामिकता शिक्षालाई नै दिएका छौ ।

पहिले कक्षा १० सम्म निशुल्क रहेको थियो भन्ने अहिले आफुहरुले सो लाई १२ सम्म गरेको बताउनु भएको छ । अध्यक्षका अनुसार यस क्षेत्रमा गरिब निमुखा जनता रहेकाले आफुहरुले सो निर्णय गरेको राजापुर नगरपालिकामा अझ पनि ४० प्रतिशत बालबालिका बाल बिबाहको सिकार भएका छन सम्पुर्ण समुदाय लागे मात्र यो समस्याको समाधान हुने बताएका छन ।

कार्यक्रममा बोल्दै राजापुर इलाका प्रहारी कार्यालयका इन्सपेक्टर जय नेपाल थापाले यो क्षेत्र भनेको भारतको सिमा नजिक रहेको छ यहाँबाट बिभिन्न किसिमका लागु औंषध ल्याउने र त्यसबाट समेत धेरै बालबालिका यसको सिकार

भएको बाल बिबाह बाट शारिरीक तनाव मानसिक तनाब हुने , स्वास्थ्यमा समस्या आउने कानुनले पनि सो बिवाहलाई मान्यता नदिने, बाल बिवाह एउटा अपराध हो बिवाह गर्ने गराउने र भोज खान जानेलाई पनि सोहि अनुसार सजाय हुने

कानुनी व्यवस्था भएको हुदा कोहि कसैले त्यसो कार्य गदा आफुहरुलाई खबर गरि सहयोग गरि दिने बताउनु भएको छ ।
त्यसैगरी सो कार्यक्रममा राजापुर नगरपालिका स्वास्थ्य शाखाबाट प्रतिनिधि गदै आउनु भएको देबि खनाल ज्ञवालिका

अनुसार यस क्षेत्रमा अझ पनि बाल बिवाह ४० प्रतिशत भन्दा धेरै रहेको छ बाल बिवाहले हुने परिवारिक समस्या स्वास्थ्य समस्या धेरै हुने सानो उमेरमा बिवाह गर्दा बच्चा चाडै हुने त्यसो हुदा आमा र बच्चा दुबैलाई समस्या हुने बताउनु भएको छ ।

कार्यक्रममा बोल्दै शिक्षक प्रतिनिधि पुरुष्तम खनालले बालबालिकाको पहिलो पाठशाला भनेको घर हो उनिहरुको पहिलो गुरु भनेका आमाबुबा हुन्छन । आफ्ना केटाकेटीहरुको ध्यान राख्ने कति बेला कहाँ जान्छन को सग सगत गरेका छन्

कस्ता सँग सगत गरेका छन त्यसको बारेमा बुझन आवश्क रहेको उहाँका अनुसार आफुले शिक्षक पेशामा लागेको ९ बर्ष भन्दा धेरै हुन थाल्यो तर स्कुलमा औला मा गन्ति गर्ने मिल्ने अभिभावक मात्र आएर आफ्ना बालबालिकाको बारेमा बुझेको बताउनु भएको छ ।

उक्त कार्यक्रम राजापुर नगरपालिका वडा नं.४ सघर्षनगरमा गरिएको थियो भन्ने कार्यक्रम सचालन वडा सचिव रमेश कुमार थारुले गर्नु भएको थियो गाउँका बडघर तथा समुदायका व्यत्तित्वका बिच कार्यक्रम सम्मापन भएकाे छ ।

 

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.