९ फागुन,हेटौँडा । राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान मकवानपुरको हेटौँडा आइपुग्नुभएको छ । हेटौँडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवनिर्मित भवन उद्घाटन गर्न उहाँ ११ बजेपछि यहाँ आइपुग्नुभएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो ।
हेटौँडा अस्पतालस्थित प्राङ्गणमा उद्घाटन समारोह आयोजना गरिएको छ । राष्ट्रपति भण्डारीले केही समयपछि सो समारोहलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ ।
Facebook Comments Box
Related posts:

कांग्रेस महामन्त्रीद्वय भूकम्पप्रभावित क्षेत्रमा, सात कार्य विषयमा केन्द्रित हुने

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्कीले आज शपथ लिंदै

चीनका राष्ट्रपति सी आफूले राखेको धारणाप्रति पूर्ण रूपमा सकारात्मकः प्रधानमन्त्री दाहाल

लुम्बिनी प्रदेश सरकारले विश्वासको मत पाउन सकेन

