Share Icon

१६ माघ , काठमाडाैँ  गोरखा जिल्ला स्थित भिमसेनथापा गाउँपालिका वडा नम्बर ३ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर ३ मा वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन ।

जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष धन ब. तामाङले बताउनुभयो ।

स्थानीय तहको निर्वाचन पछि वडामा शिक्षा , स्वास्थ्य ,खानेपानी , बाटो सडक , कृषि , सिचाई तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष तामाङले बताउनुभयो ।

उहाँले भन्नुभयो , ‘ वडामा धेरै योजनाहरु रहेका छन । ती योजनाहरु सम्पन्न गर्नको लागि हामी वडाका सबै सदस्यहरु अहोरात्र खटिरहेका छौ । ‘

उहाँले भन्नुभयो, ‘ वडामा रहेका बाटो सडकको स्तरउन्नति गर्दै ग्राभेल गर्ने योजनामा रहेको छ ।
त्यसै गरी वडामा खानेपानिको क्षेत्रलाई पनि जोड दिदै वडाबासीको घरघरमा धारा पुराउने लक्ष्यका साथ काम गरिरहेको उहाँले बताउनुभयो । ‘

कृषि पेशालाई जोड दिदै कृषिलाई व्यावसायमुखिकरण बनाउनको लागि विभिन्न कृषि सम्बन्धी तालिमहरु सञ्चालन गर्ने योजनामा राखेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘आफनो कार्यकालमा यस वडालाई नमुना वडा बनाउने लक्ष्यका साथ काम गरिरहेका छौ । वडाको चौतिर्फी विकासको लागि हामी निरन्तर लागि परिरहेका छौ । ‘

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ।

 वडा नम्बर ३ प्रति पुर्ण आभारी छु ।

मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ३ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon