Share Icon

३ माघ, काठमाडाैं ।  कैलाली जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ५ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर ५ मा विकास निमार्णका कामहरु तिब्ब्र गतिमा अगाडि बढाईएको छ ।

जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा नम्बर ५ का अध्यक्ष बिर बहादुर धामीले जानकारी दिनुभयो । स्थानिय तहको निर्वाचन भएर आए पछि वडामा शिक्षा,स्वास्थ्य, कृषि, बाटो सडक, खानेपानि, धार्मिक तथा सांस्कृतिक तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरु ल्याएका छौं ।

उहाँले भन्नुभयो, वडामा पहिलो प्राथमिकता कृषिलाई दिदै नयाँ विउँ विजन वितरण गरेको, सिचाईको लागि पोखरीको निमार्ण गर्ने, कृषिलाई व्यावसायमु्खिकरण बनाउने लक्ष्य रहेको छ । उहाँ पनि पहिले कृषि पेशामा आबद्ध हुनुहुन्थो । त्यस्तै स्वास्थ्य क्षेत्रमा गाउँघर क्लिक, खोप केन्द्रको स्थापना गर्ने योजनामा रहेको छ ।

शिक्षाको क्षेत्रमा विद्यालयमा खानेपानिको व्यवस्था गर्ने योजनामा रहेको छ । उहाँले भन्नुभयो, वडामा उपभोक्ता समिति मार्फत काम गरेका छौ । विभिन्न कारणले वडामा काम सम्पन्न गर्न नसकिएको उहाँले बताउनुभयो । वडामा धेरै योजनाहरु रहेका छन् । वडाको चौतर्फी विकासको लागि हामी सदैब लागि परेका छौ ।

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो, भनेर साधेको प्रश्नमा उहाँको उत्तर

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुशि लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडा नम्बर ५ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु ।

मलाई अमुल्य भोट दिए् वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ५ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon