मोदी र पुटिनबीच छिट्टै शिखर वार्ताको सम्भावना – भारतीय राजदूत

Share Icon

मास्को । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच यस वर्षको अन्त्यसम्ममा शिखर वार्ता हुने सम्भावना रहेको मास्कोका लागि भारतीय राजदूतलाई उद्धृत गर्दै रुसी समाचार संस्था आरआईएले जनाएको छ ।

“यो विषयमा छलफल भइरहेको छ’, मास्कोका लागि भारतीय राजदूत पवन कपुरले भने, “उच्च स्तरमा छलफल भइरहेको छ ।” आरआईए नोभोस्ती, जसलाई आरआईएएन वा आरआईए पनि भनिन्छ, एक रूसी सरकारी स्वामित्वको राष्ट्रिय समाचार संस्था हो ।

आरआईए नोभोस्तीका अनुसार भारतीय कुटनीतिज्ञले अन्य कुनै विवरण भने दिएका छैनन् । गत हप्ता एक कार्यक्रममा बोल्दै पुटिनले भारतलाई ‘शक्तिशाली देश’ को संज्ञा दिएका थिए ।

कपुरले भने, “भारतमा एक अर्ब ५० करोड भन्दा बढी जनसंख्या भएर पनि सात प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हुनुले भारतलाई सक्षम र शक्तिशाली देशका रूपमा चिन्नुपर्छ ।”

गत सेप्टेम्बर ९ देखि १० सम्म नयाँ दिल्लीमा भएको जी–२० शिखर सम्मेलनमा रूसी राष्ट्रपति सहभागी नभई विदेशमन्त्री सेर्गेइ लाभरोभले रूसको प्रतिनिधित्व गरेका थिए ।

सन् २०२२ को सेप्टेम्बरमा उज्बेकिस्तानको समरकन्दमा भएको साङ्घाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) शिखर सम्मेलनको २२ औँ बैठकका क्रममा दुई नेताबीच अन्तिम भेट भएको थियो ।

समरखण्ड बैठकमा प्रधानमन्त्री मोदीले पुटिनलाई युक्रेनसँग जारी रूसको द्वन्द्व अन्त्य गर्न आग्रह गर्दै भने, “मलाई थाहा छ आजको युग युद्धको युग होइन ।”

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.