Share Icon

काठमाडौं। पाकिस्तानको राष्ट्रिय वायुसेवा कम्पनीले इन्धनको बिल तिर्न नसकेको भन्दै यसै साता दर्जनौँ आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान रद्द गरेको अधिकारीहरूले बुधबार बताएका छन्।

लामो समयदेखि कमजोर व्यवस्थापनको आरोप खेपिरहेको पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पीआईए) ले ऋण भुक्तानीमा आएको समस्याका कारण भुक्तानी सन्तुलनको सङ्कटसँग जुधिरहेका बेला रकम अभाव हुँदै गएको जनाएको छ।

पीआईएका उपप्रवक्ता अतहर अवानले मङ्गलबार र बुधबार ४८ वटा अन्तर्राष्ट्रिय र आन्तरिक उडान रद्द गरिएको जानकारी दिए।

Facebook Comments Box

Share Icon