Share Icon

एजेन्सी । इजरायलले हमाससँगको युद्ध छैठौं दिनमा प्रवेश गर्दा पनि जारी राखेको छ ।

इजरायले गाजापट्टीमा इजरायली बमबर्षक विमानबाट गोलाबारी जारी राखेको हाे । गत शनिबार कब्जामा लिएका १ सय ५० जना नागरिकहरुको रिहा नगरेसम्म गाजापट्टीमा आक्रमण तीव्र पार्ने घोषणा इजरायलले गरेको छ ।

उता हमासले भने सर्वसाधारणलाई सूचना नदिइकन आक्रमण गरेको खण्डमा आफ्नो कब्जामा रहेकाहरुको हत्या गर्ने चेतावनी दिंदै आएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो युद्धमा प्यालेस्टाइन विद्रोही समूह हमासको नामो निशान मेट्ने दावी समेत गर्नुभयो ।

इजरायल र हमासबीचको युद्धमा हालसम्म करिब २ हजार ५ सय जनाको मृत्यु भइसकेको छ । इजरायलतर्फ १ हजार ३ सय  जनाको मृत्यु हुँदा हमासतर्फ जवाफी आक्रमणमा गाजामा १ हजार ५ सय जनाको मृत्यु भइसकेको छ ।

दुवैतर्फ गरी आक्रमणमा घाइते हुनेको संख्या ४ हजार भन्दा बढी पुगिसकेको छ ।

 

Facebook Comments Box

Share Icon