बाह्रै महिना सडक संचालन गर्ने याेजनामा छुः अध्यक्ष राई

१४ असाेज, काठमाडाैं । संघीय व्यवस्था अनुसार नेपालमा संघ,सात प्रदेश र ७ सय ५३ वटा स्थानीय तहको गठन भएको छ।
जसमा कोशी प्रदेश ओखलढुङगा जिल्लामा ८ स्थानीय तह रहेका छन् । जिल्लामा १ नगरपालिका र सात वटा गाउँपालिका मध्ये माने भन्ज्याङ गाउँपालिका एक हो। यो गाउँपालिका १ सय ४६ दशमलव ६१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यस गाउँपालिकाको केन्द्र मानेभन्ज्याङ वडा नम्बर ५ मा रहेको छ। यस गाउँपालिकाको सीमाना पूर्वमा खोटाङ,पश्चिममा सुनकोशी गाउँपालिका ,उत्तरमा सिद्धिचरण नगरपालिका र दक्षिणमा उदयपुर जिल्ला रहेको छ ।
२१ हजार ८२ जना कुल जनसंख्या भएको यस गाउँपालिकामा मुख्यतः राई,मगर,तामाङ,क्षेत्री,बाहुन,नेवार,भुजेल,माझी,कामी,दमाई र सार्की आदि जातजाति भाषा-भाषीको बसोबास रहेको छ। ९ वटा वडामा विभाजित यस गाउँपालिकामा कुल ४ हजार ६ सय १८ घर संख्या रहेका छन्।
माने भन्ज्याङ गाउँपालिका-५ का वडा अध्यक्ष रामकुमार राईले विद्युतकाे केन्द्रीय लाइनकाे सबै काम पूरा भएकाे बताउनुभएकाे छ । हिउँदाकाे समयमा खानेपानीकाे समस्या भएकाे र तत्काल वैकल्पिक याेजना बनाइनसकेकाे पनि उहाँले बताउनुभएकाे हाे । ग्रामीण भागमा सडकाे समस्या भएकाे तर बाह्रै महिना सडक संचालन गर्ने याेजनामा लागि रहेकाे पनि उहाँले बताउनुभयाे ।
यस वडामा रहेकाे भाेर्ले पाेखरीलाई पर्यटकीय क्षेत्र बनाउने याेजना अघि बढिरहेकाे पनि उहाँले जानकारी गराउनुभयाे । साथै समग्र रूपमा शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, कृषि, सडक,पर्यटन र विद्युत लगायतका क्षेत्रमा पनि सहज रूपमा नै काम भइरहेको पनि उहाँले बताउनुभयो । बजेट अभावका कारणले विकास निर्माणका याेजनाहरू पूरा हुनेमा आशंका रहेकाे पनि उहाँले बताउनुभएकाे छ ।
कृषि क्षेत्रमा आधुनिक तरिकाले खेती गर्न सुरू गरिएकाे पनि उहाँले बताउनुभयाे ।पर्यटन क्षेत्रलाई व्यवस्थित रूपमा अगाडि बढाउने पहल भइरहेकाे र साथै सामुदायिक विद्यालयहरू सुधार गर्ने र क्याम्पस संचालन गर्ने याेजना अघि बढाइएकाे उहाँकाे तर्क छ । आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत वडा नम्बर ५ लाई पालिकाले ३४ लाखको बजेट सिलिङ गरेको उहाँले बताउनुभयो ।
पछिल्लाे समय वैदेशिक राेजगारीमा जाने युवा जमातलाई राेक्नका लागि वडाकाे तर्फबाट विशेष पहल भइरहेकाे पनि अध्यक्ष राईकाे भनाइ छ । अन्त्यमा जनताकाेबीचमा गरेका प्रतिवद्धता सबै पूरा गर्ने उहाँकाे दावी छ।