Share Icon

काठमाडाैं । बर्दियाकाे मधुवन नगरपालिका वडा नम्बर १ काे कार्यालयले झुल वितरण गरेकाे छ ।

आर्थिक वर्ष २०७९/८० काे विनियाेजित बजेटबाट वडा कार्यालयले वडा नम्बर १ भित्र रहेका ज्येष्ठ नागरिकलाई झुल वितरण गरेकाे हाे ।

वडा अध्यक्ष मिन बहादुर थापाले आर्थिक वर्ष २०७९/८० काे विनियाेजित बजेटबाट ७७ वर्षभन्दामाथिका ८० जना ज्येष्ठ नागरिकलाई झुल वितरण गरिएकाे बताउनु भयाे ।

उहाले भन्नुभयाे, ‘आर्थिक वर्ष २०७९/८० काे विनियाेजित बजेटबाट खरिद गरी मधुवन नगरपालिका वडा नम्बर १ का ज्येष्ठ नागरिक सञ्जालका अध्यक्षकाे उपस्थितिमा झुल वितरण गरिएकाे हाे।’

उहाँले याे वडा लामखुट्टेकाे जोखिममा रहेकाले झुल वितरण गरिएकाे जानकारी दिनुभयाे । गर्मी बढेकाे बेला वडा कार्यालयले झुल उपलब्ध गराउँदा सर्वसाधारणलाई राहत मिलेकाे छ ।

झुलको प्रयोगले लामखुट्टेको टोकाइबाट हुन सक्ने सबै रोगबाट बच्न सकिने वडा कार्यालयले जनाएकाे छ । झुल वितरण वितरण वडा अध्यक्ष थापाकाे सभाअध्यक्षतामा भएकाे हाे । त्यस्तै झुल वितरण वितरण कार्यक्रममा कार्यपालिका सदस्य तथा वडा नम्बर १ का वडा सदस्य माया देवी परियार, वडा सदस्य रञ्जु चाैधरी र धनिराम थारु लगायतकाे उपस्थिति रहेकाे थियाे ।

Facebook Comments Box

Share Icon