Share Icon

२ असाेज,काठमाडौं । नेकपा एमालेले संविधान सभाका दिवंगत अध्यक्ष सुवास नेम्वाङको स्मृतिमा सात वटै प्रदेशमा मंगलबार विचार गोष्ठी आयोजना गर्ने भएको छ ।

संविधान दिवसको पूर्वसन्ध्यामा ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक विचार गोष्ठी आयोजना गर्न लागिएको हो । एमालेले गोष्ठीका लागि सातै प्रदेशमा जिम्मेवारी समेत तोकिसकेको छ ।

ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा हुने गोष्ठीलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने भएकाे छ । गोष्ठीमा विभिन्न दलका नेताहरुलाई समेत बाेलाइएकाे छ । साथै अन्य प्रदेशमा भने  पार्टी उपाध्यक्षहरुलाई खटाइएको एमालेले जनाएकाे छ ।

Facebook Comments Box

Share Icon