एजेन्सी । चिनियाँ विदेशमन्त्री वाङ यी र रुसी समकक्षी सर्गेई लभारोभबीच भेटवार्ता भएको छ ।

सोमबार रुस भ्रमणमा जानु भएका चिनियाँ विदेशमन्त्री सेप्टेम्बर २१ सम्म रुसमा नै बस्नु हुने भएकाे छ । दुई विदेशमन्त्रीबीच दुई पक्षीय सहकार्यका विभिन्न पक्ष तथा युक्रेन युद्धको अन्त्यको उपायमाथि छलफल भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

युक्रेनसँगको युद्धपछि रुसले विश्वका शक्तिशाली नेताहरुसँगको भेटवार्तालाई तीब्रता दिएको छ ।चिनियाँ विदेश मन्त्रालयले रुससँग रणनीतिक सुरक्षाको विषयमा छलफल भएको जनाएको छ ।

उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको भेटवार्ता लगत्तै चिनियाँ विदेशमन्त्री रुस जानु भएको हो ।

 

Facebook Comments Box