सशस्त्रद्वारा ९ सय १९ किलो गाजा बरामद

Share Icon

हेटौंडा । हेटौंडामा सशस्त्र प्रहरीले ठूलो परिणाममा गाजा बरामद गरेको छ ।

सशस्त्र प्रहरीको हेटौंडा औद्योगिक क्षेत्रस्थित टोलीले हेटौंडामा जाचका क्रममा भारतीय एनएल ०१ एसी २१४४ नम्बर ट्रकबाट लागुऔषध गाँजा ९ सय १९ किलो बरामद गरेको हो ।

गाजासहित दुई भारतीय नागरिक पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बलरामपुर बिर्तापुर निवासी चालक करिब ४५ वर्षका दुलारे यादब र सहचालक योगेश बर्मा रहेको सशस्त्र प्रहरीका एसपी अनिल कार्कीले बताउनुभयो । भारतीय ट्रकको भित्री भागमा फल्सबटन बनाएर गाँजा राखेर वेल्डिङ गरी लुकाइल्याएको अवस्थामा गाँजा बरामद गरिएको एसपी कार्कीले बताउनुभयो ।

भारतबाट मकै लिएर चितवनमा अनलोड गरी चितवनको खुर्खुरेबाट गाजा लोड गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी कार्कीको भनाइ छ । पक्राउ परेकाहरुको विषयमा थप अनुसन्धान भइरहेको कार्कीले बताउनुभयो । बरामद भएको गाजा नेपाल प्रहरीलाई हस्तान्तरण गरिने र थप अनुसन्धान प्रक्रिया अघि बढाइने उहाँको भनाइ छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.