अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन दायर गर्ने क्रम बढ्दो

Share Icon

काठमाडौं । भ्रष्टाचारविरुद्धको मुद्दामा सफाइ दिइएको विरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दायर गर्ने क्रम बढेको छ ।

भ्रष्टाचारको अभियोगमा प्रतिवादी बनाइएकाहरूलाई विशेष अदालत काठमाडौंले धमाधम सफाई दिएको, आंशिक कसूर ठहर गरेको, बिगो रकम कम कायम गर्नेउपर चित्त नब्ुझेको भन्दै आयोगले सर्वोच्चमा पुनरावेदन दायर गर्ने क्रम बढेको हो । भ्रष्टाचार निवारण ऐन २०५९ को कसुरमा दायर गरिएका मुद्दाहरूमा मागदाबी लिइएअनुरूप फैसला नभएपछि पुनरावेदन दायर गरिएको आयोगले जनाएको छ ।

आयोगले विशेष अदालतले गरेको फैसला चित्त नबुझेको भन्दै १० दिनयता पा“चवटा मुद्दा सर्वोच्च अदालतमा दायर गरेको आयोगका प्रवक्ता भोला दाहालले बताउनुभयो । त्यसमध्ये बुधबार मात्रै तीनवटा मुद्दा दायर गरेको थियो । घुस लिएको अभियोगमा दायर दुई वटा मुद्दामा प्रतिवादीहरूले सफाई पाएको र एउटा मुद्दा आंशिक कसूर ठहर भएको थियो । सुर्खेतको सिम्ता गाउ“पालिका वडा नं १२ देउली–सिर्पा–काफलकोट जोड्ने सडकको विषयमा दायर मुद्दामा प्रतिवादीहरूलाई सफाइ दिइएको थियो ।

आयोगले भ्रष्टाचारको अभियोगमा नवीन शर्मा, शिवशंकर पोखरेल, भुवानीसिंह ठकुरी, टिका वली र नन्दसिंह ठकुरीलाई ४ लाख ५६ हजार ४ सय ३१ रुपिया“ बिगो कायम गरी दायर गरेको मुद्दामा विशेष अदालतले सफाई दिएको थियो ।

 

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.