देशभरकाे माैसमकाे अवस्था आज कस्ताे रहला ?
२ असाेज, काठमाडाैं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकाे छ।
मंगलबार बिहान सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागसहित बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेकाे छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा आंशिक बदली रहेको छ । साथै बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
मंगलबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली हुने भएकाे छ । त्यस्तै, कोशी, बागमती र लुम्बिनी प्रदेश र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना भएकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
मंगलबार राति भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भाग र बाँकी भू-भागको केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना भएकाे महाशाखाले जनाएकाे छ ।