एकीकरणका लागि नाम परिवर्तन गर्न माओवादी तयार
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) विभिन्न कम्युनिस्ट पार्टीसँग पार्टी एकताका लागि आफ्नो नाम परिवर्तन गर्न तयार भएको छ ।
नेकपालाई परिवर्तन नगरी पुच्छारमा रहेको ‘माओवादी केन्द्र’ हटाउन सो पार्टी तयार भएको हो ।माओवादी केन्द्रले अगाडिको नेकपा राख्दै अन्य कम्युनिस्ट पार्टीसँग एकताका लागि पुच्छारमा रहेको ‘माओवादी केन्द्र’ हटाउने’दयगत पार्टीभित्र छलफल थालेको छ । माओवादी केन्द्रका महासचिव देव गुरुङले नेकपा राख्दै पुच्छारमा रहेको ‘माओवादी केन्द्र’ हटाएर भए पनि अन्य कम्युनिस्ट पार्टीसँग एकता गर्न सकिन्छ भन्ने’दयगत पार्टीभित्र छलफल भइरहेको बताए ।
‘विभिन्न पार्टीसँग एकीकरण’दयगत कुराकानी भइरहेको छ । ती छलफल सकारात्मक रहेका छन् । छिट्टै नै केही कम्युनिस्ट पार्टीसँग एकता हुन सक्छ,’ महासचिव गुरुङले राजधानीसँग भने, ‘हामीले व्भििन्न समयमा नेकपा राख्दै कहिल्यै मसाल त कहिले एकिकृत माओवादी राख्दै फेर्दै अहिले माओवादी केन्द्र राखेको छौं । नेकपा राख्दै पुच्छारमा रहेको माओवादी केन्द्र हटाएर केही कम्युनिस्ट पार्टीसँग एकता गर्न सकिन्छ कि भन्ने’दयगत छलफल भइरहेको छ ।’
माओवादी केन्द्रको अहिले तीन महिने अभियान चलिरहेको छ । सो अभियान सकिए पछि मंसिरमा विधान महाधिवेशन र त्यसपछि विचार केन्द्रित विशेष महाधिवेशन गर्ने यसअघि नै निर्णय भइसकेको छ । गत १७ देखि २१ साउनसम्म काठमाडौंमा बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकले यस सम्बन्धमा निर्णय गरिसकेको छ । सोही निर्णयका आधारमा पार्टी एकताका लागि विभिन्न चरणमा विभिन्न पार्टीसँग छलफल पनि बैठक अघि र पछि भएको महसचिव गुरुङले बताए ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ।







