विदेशमा बस्ने नेपालीले पाउलान् मताधिकार ?

Share Icon

काठमाडौं । विदेशमा बस्ने नेपालीले कानुन अभावमा मतदानको अधिकारबाट वञ्चित भइरहँदा पछिल्लो समय पुनः मताधिकारको विषय बहसको विषय बनेको छ ।

संयुक्त राष्ट्र संघको ७८औं महासभामा सहभागी हुन अमेरिकामा रहेका प्रधानमन्त्री पुष्पकमलल दाहाल ‘प्रचण्ड’ले पत्रकारसँगको भेटमा ‘विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिएको’ जानकारी दिँदै कसैलाई पनि मतदानको अधिकारबाट वञ्चित हुन नदिने बताएसँगै यो विषय वहसको विषय बनेको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पनि कतारमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै ‘विदेशमा रहेका नेपालीलाई पनि आगामी निर्वाचनमा मतदानको अधिकार दिने’दयगत आवश्यक कार्य गर्न थालिएको’ धारणा सार्वजनिक गरेपछि यसले बहस फेरि सुरु भएको हो । राजनीतिक नेतृत्वले चाहदा यो असम्भव पनि होइन । आवश्यकताअनुसार कानुन संशोधन गरेर संरचना बनाई सुरक्षा प्रबन्ध मिलाउन सके आउने चुनावमा विदेसिएका नेपालीले मताधिकारको प्रयोग गर्न सक्छन् ।

आयोगको गत १८ असारमा बसेको बैठकले सम्बन्धित देशमा रहेको कूटनीतिक नियोगबाट भोट खसाल्न सकिने बनाउन प्रस्ताव गरेको हो । निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमार्फत यस्तो व्यवस्था गर्न प्रस्ताव गरिएको हो । यसरी मतदान गर्नेहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ मताधिकार प्रयोग गर्न पाइने व्यवस्था गर्न सकिने आयोगले प्रस्ताव गरेको थियो । आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली संकलन गर्ने व्यवस्था गर्नसमेत प्रस्ताव गरेको छ ।

याे समाचार आजकाे राजधानी दैनिकमा प्रकाशित छ।

 

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.