Share Icon

एजेन्सी । कोरोना भाइरसको उत्पतिका विषयमा थप अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनले चीनसँग पुनः आग्रह गरेको छ ।

संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले भाइरसका विषयमा दोस्रो चरणको अध्ययनका लागि अनुसन्धान टोली पठाउने तयारी भइरहेको बताउनुभएको छ।

विश्वभर महामारीको रुप लिएको सो भाइरस चीनको वुहानमा उत्पती भएको विश्लेषण गरिए पनि अहिलेसम्म पुष्टि भने हुन सकेको छैन । भाइरसको उत्पत्ति बारे थप पारदर्शी भएर सहयोग गर्न डब्लूएचओले आग्रह गरेको हो ।

संगठनका प्रमुख गेब्रेयससले अनुसन्धानका लागि आफूहरुलाई पूर्ण रुपमा पहुँच प्रदान गर्न चीनसँग आग्रह गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

Facebook Comments Box

Share Icon