विवाहसम्बन्धी परम्परागत धारणालाई चुनौती दिँदै चिनियाँ युवा

Share Icon

एजेन्सी । चीनको नागरिक मामिला मन्त्रालयको प्रतिवेदनअनुसार यहाँ विगत नौ वर्षमा लगातार घट्दै गएको विवाह दर्ता गतवर्ष सन् १९८६ यताकै न्यून बिन्दुमा झरेको छ, जसमा ६८ लाख ३३ हजार जोडी मात्रै दर्ता भएका छन् । सामाजिक जीवनको एक महत्वपूर्ण भागको रूपमा विवाह समाज र संस्कृति कसरी विकसित भइरहेको छ भन्ने एक महत्वपूर्ण सूचक हो ।

घट्दो विवाह दर्ताका लागि आर्थिक कारक धेरै हदसम्म जिम्मेवार छन् । हालैका वर्षमा बढ्दो आवास र बस्दा लाग्ने लागतले युवामा आर्थिक बोझ बढाएको छ । घरको स्वामित्व लागत, छोराछोरी हुर्काउन र परिवारलाई सहयोगसँग सम्बन्धित बढ्दो लागतले विवाहलाई अझ चुनौतीपूर्ण बनाएको छ ।

विशेषगरी पहिलोस्तरका सहरमा जीवनको उच्च लागत र कार्य क्षेत्रमा कडा प्रतिस्पर्धात्मक वातावरणले धेरै युवालाई आफ्नो विवाह योजना स्थगित गर्न बाध्य पारेको छ । उनीहरू वैवाहिक क्लबमा प्रवेश गर्न हतार गर्नुभन्दा आर्थिक स्वतन्त्रता र करिअरलाई प्राथमिकता दिन्छन् ।

सामाजिक दृष्टिकोण अत्यधिक खुला र विविध हुँदै गएपछि विवाहसम्बन्धी परम्परागत विचारलाई चुनौती दिइन्छ ।व्यक्तिहरूको बढ्दो संख्याले अब विवाहलाई अनिवार्य जीवन छनोटको रूपमा बुझ्नुको सट्टा व्यक्तिको आशा र आकांक्षा पूर्ति, व्यक्तिगत खुसी र समानतावादी साझेदार सम्बन्धमा ध्यान केन्द्रित गरिरहेको छ ।

सहरमा जीवनको उच्च लागत र कार्यक्षेत्रमा कडा प्रतिस्पर्धाले धेरै युवालाई आफ्नो विवाह योजना स्थगित गर्न बाध्य पारेको छ । उनीहरू वैवाहिक क्लबमा प्रवेश गर्न हतार गर्नुभन्दा आर्थिक स्वतन्त्रता र करिअरलाई प्राथमिकता दिन्छन् ।

युवाहरूले गुणस्तरीय, स्थिर र सुखी वैवाहिक जीवनलाई प्राथमिकतामा राखेका छन् । अन्धाधुन्ध रूपमा सामाजिक मान्यता पछ्याउनुको सट्टा युवाहरूले पहिले आपसी समझदारी र बलियो भावनात्मक आधार सुनिश्चित गर्दै छन् । महिला सशक्तीकरण र लैंगिक समानताबारे बढेको चेतनाले पनि महिलालाई विवाह छनोटमा बढी स्वतन्त्र बनाएको छ ।

विवाह दर्तामा आएको ह्रासले सामाजिक परिवर्तनको शृंखला ल्याइरहेको भए पनि यो पूर्ण रूपमा नकारात्मक भने होइन । यसको विपरीत यसले चिनियाँ समाजमा विवाह अवधारणाको प्रगति र विविधतालाई प्रतिबिम्बित गर्छ । मानिसहरूले अब परम्परागत अपेक्षा र सामाजिक मान्यताबाट अगाडि बढ्दै वैवाहिक जीवनमा व्यक्तिगत खुसी र आध्यात्मिक सन्तुष्टिमा बढी जोड दिन्छन् । परम्परागत विवाह मोडेललाई बिस्तारै चुनौती दिइएको छ, किनकि मानिसहरूले धेरै यथार्थपरक र विविध बुझाइ खोज्छन् ।

विवाह दर्तामा आएको गिरावटले केही चुनौती पनि खडा गरेको छ । विशेषगरी बढ्दो जनसंख्या र घट्दो जन्मदरको सन्दर्भमा विवाहको स्थायित्व र यसले प्रवद्र्धन गर्ने सामाजिक एकता प्रभावित हुन सक्छ ।तर, यसको अर्थ विवाहले महत्व गुमाएको छ भन्ने होइन । बरु यसले विभिन्न दृष्टिकोणको पुनः मूल्यांकन र व्यापक स्वीकृतिका लागि आह्वान गर्छ । आर्थिक दबाब सम्बोधन गर्न र युवाको जीवनको गुणस्तर सुधार गर्न आवश्यक छ । थप सहयोगी सामाजिक वातावरण सिर्जना गरी समावेशी मूल्य–मान्यताको प्रवद्र्धन गरेर मात्र विवाहको विकासलाई सहज बनाउन सकिन्छ र व्यक्तिगत सुख प्राप्त गर्न सकिन्छ । चाइन डेलीका लागि याओ युक्सिनको रिपोर्ट

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.