बरामद गरिएको चिनियाँ मदिरा २ लाख ५४ हजारमा लिलामी

Share Icon

सिमकोट । हिल्सा नाका खुलेसँगै लुकिछिपी ल्याउँदै गर्दा बरामद भएको चिनियाँ मदिरा लिलाम बिक्री गरिएको छ। यारी नाका भन्सार कार्यालयले सूचना निकालेर उक्त मदिरा लिलामी गरेको हो।

छनोट प्रक्रियाका लागि मूल्यांकन समितिका सदस्य प्रहरी निरीक्षक गीताप्रसाद चौधरीले प्रहरीले बरामद गरेको चिनियाँ मदिरा लिलामीमा बिक्री भएको बताए। कार्यालयले लिलाम बिक्रीका लागि तीन दिने सूचना सार्वजनिक गरेको थियो।

यसका लागि कार्यालयमा आइतबार तीन वटा आवेदन परेका थिए। उनले लिलामी प्रक्रियाबाट मदिरा मूल्य एक लाख ३९ हजार दुई सयभन्दा इसान खुद्रा पसलले सबैभन्दा बढी एक लाख साठी हजार तिर्न राजी भएपछि लिलामी भएको जानकारी दिए।

अन्य दुई वटा आवेदनसमेत परेका थिए। यो मूल्य अन्तःशुल्क बाहेकको हो। अब लिलामीबाट मदिरा पाउन सफल खुद्रा पसलले प्रति बोटल २७० रुपैयाँ अन्तःशुल्क राज्यलाई तिर्नुपर्ने छ । उक्त मदिरा दुई लाख ५४ हजार ४० रुपैयाँमा लिलामी गरिएको हो। पहिलो पटक चिनियाँ मदिरा कानुनी प्रक्रिया पूरा गरेर जिल्लामा बिक्री वितरण गरिने भएको छ।

यसअघि चिनियाँ नाकाबाट लुकिछिपी ल्याएको मदिरा जिल्लामा बिक्री हुने गथ्र्यो। लिलामी भएको मदिरा खार्पुनाथ गाउँपालिका केन्द्र याङ्चु बजारमा पाँच दिनअघि बिक्री गरेको सूचनाका आधारमा गस्तीमा रहेको प्रहरीले सो मदिरा बरामद गरेको थियो।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.