पाकिस्तानी प्रधानमन्त्रीलाई प्रश्न गर्दा पत्रकारको जागीर चट्

Share Icon

काठमाडौं । पाकिस्तानका एक जना पत्रकारले प्रधानमन्त्री शहबाज सरिफलाई प्रश्न सोधेका कारण आफूले जागिर गुमाउनु परेको दाबी गरेका छन् ।

पाकिस्तानी सरकारी टेलिभिजन च्यानल पीटीभीमा आवद्ध पत्रकार आजम चौधरीले आफूलाई टेलिभिजनको सेवाबाट हटाएको बताए ।

लाहोर प्रेस क्लबका अध्यक्षसमेत रहेका चौधरीले जुन ३० मा पञ्जावको गभर्नर हाउसमा भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री शहबाज सरिफलाई प्रेस स्वतन्त्रताका बारेमा प्रश्न सोधेका थिए ।

त्यो पत्रकार सम्मेलनमा सरकारका दुई मन्त्री इशाक डार र मरियम ‍औरन्गजेब समेत सहभागी थिए ।

पाकिस्तानको एआरवाई न्युजका अनुसार पत्रकार चौधरीले विचार अभिव्यक्तिको स्वतन्त्रताबारे प्रधानमन्त्रीको भनाइ र व्यवहारमा भइरहेको वास्तविकताबारे फरक रहेको भन्दै प्रश्न गरेका थिए ।

द नेसन पाकिस्तानका अनुसार चौधरीले सञ्चार माध्यममाथि लागेको अघोषित बन्देज कहिलेसम्म हट्छ भनेर पनि प्रश्न गरेका थिए ।

पाकिस्तानका सूचना मन्त्री मरियम ‍औरन्गजेबले भने चौधरीलाई सेवाबाट हटाइएको भन्ने दाबी गलत रहेको बताएका छन् ।

ट्वीट गर्दै उनले चौधरी पीटीवीमा कर्मचारीका रुपमा नभइ विश्लेषक समूहको सदस्यका रुपमा रहेको र त्यसबाट नहटाइएको बताएका छन् । औरन्गजेबले ट्वीटरमा लेखेका छन्, ‘उनलाई विश्लेषक समूहको सदस्यबाट हटाइएको छैन र हटाइने पनि छैन ।’ एजेन्सी न्युज

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.