गुणस्तरीय शिक्षामा बिशेष पहल गरिरहेका छाैं : वडा अध्यक्ष डगौरा

Share Icon

२५ जेठ ,काठमाडाैं।  नेपालको सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लामा पर्ने यो नगर पालिका नेपाल सरकारको मिति २०७१।०८।१६ गतेको निर्णयानुशार देशभरी गठन भएका ६१ नगरपालिकाहरु मध्ये एक नगरपालिका हो ।

यस क्षेत्रमा नगरपालिका हुन पुर्व झलारी, पिपलाडी र देखतभुलीका वडा न ६,४ गरी तिन वटा गा.वि.स थिए र ती तिन वटा गा.वि.सका वडाहरु समायोजन भै शुक्लाफाँटा नगरपालिका बनाईएको हो ।

नेपाल सरकारको मन्त्रीपरिसदको मिति २०७३र११र०९ निर्णयबाट स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा जारी गरेको आदेश २०७३ अनुसार यो शुक्लाफाँटा नगरपालिकामा जम्मा १२ वटा वडा मिलेर बनेको छ ।

जिल्लाको सदरमुकाम भीमदत्तनगर देखि २० कि.मि टाढा पश्चिम तर्फ रहेको यस नगरपालिकाले आफ्नै खालको धार्मिक, राजनैतिक र सामाजिक महत्व र विशेषता बोकेको छ । यस नगरपलिकाक्षेत्रमा सबै जात जाती धर्म क्षेत्रका मानिसहरुको मिश्रित बसोवास रहेको छ ।

कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिकामा वडा नम्बर २ मा अहिले विकासका काम तीव्र गतिमा भइरहेको छ । पछिल्लो समय वडा नम्बर २ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।

वडा अध्यक्ष भोदुराम डगौराले वडावासीको विकास र समृद्धिको लागि वडामा विभिन्न कार्यक्रम तथा योजना गाउँ परिषदबाट पारित भएको बताउनुभयो ।

वडामा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, बाटो सडक र कृषि लगायत क्षेत्रमा राम्रो काम गरेको उहाँले बताउनुभयो ।

जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष डगौराले जानकारी दिनुभयो ।

उहाँले अहिले वडामा दुई वटा योजना सम्पन्न भइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, वडा स्तरीय खेलकुद र वडामा डगौराको बस्ति धेरै भएकोले पुख्र्यौली सांस्कृतिक बचाउ कार्यक्रम सम्पन्न भएको छ।

वडामा कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिएको उहाँले बताउनुभयो । वडा अध्यक्ष वडामा निर्वाचित भएर आएपछि वडामा काम गर्न कुनै गाह्रो महशुस नभएको उहाँले बताउनुभयो ।

गुणस्तरीय शिक्षाको लागि विद्यालयको प्रधानाध्यापकलाई सधै भेटघाट गरेर शैक्षिक क्षेत्रको लागि परार्मश दिने तथा समन्वय गर्ने गरिएको उहाँले बताउनुभयो ।

उहाँलाई वडाबासीले साथ र सहयोग दिएकोले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

उहाँले यस वडालाई कृषि व्यावसायिकमुखिकरण बनाउने लक्ष्य राखेकोे बताउनुभयो।

वडा अध्यक्षमा निर्वाचित हुँदा कस्तो अनुभूति भयो ? भनेर सोधेको प्रश्नमा उहाँको उत्तर

मलाई वडाबासीहरूले विश्वास गरेर वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुँदा निकै खुशी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ, त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

अन्त्यमा मलाई आफ्नो अमूल्य भोट दिएर मलाई जिताउनु हुने सम्पूर्ण २ नम्बर वडाबासीहरूलाई धन्यवाद दिन चाहन्छु । जसरी मलाई विश्वास गरेर वडा अध्यक्षमा जिताउनु भएको छ । त्यसरी नै जनताको विश्वासलाई म टुट्न दिनेछैन । जनताको हितका लागि र वडाको विकासका लागि म सदैव तयार हुनेछु ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.