Share Icon

♦ उमेश दलामी

२५ राप्ती सोनारी (बाँके)   ।   राप्तीसोनारी गाउँपालिकामा ग्रामिण पत्रकारिता विकासका लागि तीनदिने आधारभुत पत्रकारिता तालिम शुरु भएको छ ।

सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जको आयोजना तथा राप्तीसोनारी गाउँपालिकाको समन्वयमा सञ्चालित तालिमको बुधबार राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले शुभारम्भ गरेका हुन ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष पौडेलले ग्रामिण क्षेत्रका समस्या तथा सवाललाई सञ्चार माध्यमसम्म पु¥याउनका लागि युवाहरुलाई पत्रकारिता क्षेत्रमा जोड्न यो तालिमले मद्दत पु¥याउने विश्वास व्यक्त गरे ।

अध्यक्ष पौडेलले पत्रकार समाजको ऐना भएकाले पत्रकारिता पेशाको गरिमा उच्च रहेकाले पेशागत व्यवसायिकता र निश्पक्ष पत्रकारितालाई विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

गाउँपालिकाका उपाध्यक्ष मनिषासिंह थारुले समाज र देशको आमूल परिवर्तनका लागि पत्रकारको भूमिका महत्वपूर्ण हुने भएकाले युवाहरुका लागि तालिम आयोजना गरिएको बताइन ।

युवाहरुका लागि यो तालिम निकै महत्वपुर्ण भएकाले तालिमपश्चात यस पेशालाई अङ्गाल्न अनुरोध गर्दै स्थानीय समास्या तथा सवाललाई बढी भन्दा बढी मात्रामा उठान गर्नुपर्नेमा जोड दिइन ।

तालिमको उद्घाटन समारोहमा प्रमुख प्रशासकिय अधिकृत ओमप्रकाश देवकोटाले, पत्रकारिता पेशा पत्रकारको जिविकोपार्जन वा रोजीरोटीको पेशा मात्र नभएर पत्रकारले लेखेका खोजमूलक समाचारबाट समाजलाई कुन बाटोमा डो–याउने भनेर बहस र छलफल गर्दै स्पष्ट दिशा निर्देश गर्न सक्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा राप्तीसोनारी वडा नंं ६ का वडाध्यक्ष लबराज खरेल, नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई लगायतले धारणा राखेका थिए ।

तालिममा पत्रकार शुक्रऋषि चौलागाई र राकेश मिश्रले सहजीकरण गरेका थिए । कार्यक्रम संयोजक जयसिंह केसीका अनुसार ग्रामिण क्षेत्रका सवाललाई संचारमाध्यमसम्म पु-याउनका लागि तालिम सञ्चालन गरिएको हो । तालिममा राप्तीसोनारी गाउँपालिकाका ९ वटा वडाका २० जना युवा तथा किशोरीहरुको सहभागिता रहेको छ ।

Facebook Comments Box

Share Icon