Share Icon

२५ जेठ , काठमाडौँ ।   स्पाइनी मुभिज प्रालिको आयोजनामा यहाँ जमलस्थित नाचघरमा बुधबार आयोजित एक समारोहबीच ‘स्पाइनी ब्याबलर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, २०२३’ सम्पन्न भएको छ ।

महोत्सवमा राष्ट्रिय विधामा १४ र अन्तर्राष्ट्रिय विधातर्फका चार सर्वोत्कृष्टलाई युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले प्रमाणपत्र प्रदान गर्नुभयो । उहाँले पछिल्लो समय चलचित्रकर्मीद्वारा बजेट विनियोजनबारे राख्नुभएको गुनासोको सुनवाई गर्ने बताउनुभयो ।

“म तपाईहरुकै सेवक हुँ । त्यसैले आफ्नो समस्या निर्धक्कसँग मलाई भन्नुस्, खबरदारी गर्नुस्”, उहाँले भन्नुभयो, “हामी भिन्न क्षेत्रमा रहे पनि उद्देश्य एउटै छ । देशलाई समृद्ध बनाउन, सुशासन कायम गर्न हामी एकभएर काम गरौँ ।”

महोत्सवमा राष्ट्रिय विधातर्फ निर्देशकमा दिनेश राउत ९प्रकाश०, अभिनेतामा प्रदीप खड्का ९प्रकाश०, अभिनेत्रीमा नम्रता सापकोटा ९डेसान० र लेखनमा विकाश सुवेदी ९प्रकाश०ले अवार्ड जित्नुभयो ।

यस्तै, छोटो चलचित्रतर्फ तिर्खा, निर्देशकमा ज्ञानेन्द्र कोइराला ९किड्न्याप०, लेखकमा सिर्जना कार्की ९दुखी बुहारी० र छायाँकारमा ज्ञानेन्द्र खतिवडा ९अहम प्रेम०ले अवार्ड जित्नुभयो । नेपाल भाषाको चलचित्रतर्फ निर्देशकमा दर्शनवीर शाक्य ९इन्द्रायणी०ले अवार्ड जित्नुभयो ।

समारोहमा अन्तर्राष्ट्रिय विधातर्फ उत्कृष्ट वृत्तचित्र डुक बक्स इलिङ्टन ९आयरल्याण्ड०, उत्कृष्ट चलचित्र द रोड ९भारत०, उत्कृष्ट कथा फोर्स ९इरान०, उत्कृष्ट छायाँकार ‘द लाइट बल्व’ ९भेनेजुएला० र उत्कृष्ट निर्देशक ‘फिडलस्ट्रिक’ ९इजिप्ट० का एजिडिन एफडेल हेडीलाई घोषणा गरियो । महोत्सवका निर्देशक माधव खरेलले विदेशी सहभागी चलचित्रमध्येका विजेतालाई अनलाइनकै माध्यमले जानकारी गराएको बताउनुभयो ।

“तेस्रो संस्करणसम्म आइपुग्दा बृहत्रुपमा कार्यक्रम सम्पन्न भयो । स्वदेशी चलचित्र विदेशीभन्दा कुनै हिसाबले कम छैनन् । चलचित्रप्रतिको चेतनाले हामीलाई अब्बल सावित गरेको छ”, उहाँले भन्नुभयो ।

Facebook Comments Box

Share Icon