संसदको भित्तामा कुँदिएको कपिलवस्तु र लुम्बिनीबारे भारतले दियाे प्रष्टीकरण

Share Icon

काठमाडाैं । संसदमा भित्तामा कुँदिएको नक्सालाई लिएर विवाद भएपछि भारतले पहिलोपटक आधिकारिक बयान दिएको छ।

नयाँ संसद भवनमा दक्षिण एसियाको भौगोलिक नक्सा कुँदिएको छ, जसमा नेपालको कपिलवस्तु र लुम्बिनीका साथै पाकिस्तानको तक्षशिला र मानसेरा पनि देख्न सकिन्छ।

भारतको नयाँ संसद भवनको भित्तामा कुँदिएको चित्र (मुरल)बारे विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले मुख खोलेका छन्। उक्त नक्सा नेपालले सोचेजस्तो नभई राजा अशोकाको समयमा उनले विस्तार गरेको राज्यको अवस्था झल्काउने क्षेत्र भएको बागचीले बताए।

नक्सा बारे नेपालले आपत्ति जनाएपछि भारतको पहिलो आधिकारिक धारण सार्वजनिक गर्दै उनले दक्षिण एसियाको भौगोलिक भित्तेचित्र भएको संकेत गरे।

आफ्नो साप्ताहिक पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भने, “संसदमा जे राखिएको छ त्यसले अशोकको साम्राज्य विस्तार भएको देखाएको छ । यी भित्तेचित्रहरूले अशोकको जिम्मेवार र जनताप्रति समर्पित शासनको वर्णन गर्दछ। भित्तेचित्र र त्यसको अगाडिको फलकले त्यही कुरा बताउँछ।’

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको जारी भारत भ्रमणमा यस विषयमा कुनै कुरा नभएको पनि बागचीले बताए।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.