Share Icon

काठमाडाैं । बढैयाताल गाउँपालिका वडा नम्बर ८ काे कार्यालयले कृषकहरूलाई उन्नत जातको धानको बीउ अनुदानमा वितरण गरेको छ ।

वडा अध्यक्ष तेजनाथ पौडेलेले २ सय ७० जना कृषकलाई धानकाे बिउ वितरण गरिएकाे जानकारी दिनुभयाे ।

साँवा मन्सुली र राधाचार धानकाे बिउ ५० प्रतिशत अनुदानमा वितरण गरेकाे उहाँले बताउनु भयाे ।

कृषकलाई व्यावसायिक खेतीमा उत्साहित गराउन र आत्मनिर्भर बनाउने उद्देश्यले बीउमा अनुदान कार्यक्रमलाई वडा कार्यालयले प्राथमिकता दिँदै आएको छ ।

वडा अध्यक्ष पाैडेलका अनुसार बीउमा अनुदान दिन थालेपछि कृषक व्यावसायिक खेतीतर्फ उत्साहित भएर लागेका छन् ।

संघीय सरकारको खाद्य बाली उन्नत बीउ प्रयोग मूल्य अनुदान कार्यक्रमअन्तर्गत कृषकलाई बीउ वितरण गरिएको वडा कार्यालयले जनाएकाे छ ।

Facebook Comments Box

Share Icon